वैद्यनाथ ठाकुर
राजनीतिक दलहरूले पटकपटक भनेको सबैले सुनेकै हो– विद्यालयलाई राजनीतिबाट टाढा राख्नुपर्दछ । भाषणमा यो प्रतिबद्धता जति बलियो देखिन्छ, व्यवहारमा यो त्यति नै फितलो रहँदै आएको छ । सबै दलले विभिन्न बहानामा विद्यालयभित्र विद्यार्थी तथा शिक्षक कर्मचारीबीचमा राजनीति गर्दै आएको सर्वविदित नै छ।
यतिबेला हाम्रो देश धर्मनिरपेक्ष देशको रूपमा स्थापित भएको छ । देशभित्र हिन्दू, इस्लाम, इसाई, बौद्ध, किराँत, जैनलगायतका धर्मावलम्बीहरू मिलेरै बसेका छन् । यस्तोमा विद्यालयभित्र कुनै एउटा धर्मविशेष भिœयाउन हुन्छ वा हुन्न ? त्यो पनि परीक्षाको बेलामा ? यस्तो धार्मिक गतिविधिले विद्यालयको शैक्षिक गुणस्तर घटाउन मदत गर्छ कि गर्दैन ?
धर्म जति सजिलो शब्द हो, त्यति नै विवादास्पद पनि हो । दैनिक जीवनमा धर्मको प्रयोग प्रायः हुने गर्छ । यसको लागि कुनै योग्यता या शिक्षा हासिल गर्नुपर्दैन । यो एउटा स्वाभाविक तरीकाले अभिव्यक्त हुने शब्द हो । धर्म भन्नाले हामीले असल काम, परोपकारी काम र सकारात्मक काम सम्झन्छौं । यस अर्थमा प्रायः सबैले भन्ने गर्छन् कि धर्म गर्नुपर्छ अथवा यो राम्रो काम हो । तर धर्म अन्धविश्वास हो । यसले विज्ञानलाई अस्वीकार्ने तथा विकृत परम्परालाई पुस्तौंपुस्ता जोगाएर राखिरहने भएकोले धर्म अफिम हो, यसको प्रयोगकर्ता प्रायः होशमा रहँदैनन् भन्नेहरू पनि नभएका होइनन् ।
धर्म ईश्वरसित जोडिएको शब्द पनि हो । जीवन र मृत्युसँग पनि उत्तिकै सामीप्यता भएको अभिव्यक्ति पनि हो । त्यसै कारणले यो मानिसको आस्था र विश्वाससित सम्बन्धित छ । चाहे ईश्वरलाई पाउने उद्देश्यले होस् या पुण्य कमाउने लक्ष्यले होस्, धर्म मान्नेहरूले क्षणक्षणमा धर्म गर्नुपर्छ भनेर फलाकिरहन्छन् ।
धर्मको बारेमा एकथरीको विचार यस्तो पनि छ– धर्म एउटा सा¥है अप्ठेरो शब्द पनि हो । यसलाई सही मानेमा बुभ्mन कठिन छ । यसको गहिराइमा पुग्न अझ कठिन छ । जुन प्रकारले आजको संसारमा यसलाई बुझिएको छ, त्यो भ्रामक पाइएको छ । विवाद नै हुनुनपर्ने शब्द र धर्ममाथि यति धेरै विवाद, विषमता र विकार देखिनु दुःखलाग्दो विषय हो ।
यसको मुख्य कारण धर्म शब्दको प्रयोग सीमित दायरामा भएकाले हो । धर्मलाई अङ्ग्रेजी शब्द रिलिजनको पर्याय सम्झिन्छ । त्यसै कारण हिन्दू धर्म, इस्लाम धर्म, बुद्ध धर्म, क्रिस्चियन धर्म भन्ने गरिन्छ । यसै सीमित प्रयोगबाट भ्रम शुरू हुने गरेको छ । हिन्दू, इस्लाम, बुद्ध अथवा क्रिस्चियन आस्था, विश्वास र सम्प्रदाय हुन् । ती आस्थामा विश्वास गर्नेहरूले आआप्mना धार्मिक ग्रन्थ र परम्पराको अनुसरण गर्छन् ।
