प्रस, पर्सागढी, १५ फागुन/
पर्सा जिल्लाको पर्सागढी नगरपालिका–३ झबराहा टोलमा अवैध मदिराभट्टी सञ्चालन हुने क्रम रोकिएको छैन ।
चार सय घरधुरी रहेको सो वडामा तीन सय पचास घरधुरीमा अवैध घरेलु मदिरा उत्पादन हुने गरेको छ । कोदो, भात, सक्खर, फिटकिरी, युरिया मलको प्रयोगबाट अवैध घरेलु मदिरा उत्पादन हुने गरेको र यहाँ उत्पादित मदिरा पर्सा जिल्लाको विभिन्न स्थानमा पु¥याउने काम भइरहेको छ ।
झबराहामा ठूलो सङ्ख्यामा अवैध मदिराभट्टी सञ्चालनमा रहेको कारण अहिले मकवानपुरबाट जीतपुर, परवानीपुर, वीरगंजसम्म ल्याइने अवैध घरेलु मदिरामा कमी आएको छ ।
केही वर्ष अगाडि बाराको जीतपुर, परवानीपुर र वीरगंज महानगरमा मकवानपुरबाट उत्पादित अवैध घरेलु मदिराले बजार ओगटेको थियो । भाडाको बसबाट ढुवानी गरेर अवैध मदिरा ल्याउने क्रममा अहिले कमी आएको छ । झबराहामा ठूलो परिमाणमा घरेलु मदिरा उत्पादन भइरहेको कारण सोही मदिराले अहिले जीतपुर, परवानीपुर, वीरगंजका साथै पर्सा जिल्लाको पोखरिया, महुवन, विन्दवासिनी, डोकैला बहुअरी, सुक्खा बन्दरगाह क्ष्Fेत्रलगायत क्ष्Fेत्रको बजार ओट्दै गएको छ ।
झबराहामा प्रतिबोतल रु ४० मा खरीद गरेर व्यवसायीहरूले आप्mनो क्षेत्रमा प्रतिबोतल रु १०० मा बिक्री गर्ने गरेका छन् । झबराहाका एकजनाले साढे तीन सय घरपरिवारमध्ये दुई सय व्यावसायिक तरीकाबाट घरेलु मदिरा उत्पादन गर्ने र डेढ सयमा उत्पादित मदिरा घरपरिवारका सदस्यहरूले मात्र सेवन गर्ने गरेको जानकारी गराएका छन् ।
पर्सागढी नपा–३ झबराहामा रहेको चार सय घर परिवारसँग जग्गाधनी प्रमाणपूर्जा छैन । उनीहरूसँग खेतीको लागि जमीन पनि छैन । बसोवास गरेको जग्गाको लालपूर्जा नभएको र सुकुम्बासी जीवन व्यतीत गरिरहेका उनीहरूको आयस्रोतको अन्य साधन नभएपछि घरेलु मदिरामात्र उत्पादन गर्ने गरेका छन् । घरेलु मदिरा उत्पादन गर्ने एकजनाले जग्गाधनी प्रमाणपूर्जा भएमा विभिन्न वित्तीय संस्थाहरूबाट ऋण लिएर अन्य व्यवसाय गर्न सकिन्थ्यो, बाध्यकारी अवस्थाले मदिरा उत्पादन गर्नुपरेको बताएका छन् ।
इलाका प्रहरी कार्यालय, पटेर्वासुगौली अन्तर्गत पर्ने यो क्षेत्रमा प्रहरीले गएको वर्ष पाँचपटकभन्दा बढी छापामारी गरेर अवैध घरेलु मदिराभट्टी नष्ट गरेको थियो । इप्रका पटेर्वासुगौलीको तथ्याङ्क अनुसार सो क्षेत्रमा पाँचपटक छापामारी गरिएको र ८० भन्दा बढी मदिराभट्टी नष्ट गरिएको थियो । अहिले झबराहामा छापामारी नभएको ६ महीनाभन्दा बढी भइसकेको छ । प्रहरीले अवैध घरेलु मदिरा नियन्त्रणमा चासो नदेखाएको कारण झबराहासँगै अन्य क्षेत्रमा पनि अवैध घरेलु मदिरा उत्पादन बढेको छ । सखुवापरसौनीको १ देखि ४, जगरनाथपुरको १, ३, ४, पटेर्वासुगौलीको १ देखि ५, वीरगंज महानगरपालिकाको २९, ३१, ३२ र जीराभवानी गाउँपालिकाको १,२,३, इप्रका पटेर्वासुगौल अन्तर्गतका क्षेत्र हुन् । यी क्षेत्रमा पछिल्लो समयमा घरेलु मदिरा उत्पादन बढेको छ ।
जनप्रतिनिधिको असहयोग
इप्रका पटेर्वासुगौलीका प्रनि दीपक चोरवारले जनप्रतिनिधिहरूको असहयोगको कारण छापामारी हुन नसकेको बताएका छन् । उनले सम्बन्धित वडाका अध्यक्ष, सदस्य, नगरपालिका, गाउँपालिकाकाका प्रमुख, उपप्रमुखले अवैध घरेलु मदिराविरुद्ध अभियानमा नसघाएको आरोप लगाए । जनप्रतिनिधिहरूले अभिरुचि नराख्दा छापामारी प्रभावित भएको उनको भनाइ थियो ।
जनप्रतिनिधिको स्वीकृतिविना छापामारी गर्न नसकिने बाध्यकारी अवस्था रहेको उनले बताए ।
यस अघि इप्रका पटेर्वासुगFैलीले इप्रका एकटाँगा, अस्थायी प्रहरी चौकी बिरुवागुठी, प्रहरी चौकी मनवा, मिलनचोक र जिप्रका पर्सासमेतको सहयोगमा झबराहामा छापामारी गर्दै आएको थियो ।