प्रस, वीरगंज, १७ फागुन/
वीरगंज र निजगढमा आयोजित रक्तदान कार्यक्रममा १२ महिलासहित १६७ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेले बताए ।
बाराको निजगढ नपामा युथ अफ निजगढले आयोजना गरेको रक्तदान कार्यक्रममा ११ महिलासहित ९१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए ।
संस्थाकी अध्यक्ष गङ्गामाया श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अमृतराज उप्रेती, सुमित्रा ढकाल, प्रकाश काप्mले, अरुण साह, सरिता पाण्डे, श्याम श्रेष्ठ, अम्बिका पाण्डे, कमल कटुवाल, अरुणा सुवेदी, अरुणा उप्रेती, रमा अधिकारी, राधा यादव, उषा लामा, सपना बन्जारा, चन्दन चौधरी, दिलीप यादव, रवि सापकोटा, अनिस पोखरेललगायतले रक्तदान गरेको प्राविधिक विकास वर्णवालले बताए ।
यसैगरी समाज परिवर्तन नेपालले वीरगंज महानगर–२३ परसौनीबिर्तामा आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिलासहित ७६ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजको मोबाइल इन्चार्ज डिल्लीमाया घिमिरेले बताइन् । रक्तदान कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य बिचारीप्रसाद यादवले रक्तदान गरेर गरेका थिए । यसैगरी संस्थाका अध्यक्ष अकलेस साह, राकेश साहलगायतले रक्तदान गरेको प्राविधिक झाले बताए ।
समाज परिवर्तन नेपालले रक्तदान कार्यक्रमका साथै निश्शुल्क स्वास्थ्य शिविर र विपन्न एकल महिलालाई सहयोग पनि गरेको थियो ।
स्वास्थ्य शिविरमा तराई अस्पतालका डा. रोशन कुर्मीको टिमले २५० जनाको स्वास्थ्य परीक्षण गरेको थिए । यसैगरी विपन्न एकल महिलाहरू भिखइनिया हजरा, राधिका दास, गायत्रीदेवी, कुहडीदेवी, नेमा पासवान, गीतादेवी र सुशीलादेवीसमेतलाई लत्ताकपडा सहयोग गरिएको संस्थाका अध्यक्ष साहले बताए ।
कार्यक्रममा नेकपाका नेताहरू बालगोपाल थापा, दिनेश राई, शम्भु गुप्ता, तेजप्रकाश निषाद, रञ्जित चौरसिया, वडाध्यक्ष अवधकिशोर कुशवाहालगायतको सहभागिता थियो ।