यही अनुसरण गर्नेक्रममा यिनका अनुयायीहरूका बीचमा अनेक विवाद, द्वन्द्व र भैंmझगडा हुने गर्छ । हुँदाहुँदा यस्तो झगडा राजनीतिकरूपमा पनि हुने गर्छ । यसबाट आतङ्कवादको सिर्जना भएको छ । यसले केही आस्थाहरूको बदनाम पनि गराएको छ । यसबाट न यिनका अनुयायीहरू सन्तुष्ट छन्, न त आलोचकहरू सही देखिन्छन् । यसबाट त्राण पाउनु आजको युगको एउटा ठूलो चुनौती बनेको छ ।
एकथरी मानिसहरूका अनुसार धर्मलाई जीवनको मूलमन्त्र नै बनाउनुपर्छ । यसबाट नेपालमा मात्र होइन, विश्वमैं शान्ति र सुव्यवस्था कायम गर्न मदत गर्छ । विश्वशान्तिको आधार बन्न सक्छ । वर्तमान धार्मिक द्वन्द्व समाधान गर्न सकिन्छ । यसबाट भइरहेका हिंसा, हत्या, आतङ्क आदि रोक्न सकिन्छ । यी कुकृत्य धर्मलाई एउटा सानो घेराभित्र राखेर भइरहेका छन् । एउटा आस्था, संस्कार र अन्धविश्वासलाई सर्वाेत्तम मानेर भइरहेका छन् । त्यसैले धर्मलाई संसारको सर्वमान्य, सर्वस्वीकृत र सर्वव्यापी बनाउनुपर्छ । धार्मिक कट्टरपन्थीहरूकै कारण विश्व विभक्त भएको छ । यसलाई एकताबद्ध पार्न असली धर्मले सबैभन्दा ठूलो भूमिका खेल्न सक्छ । यस्तो धर्मबाट अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्न सकिन्छ । मानवतालाई चाहिने सबै तŒव यसमा समावेश भएको छ र विश्वशान्ति र सद्भावना यसैको बलमा बढाउन सकिन्छ । तर यसको लागि व्यापक समझदारी र व्यापक धारणा हुनुपर्छ ।
धर्मको यो सैद्धान्तिक पक्ष हो । यो केवल देखावटी र मानिसहरूलाई भ्रमित गर्ने पक्ष हो जबकि यसको वास्तकिता ठीक उल्टो छ । हात्तीको देखाउने दाँत र चपाउने दाँत जस्तै हुन्छ । धार्मिक विवादमा परेर हालसम्म लाखौं मानिसको हत्या भइसकेको जगजाहेर छ । धर्मले शान्ति दिन्छ वा शान्तिको कामना गर्छ भन्नु हात्तीको देखाउने दाँत हो, जबकि सिया र सुन्नी विवादमा लाखौं मुसलमान मारिएका छन् । यतिबेला दिल्लीमा भइरहेको साहिनबागको हिन्दू–मुस्लिम दङ्गामा दुई दर्जनभन्दा बढी मानिस मरिसकेका छन् । सयौं सख्त घाइते छन् । सबैले आप्mनो धर्मको संरक्षण गर्न खोज्नु नै दङ्गा र द्वन्द्व निम्त्याउनु हो ।
