प्रस, वीरगंज, १६ फागुन/
नेपाल पत्रकार महासङ्घ प्रदेश २ र फोटो पत्रकार महासङ्घ प्रदेश २ को संयुक्त आयोजनामा शुक्रवारदेखि वीरगंजमा तीन दिने फोटो पत्रकारिता तालीम शुरू भएको छ ।
वीरगंज उद्योग वाणिज्य सङ्घको सभाहलमा नगरप्रमुख विजयकुमार सरावगीले तालीमको उद्घाटन गरेका थिए । उनले फोटो पत्रकारिता आपैंmमा जोखिमपूर्ण पेशा भएको बताए । हजार शब्दलाई एउटै फोटोले व्याख्या गर्ने बताउँदै उनले उत्कृष्ट फोटोमा भाव जोडिने गरेको बताए ।
नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानको अध्यक्ष्Fतामा आयोजित उद्घाटन समारोहमा नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोक बैद, वीउवासङ्घका अध्यक्ष गोपाल केडिया, पत्रकार महासङ्घ प्रदेश सचिव गुरुप्रसाद गौतम, शाखा अध्यक्ष श्याम बन्जारा, फोटो पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष राम सर्राफ, पर्सा शाखा अध्यक्ष विजय चौहानलगायतले मन्तव्य व्यक्त गरेका थिए । उद्घाटन सत्रमा प्रशिक्षकहरू किरण पन्त, बालकृष्ण थापा, विजय सिंहले फोटो पत्रकारिताको महŒवबारेमा मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रदेश २ का फोटोपत्रकारहरूको फोटो प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा राखिएका उत्कृष्ट फोटोलाई पुरस्कृत गरिने शाखा अध्यक्ष चौहानले बताए ।