पुकार सुवेदी
छाउगोठ सुन्नासाथ कतिपय महिलाको जीउ नै सिरिङ्ग हुन्छ होला । हुनत कतिले यो शब्द पहिलोपटक सुनेका होलान् । पहिलोपटक सुन्नेलाई ‘छाउगोठ’को बारेमा नबताइ यसबारेमा भन्नु खासै उचित हुँदैन । महिलाहरू महीनावारी हुँदा गाईको दूध खान नहुने, शुभकार्यमा जाँदा आप्mनो मुख देखाउन नहुने, घरभित्र केही ठाउँमा पस्न नहुने जस्ता बन्देज लगाइन्छन् । महीनावारी भएका महिलालाई घरबाट टाढा बनाइएको सानो झुप्रोजस्तो गोठ ‘छाउगोठ’ हो । जहाँ महिलाहरू पहिलोपटक महीनावारी भएको दिनदेखि ५७ दिनसम्म त्यस गोठमा राखिन्छ । त्यो अन्धविश्वासको गोठ नै ‘छाउगोठ’ हो ।
छाउगोठले शहरी भेगभन्दा बढी गाउँघर तथा नेपालको सुदूरपश्चिममा गहिरो जरा गाडेको छ । छाउगोठ घरबाट टाढा हुने हुँदा कतिपय महिलाले ज्यान गुमाएका घटनाहरू हामीले बेलाबेलामा समाचारमा पढेका छौं । ज्यान नै सुरक्षित नहुने त्यो गोठको रात हामीले कल्पना पनि गर्न सक्दैनौं । अनि ती महिलाको विडम्बना, हरेक महीना यस्तो कष्टकर भोगाइ भोग्नुपर्छ । हुनत शहरी भेगमा छाउगोठ नभेटिए पनि महिलाहरूले महीनावारी हुँदा बेग्लै कोठामा बसेर बारेका हुन्छन् ।
महीनावारी भएका बेला घरभित्र भएका अपहेलना समाचारमा नआए पनि ती महिलाहरूमा मानसिक, मनोवैज्ञानिक यातना कति भइरहेका होलान् ? आखिर किन भोग्नुपर्ने यस्तो भोगाइ भन्दै कल्पिने गरेका होलान् ।
महीनावारी शरीरको प्राकृतिक क्रिया हो । हाम्रो समाजमा अशिक्षाको कमीले जस्तोसुकै कुरामाथि पनि विश्वास गर्छौं । अनि त्यो रूढिवादी सोचलाई प्रचलन बनाउँछौं । विज्ञानले सामान्य मानेका कुरालाई हामी विकराल बनाउँछौं । पश्चिमा मुलुकहरूमा महीनावारीलाई खासै मान्यता दिइँदैन । तर हामीले आजसम्म पनि वर्षौं पुराना रूढिवादी सोचलाई अँगालेर बसेका छौं, जसको प्रतिफल महिलाहरूले भोग्नुपरेको छ ।
अन्धविश्वास पनि कस्तो १ पहिलोपटक महीनावारी हुँदा दाजुभाइ–बुबालाई आप्mनो मुहार देखाए आयु कम हुन्छ रे १ लैनो गाईभैंसीको दूध खाए गाईको थुनबाट रगत आउँछ रे, अझ घरमा छिरे भने मन्दिरका देवता रिसाउँछन् रे १ यस्ता भ्रमको पछि लागेर हामी हाम्रा छोरीचेलीलाई छाउगोठमा राखेर बलिको बोका किन बनाउँदै छौं ? यदि मेरी दिदीले महीनावारी हुँदा मेरो अनुहार हेरेमा मेरो आयु घट्छ भने घटोस् बरु २४ वर्ष कमै बाँचुला तर दिदीको ज्यान नै जाने त्यस असुरक्षित गोठमा पठाउनेछैन । छोरीचेलीहरूको लागि महीनावारी बाध्यता हो, त्यसलाई प्रोत्साहन गरेर प्रथा बनाउनुहुँदैन । गाईभैंसीको थुनबाट रगत आउँछ भने पशुचिकित्सकसँग परामर्श, उपचार लिनुपर्छ । भगवान्को डर देखाएर कसैलाई छाउगोठमा बस्न बाध्य बनाउनुहुँदैन । बरु अन्धविश्वासले पोतेको मैलो पखाल्ने प्रयास गर्नुपर्छ ।
