मुकुन्द आचार्य
नेपालीहरूले नक्कल गरेर धेरै राम्रा–नराम्रा कुरा सिकिरहेका छन् । कुइरेहरूले मनाउने ‘भ्यालेन्टाइन डे’को नक्कल गरेर हाम्रो युवा पुस्ताले पनि अचेल प्रेम दिवस मनाउने नाटक गर्न थालेको छ । अर्काको नक्कलभन्दा आप््mनो अक्कल राम्रFे हैन र ?
धिक्कार छ, हामी नेपालीलाई १ जसले ईश्वरप्रदत्त आप्mनो बुद्धि विवेकको प्रयोग गर्दैनन् र अन्धो भएर अर्काको नक्कल मात्र गर्छन् १ प्रेम गर्न पनि हामीले अरूबाटै सिक्ने हो ? हामी साँच्चै पनि हनुमानजीकै खलकमा पर्छौं त ? सोचौं १
जाबो ‘आई लभ यू’ भन्नलाई पनि वर्ष दिन कुरेर बस्ने हाम्रा नेपाली युवकयुवती धन्यवादका पात्र हुन् । यस्तो धैर्य १ तर होश गर्नु हैं १ एक वर्षसम्म कुरेर बस्दा तिम्री नक्कली गर्लपे्रmन्डलाई अर्कैले झ्वाम् पार्ला नि!
मेरो कुटीको छेउमैं त्रिभुवन पार्क भनिने प्रेम क्रीडास्थल छ । त्यहाँ सधैं दश–बीस थान जोडीले ‘आई लभ यू’ भनी टोपल्छन् १ झन् प्रेम दिवसको दिन त यस्ता दुर्घटनाहरू प्रशस्तै हुन्छन् । पार्कको बाहिर एम्बुलेन्सको व्यवस्था पनि छ, प्रेमको जाँड खाएर इन्तु न चिन्तु भएकालाई अस्पताल त कुदाउनै प¥यो नि १
सन्त कबीर दासले प्रेमीजनको यस्तो हुल हेर्न पाएका भए सम्भवतः यस्तो लेख्ने थिएनन् होला– पोथी पढी पढी जग मुआ पण्डित भया न कोय १ ढाई आखर प्रेम का पढे सो पण्डित होय ११ कस्तो दुर्लभ अढाई अक्षरे प्रेम!!
त्यसो त कबीर बाबाको पालामा यसरी थोक भाउमा खुद्रा (क्षुद्रा ?) प्रेमी नै कहाँ पाइन्थे र ?१ प्रेम दिवसको निहुँ गरी वर्षमा एक दिन मात्रै प्रेम गर्ने र ३६४ दिन बाझाबाझ गर्ने चलन त्यतिखेर चलेकै थिएन । सारा विश्व नै आप्mनो परिवार हो भन्ने प्रेमको भावना त्यतिखेर व्याप्त थियो । उदार चरितानां तु वसुधैव कुटुमबकम् । हृदय उदार छ भने यो सिङ्गो पृथ्वी नै आप्mनो परिवार हो ।
हाम्रो त्रिभुवन पार्कमा प्रेमीयुगको जुन घुइँचो देखा पर्छ एक वर्ष पनि राम्ररी बित्न नपाउँदैस आई लभ यू १ भनेर च्वाक्क म्वाइ खाने जोडाजोडी ‘आई हेट यू’ भन्दै अदालतमा पारपाचुके गर्न पुगिसकेका हुन्छन् । कता हो घर, कता हो गृहस्थी १? प्रेम र घृणाको यो क्षणिक आवेशले क्षणिक शान्ति मात्र देला । दिगो प्रेमको हाँगामा बसेर ढुक्कुरझैं प्रेमालाप गर्ने सौभाग्य सबै प्रेमी युगलले पाउन् भन्ने शुभकामना दिंदै, म आप्mनो दुई शब्द यही टुङ्ग्याउँछु । ढुक्कुर र परेवा दुवै चरालाई प्रेमको प्रतीक मानिन्छ । दुवैथरी प्रेमी चरालाई सेकुवा बनाएर खाइदिने मान्छेमा साँचो प्रेम माया कहिले पलाउने हो ?