श्रीकृष्णले बडो फुर्तीका साथ घोडाहरूलाई द्रोणाचार्यतिर मोडिदिए । यो हेरेर सुशर्माले आप्mना भाइहरूलाई साथमा लिएर उनलाई पछ्याए । अनि अर्जुनले श्रीकृष्णसित सोधे– अच्युत, हेर्नुहोस् त, यतातिर त आप्mना भाइहरूका साथमा सुशर्माले मलाई युद्धको लागि हाँक दिइरहेको छ र उत्तर दिशामा हाम्रो सेनाको संहार भइरहेको छ । लौ भन्नुहोस्, यसमध्ये कुन काम हाम्रोलागि हितकर हुनेछ । यो सुनेर श्रीकृष्णले त्रिगत्र्तराज सुशर्मातर्पm मोडिदिए । अर्जुनले तत्कालै सातवटा बाण हानेर सुशर्मालाई घाइते तुल्याएर दुईटा बाणले उनको धनुष र ध्वजालाई काटिदिए । अनि छवटा बाण हानेर उनका भाइलाई सारथि र घोडासहित यमराजको घर पठाइदिए । प्रत्युत्तरमा सुशर्माले ताकेर अर्जुनमाथि एउटा फलामे शक्ति र श्रीकृष्णमाथि एउटा तोमर हाने । अर्जुनले तीन/तीन वटा बाण हानेर शक्ति र तोमर दुईटै अस्त्रलाई काटिदिए र बाणको वर्षा गरेर सुशर्मालाइ मूर्छित पारेर द्रोणतर्पm फर्किए ।
उनले बाणवर्षा गरेर कौरवसेनालाई आच्छुआच्छु पारी फेरि भगदत्तको सामु आइडटे । भगदत्त मेघ वर्णभैंm श्याम रङ्गको हात्तीमाथि सवार थिए । उनले अर्जुनमाथि बाण वर्षाउन आरम्भ गरे तर अर्जुनले बीचैमा सबै बाणलाई काटिदिए । अनि भगदत्तले पनि अर्जुनको बाणलाई छलेर श्रीकृष्ण र अर्जुनमाथि बाणहरूको ओइरो लगाउन थाले । अनि अर्जुनले उनको धनुषलाई काटिदिए, अङ्गरक्षकहरूलाई मारी खसाले तथा भगदत्तसित खेलाँची गरेभैंm युद्ध गर्न थाले । भगदत्तले उनीमाथि चौधवटा तोमर हाने तर अर्जुनले प्रत्येक तोमरको दुई टुक्रा पारिदिए । फेरि उनले भगदत्तको हात्तीको कवचलाई काटिदिए । भगदत्तले एउटा फलामे शक्ति हाने तर अर्जुनले त्यसलाई पनि दुई टुक्रा पारिदिएर भगदत्तको छत्र र ध्वजालाई काटेर उनलाई दशवटा बाण हानेर घाइते पारे । यसबाट भगदत्तलाई बडो विस्मय भयो ।
यस प्रकार अर्जुनको बाणबाट व्यथित भई भगदत्तले पनि क्रोधित भई उनको मस्तक ताकेर कैयौं बाण हाने। यसबाट अर्जुनको मुकुट अलिक बाङ्गो हुन पुग्यो । मुकुटलाई सोभ्mयाउँदै अर्जुनले भगदत्तसित भने– राजन्, अब तिमी यस संसारलाई अघाउने गरी हेरिलेउ । यो सुनेर भगदत्त क्रोधले मुर्मुरिएर अर्जुन तथा श्रीकृष्णमाथि बाण वर्षा गर्न थाले । यो हेरेर अर्जुनले बडो फुर्तीका साथ उनको धनुष र तूणीरलाई काटी बहत्तरीवटा बाण उनको मर्मस्थान ताकेर हाने । यसबाट अत्यन्त व्यथित भएर भगदत्तले वैष्णवास्त्रको आह्वान गरेर त्यसबाट अङ्कुशलाई अभिमन्त्रित गरी अर्जुनको छातीमाथि हाने । भगदत्तको त्यो अस्त्र सबैको नाश गर्ने खालको थियो, अतः श्रीकृष्णले अर्जुनलाई ओटमा पारेर त्यस अस्त्रलाई आप्mनै छातीमाथि थापे । यसबाट अर्जुनको चित्तलाई बडो क्लेश भयो र उनले श्रीकृष्णसित भने– भगवन्, तपाईंले त प्रतिज्ञा गर्नुभएको छ कि म युद्धमा केवल सारथिको काम मात्र गर्नेछु तर तपाईंले आप्mनो प्रतिज्ञाको पालना गरिरहनुभएको छैन । यदि म सङ्कटमा परेको भएँ अथवा अस्त्रको निवारण गर्नमा असमर्थ भएको भए तपाईंले यस्तो गर्न उचित हुन्थ्यो । तपाईंलाई थाहै छ कि मेरो हातमा धनुष र बाण छउञ्जेलसम्म म देउता, असुर र मानिसहरूसहित सम्पूर्ण लोकलाई जित्नमा समर्थ छु ।