यतिबेला कुन धर्म ठूलो, कुन धर्म सानो भन्नेबारे एक प्रकारको होड नै चलेको छ । जेहोस्, सबैले आप्mनो धर्मलाई ठूलो तथा अरू धर्मलाई सानो देख्ने गरेका छन् । हुनत धर्मलाई कर्म अर्थात् कर्तव्यसँग जोडेर हेर्नेहरू पनि धेरै छन् । धर्मको बारेमा लेखिएका धार्मिक ग्रन्थको अनुसरण गर्ने एक प्रतिशत मानिस भेट्न पनि गा¥हो छ । सबै धर्ममा आप्mनो कर्तव्य बिर्सेर केवल सम्पत्ति कमाउन आप्mनो नैतिकताको सौदाबाजीमा भागाभाग गरिरहेका अनुयायीहरूको झुन्ड नै देखिन्छ ।
आजको युग विज्ञान र प्रविधिको युग हो । आधुनिक विज्ञानको उपयोगले मानिसको जीवन सरल तथा सुखी हुन गएको अवस्थामा केवल आस्था तथा अन्धविश्वासले मानिसलाई अचेल सुखी र समृद्ध बनाउन सकिंदैन ।
यतिबेला विद्यालयहरूमा शैक्षिक सत्रको अन्तिम समय हो । फागुनको अन्तिम सातादेखि चैतको दोस्रो सातासम्ममा अन्तिम परीक्षा सकिने कार्यक्रम प्रकाशन भइसकेको छ । यसै पनि सामुदायिक विद्यालयहरूको शैक्षिक स्तर ओरालो लागेको बेलामा माघको तेस्रो र चौथो सातादेखि स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाको नाममा ६७ पृष्ठको एक किताबभित्रको वेद, पुराण, गीता, महाभारत, रामायणलगायतका महाकाव्यसँग सम्बन्धित प्रश्नउत्तर रट्न लगाउनु कतिको उचित हो । विद्यालयको पाठ्यक्रमसँग कुनै सरोकार नै नभएको ८० प्रतिशत कुरा परीक्षाको बेलामा याद गर्नुले शैक्षिक स्तर कहाँ पुग्ला ? देवभूमि, ज्ञानभूमि र तपोभूमि भएको नेपालले ईश्वरको कृपाले हालसम्म एउटा सियोको पनि उत्पादन गर्न नसकेको तथ्यमाथि कहिलेसम्म पर्दा लगाइराख्ने । ब्रह्मा, विष्णु र महेशको जन्मभूमि वा सृष्टिभूमि नेपाल अशिक्षा र अज्ञानको भुमरीमा कहिलेसम्म पिल्सिरहने हो । धार्मिक ग्रन्थ पढेर वैज्ञानिक हुने भए वा सुख समृद्धि हुने भए शायद संसारको महाशक्ति अमेरिका होइन नेपाल र भारत नै हुने थिए । तर बडो दुःखका साथ भन्नुपरिरहेको छ कि नेपालको शिक्षा ध्वस्त हुनुमा अधर्मीहरूकै प्रमुख भूमिका रहेको छ ।
अधर्मी भन्नाले त्यस्ता व्यक्तिहरू जो धर्म मान्ने गरेको नाटक मात्र गर्ने गरेका छन् जबकि ती व्यक्तिहरू पैतालादेखि टुप्पीसम्म भ्रष्टाचारमा डुबेका छन् । मन्दिर सधैं जान्छन्, प्रसाद चढाउँछन्, पूजापाठ गर्छन् साथै भ्रष्टाचार पनि नित्य गर्छन् । यस्ता शैक्षिक माफियाहरूमाथि कारबाई नभएसम्म नेपाली शिक्षामा लगानी बालुवामा पानीको उखान चरितार्थ भई नै रहन्छ ।
अबको नेपाल अन्धविश्वासलाई मलजल तथा संरक्षण गरेर सुखी र समृद्ध कदापि बन्न सक्दैन । बरु विद्यालयलाई पूर्णरूपेण राजनीति र धर्मबाट अलग गर्नुपर्छ । वैज्ञानिक तथा सीपमूलक प्राविधिक शिक्षाले मात्रै देशको मुहार हँसिलो बनाउने कुरातर्पm सरोकारवाला सबैको ध्यान जान जरुरी छ ।