प्रस, गरुडा, १६ फागुन/
रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालनमा आएको दुई हप्तामैं बन्द भएको छ । उखु किसानले उद्योगलाई पर्याप्त उखु पु¥याउन नसकेपछि उद्योग दुई हप्तामैं बन्द भएको हो ।
२०५१ सालदेखि क्रसिङ थालेको चिनीमिलले अढाई दशकभन्दा लामो समयावधिमा सबैभन्दा कम उखु पाएको यसै वर्ष हो । गत वर्ष पनि १४ लाख क्वीन्टलभन्दा बढी उखु क्रसिङ गरेको चिनीमिलले चालू सिजनमा एउटा सक्खर उद्योगभन्दा पनि कम उखु पाएको हो । चिनीमिललाई किसानले उखु बेच्ने तर किसानलाई चिनीमिलले समयमा पैसा भुक्तानी नगर्दा चालू सिजनमा उद्योगलाई किसानले नपत्याएको देखिएको हो । चालू सिजनमा उद्योगले ६७ हजार ६७२ क्वीन्टल उखु क्रसिङ गरेको छ ।
गत माघ २७ गतेदेखि उद्योग सञ्चालनमा आएको थियो । उखुको अभावमा बन्द हुँदै र सञ्चालन हुँदै आएको उद्योग भने दुई हप्तामा बन्द भएको छ । किसानले पहिलेदेखि नै समयमा भुक्तानी नपाएको र चालू सिजनमा पनि भुक्तानी नपाउने हो कि भन्ने डरले उखु नदिएको उखु उत्पादक सङ्घ रौतहटका सदस्य सफिन्द्रप्रसाद यादवले बताएका छन् । चिनीमिलप्रति भुक्तानीको अविश्वासले गर्दा किसानले यसपालि उखु उपलब्ध नगराएको यादवको भनाइ छ ।
चिनीमिललाई सञ्चालनमा ल्याउन किसानहरूले आन्दोलनसमेत गरेका थिए । पटकपटक उद्योग मन्त्रालयमा ज्ञापन दिने र उद्योगपतिलाई वार्तामा ल्याउने काम पनि उखु उत्पादक सङ्घले गरेको थियो । अन्य वर्ष पुसमा सञ्चालन हुने चिनीमिल अत्यधिक दबाबका कारण माघको अन्ततिर सञ्चालनमा आएको थियो ।
उद्योगले किसानलाई अभैm पनि करोडौं रुपैया भुक्तानी दिन बाँकी रहेको छ । चालू सिजनमा पनि उद्योगले किसानसित किनेको उखुको मूल्य भुक्तानी बाँकी रहेकोले अब किसानलाई पैसा दिलाउन आपूmहरूले पहल थाल्ने सङ्घका अध्यक्ष अशोकप्रसाद यादवले बताएका छन् ।
गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेड बन्द भएपनि जिल्लाबाट बाहिरका चिनीमिलले भने अभैm उखु लगिरहेका छन् । जिल्लामा अभैm पनि करीब डेढ दर्जन खाँडसारी उद्योगले सक्खरको उत्पादन पनि गरिरहेका छन् ।