प्रस, वीरगंज, १५ फागुन/
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आदर्शनगर ग्रीनसिटी सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा आज वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।
पर्साका प्रजिअ विष्णु कार्कीले वृक्षरोपण गरेर कार्यक्रमको उदघाटन गरेका थिए । उनले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा युवाहरूको सक्रियताको सराहना गरे । प्रजिअ कार्कीले वातावरण जोगाउने कार्यमा युवाहरूले देखाएको जोश र जाँगरलाई अरूले पनि अनुसरण गर्नुपर्ने बताए ।
वृक्षरोपणबाट वातावरण जोगाउन प्रभावकारी भूमिका निर्वाह हुने हुनाले यसमा सक्रियता देखाइरहन उनले स्थानीय वासीलाई आग्रह गरे । ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष्F जयप्रकाश खेतानको अध्यक्षतामा आयोजित वृक्षरोपण कार्यक्रममा पूर्वसांसद अनिल रूँगटा, महावाणिज्यदूत नीतेश कुमार, प्रहरी उपरीक्षक गङ्गा पन्त, पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जारा, व्यवस्थित वीरगंज अभियानका दिलीपराज कार्की, नेपाली काङ्ग्रेस वीरगंज महानगरपालिकाका सभापति भोला कलवार, प्रहरी निरीक्ष्Fकद्वय कमलप्रसाद पण्डित र दीपक साहलगायतको सहभागिता थियो ।
वीरगंज–१० आदर्शनगरको दक्ष्Fिणपिट्टको सडकमा पानीटङ्कीदेखि मारवाडी समाज सेवा सङ्घ धर्मशालासम्म विभिन्न जातिका एक सय बिरुवा रोपिएको थियो ।