गाजर झार एउटा धेरै नै दुःख दिने झार हो । यसलाई तराईमा गाजरा नामले चिनिन्छ । यसको वैज्ञानिक नाम पार्थेनियम हिस्टेरोफोरस हो, जुन उस्टेरेसी (कम्पोजिट) परिवारमा पर्छ । यसको उत्पत्ति स्थान वेस्टइन्डिज र मध्य वा उत्तरी अमेरिका मानिन्छ । यो झार भारतको पुना (महाराष्ट्र)मा सर्वप्रथम
सन् १९५६ मा युनाइटेड स्टेट अफ अमेरिकाबाट गहँुको बीउसँग भित्रिएको हो । अहिले यो झार भारत र नेपालमा एउटा ठूलो समस्याको रूपमा देखिएको छ । खासगरी यो झार रेलवे लाइन, नहर, सडकछेउ, बगैंचा, विमानस्थल, औद्योगिक क्षेत्र, आवास क्षेत्र, विद्यालय, क्याम्पस, विश्वविद्यालय, अस्पताल, शहरभित्रका अनुपयोग जग्गामा बढी देखिन्छ ।
अहिले यो झार वीरगंज, कलैया, पथलैया, हेटौंडा, नारायणघाट, काठमाडौं (सिंहदरबारभित्र), ललितपुर, भक्तपुर, बुटवल, भैरहवा, नेपालगंज, गुलरिया, राजापुर, धनगढी, जनकपुर, लहान, विराटनगर साथै देशका विभिन्न भागमा पाइन्छ । यो झार विभिन्न बाली जस्तै तरकारी (आलु, गोलभेंडा, भिन्डी), गहुँ मुसुरो, राजमा, उखु, मकै, भटमास, ज्वार, बाजरालगायतका खेतमा एउटा ठूलो समस्याको रूपमा देखिन्छ ।
विभिन्न अध्ययन अनुसन्धान अनुसार यो झार मानव र पशुका लागि धेरै नै हानिकारक हो । यसको प्रभावले मानिस हिंड्डुल गर्दा पात वा झार जीउमा छुँदा एवं सास लिंदा धेरै प्रकारका रोग जस्तै डर्मेटाइटिस, एक्जिमा, एलर्जी, ज्वरो, दमा र ब्रोंकाइटिस लाग्दछ । छाला पोल्ने तथा शरीरमा दाग निस्कन्छ । यो झारको हावा पशुहरूमा लागेपछि कलेजो, मृगौलामा सङ्क्रमण हुनुका साथै पाचन प्रक्रियालाई समेत असर पु¥याउँछ ।
डर्मेटाइटिसले पशुमा सेप्टेसिमिया हुन्छ, जसको कारण पशु मर्छ । गाजर झार द्रुतगतिमा पैmलिने भएकोले अन्य उपयोगी वनस्पति, स्थानीय जैविक विविधता र पर्यावरणमा प्रतिकूल प्रभाव पर्छ । गाजर झार पशुले खाँदा पशुहरूमा दूध दिने क्षमता कम हुन्छ र दूधको गुणस्तरमा नराम्रो प्रभाव पर्छ । यो झार पशुमा ज्वरोको लागि उत्तरदायी हुन्छ । यो झार खाँदा नर पशुहरूमा बाझोपनको समस्या उत्पन्न हुन्छ । यसको पात धनियाको पात जस्तै हुने भएकोले बजारमा धनियाको पातसँग मिसाइ बेच्ने गरिन्छ, जुन मानवका लागि धेरै हानिकारक झार हो ।
यो एक वर्षीय झार हो । भारतमा यो झार २ हजार मिटरको उचाइसम्म पाइन्छ । यसको बीउ उज्यालो र अँध्यारो दुवै समयमा अङ्कुरण हुन्छ तर बढी अङ्कुरण १० घण्टा प्रकाशको अवधि एवं २५ देखि ३० डिग्री सेन्टिग्रेड तापक्रममा हुन्छ । यो हरेक किसिमका माटोमा उम्रन्छ । यो मध्य एवं थोरै पानी पनि पर्ने ठाउँका साथै पानी जमेको धान खेतका साथै ढुङ्गा भएको सुक्खा बालीमा पनि देखिन्छ । यसको डाँठ भुवादार एवं धेरै हाङ्गा हुन्छ । पूmल सेतो र गोलो आकारको हुन्छ । यसको उचाइ १ देखि १.५ मिटरसम्मको हुन्छ । एउटा झारमा ५ हजारदेखि १० हजारसम्म बीउ हुन्छ । चिस्यान भएमा यसको बीउ २४ घण्टामा नै उम्रन्छ । बीउको उम्रने क्षमता ३/४ वर्षसम्म रहन्छ । यो झारको जीवनचक्र ३/४ महीनामा पूरा हुन्छ । एक वर्षमा ३/४ पुस्तासम्म उम्रने, बढ्ने, पूmल फुल्ने र पूmल पाकी बीउ झर्ने गर्दछ ।
यसलाई निम्न तरीकाले व्यवस्थापन गर्न सकिन्छ ः
१. पूmल फुल्नुभन्दा अघि उखेलेर डाँठलाई राम्ररी जलाउनुपर्छ । २. प्रभावित क्षेत्रमा सयपत्री, मखमली पूmलको बिरुवा लगाउनुपर्दछ । ३. बाली लिने जग्गामा छिटो पाक्ने बाली सनई, ढैंचा, ग्वार, बाजरा लगाउनुपर्छ । ४. पूmल फुल्नुअघि यो झारलाई उखेली कम्पोस्ट मल बनाउनुपर्छ । ५. पूmल फुल्नुअघि खाने नुन १ लिटर पानीमा १५० ग्राम मिसाइ स्प्रे गर्नुपर्छ । ६. ग्लाइफोसेट ४१५ (झारनाशक) झार उम्रेको ३० दिनपछि ६.५ एमएल प्रतिलिटर पानीमा मिसाइ स्प्रे गर्नुपर्छ । ७. अमोनियम सल्फेट १ लिटर पानीमा २ सय ग्राम मिसाइ पूmल फुल्नु अगाडि स्प्रे गर्नुपर्छ ।
यस गाजर झारको व्यवस्थापनको लागि तीनै प्रकारका सरकार (सङ्घ, प्रदेश र स्थानीय) अन्तर्गतका निकायहरूले ध्यान पु¥याउन आवश्यक देखिन्छ । साथै मुख्यगरी सडक विभाग, विमानस्थल, विद्यालय, कलेज, औद्योगिक क्षेत्र, आवास क्षेत्र, अस्पताललगायत सरकारी निकाय अन्तर्गतका सरकारी कार्यालय, विश्वविद्यालयहरूको भूमिका आवश्यक महसूस गरिएको छ ।
(प्रस्तुतिः ओमप्रकाश राम, वीरगंज)
दुःख निम्त्याउने गाजर झार (पार्थेनियम)