प्रस, वीरगंज,१५ फागुन/
वीरगंज–८ पानीटङ्कीस्थित प्रभु हस्पिटल एन्ड रिर्सच सेन्टरमा गत कात्तिकमा चिकित्सकको लापरवाहीले ज्यान गुमाएका दुईजना सुत्केरीका आफन्तहरूले बिहीवार पत्रकार सम्मेलन गरी नेपाल मेडिकल काउन्सिलले छानबीनमा ढिलाइ गरेको भन्दै आपत्ति जनाएका छन् ।
नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा प्रगतिनगरकी मृतक अमृता श्रेष्ठकी आमा निशा श्रेष्ठ र बारा, पचरौता नगरपालिका–१ निवासी सुनीता देवीका जेठाजु साहेब ठाकुरलगायतले नेपाल मेडिकल काउन्सिलको रवैयाप्रति आक्रोश ब्यक्त गरेका थिए । पीडित पक्षले गत मङ्सिर १३ गते पर्सा प्रहरीमा ज्यान मार्ने उद्योगसम्बन्धी उजूरी दर्ता गराएपनि अहिलेसम्म प्रहरीले घटनाको निष्पक्ष छानबीन नगरेको भन्दै गुनासो पनि गरेका छन । केही दिन अगाडिमात्र अस्पताल प्रशासनले निश्शुल्क स्वास्थ्य शिविरलगायत सम्पूर्ण काम पुनः सञ्चालन गरेकोमा आश्चर्यमा परेको उनीहरूले बताएका छन् ।
यता अस्पतालकी डाक्टर लक्ष्मी थापा गुप्ताको नेपाल मेडिकल काउन्सिल बाट मौखिकरूपमा अस्पतालको सम्पूर्ण काम सञ्चालन गर्न आदेश पाएको भनाइप्रति पीडितका आफन्तले गुनासो गर्दै नेपाल मेडिकल काउन्सिल र पर्सा प्रहरी समक्ष घटनाको निष्पक्ष छानबीन गरी दोषीलाई कारबाही र आपूmहरूलाई न्याय दिन मांग गरेका छन् ।