सानो गोठ जहाँ न झ्याल हुन्छ, न गतिलो ढोका, पोषिलो खाना, न्यानो कपडाको अभावमा छाउगोठमा जीवन बिताउन कति कष्ट गर्नुपर्छ कहिल्यै कल्पना गर्नुभएको छ ? महीनावारी भएका महिलालाई हामीले मानसिक तनाव मात्र होइन, शारीरिक कष्ट पनि दिइरहेका छौं ।
केही वर्ष पहिलेको एउटा घटनाको सम्झना आयो । १६ वर्षीया युवतीले पश्चिम नेपालको एउटा छाउगोठमा रात बिताउँदा भोलिको सूर्य देख्न पाइनन् । उनको गाउँकै केही युवकले छाउगोठमैं गएर बलात्कार गरी हत्या गरेका थिए । यदि त्यस रात उनी गोठमा नसुतेर घरमैं सुतेको भए आज उनी जीवित हुन्थिन् ।
समाजमा गहिरो जरो गाडेको छाउगोठबारे केही दिनअघिमात्र एउटा अनलाइनमा समाचार पढेको थिएँ– प्रहरीले छाउगोठ भत्काउन खोज्दा एक महिलालाई देवी चढ्यो र उनले प्रहरी हवल्दारमाथि चिर्पटले प्रहार गरिन् ।
त्यतिबेला कतिले त पुर्खादेखि चलिआएको छाउगोठ भत्काउन दिन्नँ र सक्नुहुन्छ भने पक्की छाउगोठ बनाइदेऊ भनेर अवरोध गरेका थिए ।
म छाउगोठमा बसेको हुनाले तिमीहरू पनि छाउगोठमा बस्नुपर्छ भन्ने मानसिक परिवर्तन नभएसम्म नेपालबाट छाउगोठ निर्मूल हुँदैन ।
नेपाल सरकारले पनि यस विषयमा ध्यान नदिएको होइन । नेपालको संविधान २०७२ को भाग ३ को मौलिक हक र कर्तव्यको धारा ३८ को उपधारा ३ मा प्रस्ट लेखेको छ– ‘महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिनेछैन । त्यस्तो कार्य कानूनीरूपमा दण्डनीय हुनेछ र पीडितलाई कानूनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।’ तर संविधानको पानामा सीमित यी कानूनहरू पालना गराउन नेपाल सरकारले सकेको छैन । यससम्बन्धी कलाकारहरूले जनचेतनामूलक कार्यक्रम गर्दै, भद्रभलाद्मीहरूको हातेमालोमा यस्ता रूढिवादी परम्परालाई जरैदेखि उखेलेर फाल्नुपर्छ ।
सरकारले छाउपडी उन्मूलन कानून कार्यान्वयनको दबाब दिएसँगै पश्चिम नेपालमा धमाधम छाउगोठ भत्काइँदैछ । नेपाल प्रहरीले बेलाबेलामा गाउँ पसी छाउगोठ भत्काएको छ । जनचेतनाको कमी र अन्धविश्वासको कारण बनेका छाउगोठ नेपाली जनताले भत्काउनुपर्छ । जसरी हामीले सतीप्रथाको उन्मूलन ग¥यौं, त्यसरी नै छाउपडी प्रथा उन्मूलन गर्न आवश्यक छ ।
सन् २०१८ की मिस नेपाल शृङ्खला खतिवडा यो प्रथा उन्मूलनमा लागेकी छन् । उनले भनेकी थिइन्– यदि छाउगोठ भत्काउँदा पाप लाग्छ भने त्यो पाप बोक्न तयार छु ।
यहाँ कवि नवराज पराजुलीको कविताको दुई लाइन सान्दर्भिक देखिन्छ– ‘पुराना राम्रा सबै जोगाऊ, सुधारौं पुराना बेठीक ।’