प्रमोद यादव, पंचगावाँ, १५ फागुन/
पर्सा जिल्ला अदालतमा जबरजस्ती करणी र सम्बन्ध विच्छेदको मुद्दा बढेको छ । अदालतले जनाए अनुसार चालू आवको माघ मसान्तसम्म सात महीनामा १८ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन् ।
यस अघि आव २०७५–०७६ मा जबरजस्ती करणीका २७ मुद्दा दतर्F भएको र ८ वटाको पैmसला भएको छ। जबरजस्ती करणीमा चालू आवको सात महीनामा तीनवटा मुद्दा दर्ता भएको छ । गत वर्ष पाँचवटा मुद्दा दर्ता थियो ।
चालू आवको माघ मसान्तसम्म बालविवाह ११, बाल यौन दुराचार ४, अपहरण तथा शरीर बन्धक ७ र मानव बेचबिखन तथा ओसारपसार, बहुविवाह, गर्भपतन, बोक्सी, अप्राकृतिक मैथुनमा एक–एकवटा मुद्दा दर्ता भएको छ ।
पर्सा जिल्ला अदालतले सम्बन्ध विच्छेदका मुद्दा निरन्तर बढिरहेको जनाएको छ ।
२०७४–०७५ मा ११८ वटा मुद्दा दर्ता थियो भने २०७५/०७६ मा २१२ र चालू आवको सात महीनामा १४२ मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामा क्रमशः महिलासरह पुरुषबाट पनि मुद्दा दिने प्रक्रिया बढेको छ । २०७४–०७५ मा ११८ मध्ये १०८ मुद्दा महिलाबाट दिइएको र पुरुषबाट केवल १० वटा दर्ता भएकोमा २०७५–०७६ मा कुल २१२ मध्ये ९० मुद्दा पुरुषबाट गरिएको थियो भने १२२ वटा महिलाबाट दायर भएको अदालतले जनाएको छ ।
चालू आवको माघ मसान्तसम्म सात महीनामा १४२ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको र त्यसमा ५८ वटा पुरुषबाट र ८४ वटा महिलाबाट दायर छन् ।