सञ्जय साह मित्र
यहाँ मधेसलाई सङ्कुचित अर्थमा लिइएको छ । यस आलेखमा मधेस भन्नाले प्रदेश २ लाई सम्बोधन गरिएको हो ।
नेपाली भाषा र साहित्यको सेवा मधेसले निकै सजगतापूर्वक गर्दै आएको छ । समग्र देशमैं मोफसलबाट पहिलो पत्रिका निकाल्ने यहींको वीरगंज हो । त्यो सम्भवतः साहित्यिक पत्रिका थियो । तर अहिले वीरगंज साहित्यिक पत्रिकाविहीन छ ।
यस प्रदेशमा नेपाली साहित्यको सबै विधाले फल्ने–फुल्ने मौका पाएको छ । समग्र नेपाली साहित्यको विशिष्ट सेवा गरेको छ । अनेक मापनहरूले यसलाई पुष्टि गरेका छन् । यस प्रदेशको साहित्य सिर्जना स्तरीय छ र त नेपाली मानक साहित्यिक पत्रिका, साहित्यकार तथा भाषासेवामा यो प्रदेशले अग्रणी भूमिका खेल्दै आएको छ । ज्वलन्त उदाहरणको रूपमा लिन सकिन्छ – प्रज्ञा आधुनिक नेपाली गजल कृतिलाई ।
नेपाल प्रज्ञा प्रतिष्ठानले हालै यो कृति प्रकाशन गरेको छ । यस कृतिका दुई सम्पादक छन् – डा. घनश्याम न्यौपाने परिश्रमी र गोपाल अश्क । डा. परिश्रमी वीरगंजमा नौ वर्ष बसेर प्राध्यापनसँगै साहित्य सेवा गर्ने व्यक्तित्व हुन् भने अश्क वीरगंजकै हुन् अर्थात् यस कृतिको सम्पादन यस प्रदेशले गर्ने मौका पाएको हो भनी दाबी गर्दा हुने देखिन्छ ।
प्रज्ञा प्रतिष्ठानले आधुनिक नेपाली गजल भनेर प्रकाशन गरेको यस कृतिको आरम्भमा गजलको परिचय र आधुनिक नेपाली गजलका प्रवृत्ति दिइएको छ । यस अन्तर्गत गजलको वण्र्य विषय, गजलको उद्भव र विस्तार, गजल संरचनाका मूल तŒव, नेपाली गजलको परम्परा, आधुनिक नेपाली गजल र निष्कर्ष प्रस्तुत गरिएको छ । कृतिको दोस्रो परिच्छेदमा आधुनिक नेपाली गजलहरू प्रस्तुत गरिएका छन् । कृतिभित्र हरेक रचनाकारका दुई गजल राखिएका छन् । कृतिमा एक सय असीजनाको गजल समेटिएको छ । कृतिभित्र मधेसका दर्जनौं गजलकारका रचना सङ्कलित छन् ।
नेपाली वर्णानुक्रमानुसार गजलहरू प्रस्तुत गरिएका छन् । यस कृतिमा समाविष्ट मधेसका गजलकारहरूमध्ये सबैभन्दा पहिले अमर त्यागी, त्यसपछि किसान प्रेमीको गजल परेका छन् । यसपछि कृष्ण कुसुम अनि कृष्ण दाहालका गजल छन् । कृतिका दुई सम्पादकमध्ये एक गोपाल अश्कको गजल पनि रहेको छ । गजलको शास्त्रीय मान्यतानुरूप लेखिएको अश्कको प्रस्तुत गजलको आरम्भ यस्तो छ –
झरेको पात हुँ मेरो कहानी के सुनाउँ
बितेको रात हुँ मेरो कहानी के सुनाउँ पृ.१०९)
आधुनिक नेपाली गजलमा जुनू क्षेत्रीको गजल छ । धीरेन्द्र प्रेमर्षि तथा चर्चित युवा गजलकार नारायण निराशीको गजल परेको छ । कृतिमा बागियान शर्मा र भक्ति रिजाल आजादको गजल रहेको छ । कृतिमा भीम विरागको गजल पनि परेको छ । मनु ब्राजाकीको गजलको यो टुक्रा यस्तो छ –
जाँड खाने देवता छन् हाम्रा धेरै भन्ने ठानी
पूजा गर्न आफ्नो फोटो तखतामा राख्दो रहेछु । (पृ.२५९)
दशकौंसम्म रौतहटमा रही भाषा र साहित्यको सेवा गरेका रमेश समर्थन अहिले रूपन्देही जिल्लाको सेवामा तल्लीन छन् । समर्थनको गजल पनि यस कृतिमा सङ्गृहित छ । आशावादी विचार अभिव्यक्त गर्ने गजलमा समर्थन भन्छन्–
पर्खी बसें फर्की दिन आउँछ कि भनी
कोइलीले नयाँ गीत गाउँछ कि भनी ।
(पृ.२७७)
रामप्रसाद साहको गजल यसमा समेटिएको छ । यसमा लीलाराज दाहालको गजल पनि छ । यस कृतिका सम्पादक डा. परिश्रमीको गजल यसमा समेटिएको छ । डा.परिश्रमीको गजल आप्mनो मूल प्रवृत्ति अनुरूप प्रगतिशील रहेको छ । उनका दुई गजलमध्ये पहिलो गजलको अग्रभाग यस्तो छ –
मजदुर हुँ एउटा म, बोझा उठाउँदै छु
बिक्री गरेर निद्रा, पसिना बगाउँदै छु ।
(पृ.१२१)
नेपाली गजलको यस विशाल कृतिमा मधेसका स्तरीय गजलहरू समेटिएका छन् । यस कृतिमा परेका नेपाली गजलहरूको विषयवस्तुमा समाज, प्रेम, विश्वास, आशा र जीवनका विविध पक्ष रहेका छन् । गजलको शास्त्रीय मान्यता र आधुनिक चलन दुवै प्रकृतिलाई कृतिले आत्मसात् गरेको छ । साथै मधेसका गजलहरूले पनि यी दुवै प्रकृतिलाई पाठकसमक्ष प्रस्तुत गरेको छ ।
आधुनिक नेपाली गजलको अध्ययन तथा आस्वादन गर्न चाहने हरेकको लागि प्रज्ञा आधुनिक नेपाली गजल एउटा महŒवपूर्ण प्राप्ति रहेको छ । मधेसमा रहेका नेपाली साहित्यको पाठकका लागि यो कृति सङ्ग्रहणीय छ ।