यो सुनेर भगवान् श्रीकृष्णले अर्जुनसित यी रहस्यपूर्ण वचन भने–कुन्तीनन्दन, सुन, म तिमीलाई एउटा गोप्य कुरा सुनाउँदै छु, जुन पूर्वकालमा घटित भइसकेको छ । म चारवटा रूप धारण गरेर सम्पूर्ण लोकको रक्षा गर्नमा तत्पर रहन्छु । आपूmलाई अनेकौं रूपमा विभक्त गरेर संसारको हित गर्दछु । ‘नाराण’ रूपको एउटा मूर्ति यस भूमण्डलमा रहेर तपस्या गर्दछ, अर्को मूर्तिजगत्को शुभाशुभ कर्महरूमाथि दृष्टि राख्दछ, तेस्रो मूर्ति मनुष्यलोकमा आएर नानाथरीको कर्म गर्दछ, चौथो मूर्ति हजार वर्षसम्म जलमा शयन गर्दछ । त्यो मेरो चौथो विग्रह हजार वर्षको शयनपश्चात् ब्यूँभ्mदा त्यतिबेला वर पाउने योग्य भक्त तथा ऋषिमुनिहरूलाई उत्तम वरदान दिन्छ । एकचोटि जब त्यही समय प्राप्त भएको थियो, पृथ्वीदेवीले गएर मसित वरदान मागेकी थिइन् कि–मेरो पुत्र (नरकासुर) देउता तथा असुरहरूबाट अवध्य होओस् र ऊसित वैष्णवास्त्र होओस् । पृथ्वीको यो याचना सुनेर मैले उसको पुत्रलाई अमोघ वैष्णवास्त्र दिएर ऊसित भने– पृथ्वी, यो अमोघ वैष्णवास्त्र नरकासुरको रक्षाको लागि ऊसित रहनेछ तथा उसलाई अब उप्रान्त कसैले पनि मार्न सक्नेछैन । पृथ्वीदेवीको मनकामना पूर्ण भयो तथा उनी बेस भनेर गइहालिन् तथा त्यो नरकासुर पनि बडो दुद्र्धर्ष भएर शत्रुहरूलाई सन्ताप दिन थाल्यो। अर्जुन, उही मेरो त्यो वैष्णवास्त्र नरकासुरबाट भगदत्तलाई प्राप्त भएको थियो । इन्द्र र रुद्रादि देउताहरूसहित सम्पूर्ण लोकमा कोही पनि यस्तो छैन, जो यसबाट न मार्न सकियोस् । अतः तिम्रो प्राणरक्षाको लागि यस अस्त्रको मार म स्वयंले सहन गरेर यसलाई व्यर्थ पारिदिए । अब भगदत्तसित यो दिव्य अस्त्र रहेन, अतः यस महान् असुरलाई तिमीले मार ।
महात्मा कृष्णले यस्तो भनेपछि अर्जुनले अनायास तीक्ष्ण बाणहरूको वर्षा गरेर भगदत्तलाई ढाकिदिए र उनको हात्तीको दुवै कुम्भस्थलको बीचमा तीखो बाण हाने । त्यो बाण पुच्छरसहित हात्तीको मस्तकभित्र छि¥यो अनि त राजा भगदत्तले बारम्बार हाँक्दा पनि हात्ती अगि बढ्न मानेन र आत्र्तस्वरले चिघार्दै प्राण त्याग ग¥यो। श्रीकृष्णले भने– पार्थ, यो भगदत्त धेरै बूढो भइसकेका छन्, जसको कारण उनको कपाल फुलिसकेको छ । परेला उघार्न नसक्ने भएको हुनाले यिनको आँखा प्रायः बन्द रहन्छ, यतिबेला आँखालाई खुला राख्ने उद्देश्यले परेलालाई लुगाको पट्टाले ललाटमा बाँधेका छन् ।
भगवान्ले यस्तो भनेपछि अर्जुनले बाण हानेर भगदत्तको ललाटको पट्टालाई काटिदिए । पट्टा काटिएपछि भगदत्तको आँखा बन्द भयो । तत्पश्चात् एउटा अद्र्धचन्द्राकार बाण हानेर अर्जुनले राजा भगदत्तको छातीलाई छेडिदिए । उनको ह्दय च्यातियो, प्राण उड्यो र हातबाट धनुष–बाण खस्यो । पहिले उनको मस्तकबाट पगरी खस्यो अनि उनी आपूm पनि पृथ्वीमाथि लडे । यस प्रकार अर्जुनले त्यस युद्धमा इन्द्रका सखा राजा भगदत्तको वध गरे र कौरवपक्षका अन्यान्य योद्धाहरूको पनि संहार गरे । क्रमशः...