प्रस, वीरगंज, १६ फागुन/
विपी उद्यानमा मधेस आन्दोलन–२०७२ मा शहीद भएका मधेसी शहीदहरूको सालिक निर्माण हुने भएको छ। स्थानीय पूर्वाधार साझेदारी अन्तर्गत सांसद प्रदीप यादवको संसदीय कोषबाट रु २० लाख र वीरगंज महानगरपालिकाको तर्पmबाट रु २० लाख गरी रु ४० लाखको लागतमा मधेसी शहीदहरूको सालिक निर्माण हुन थालेको हो ।
विपी उद्यानमा शुक्रवार आयोजित कार्यक्रममा सांसद यादव र नगरप्रमुख विजयकुमार सरावगीले मधेसी शहीदहरूको सालिक निर्माणको लागि शिलान्यास गरेका थिए । शिलान्यास कार्यक्रममा सांसद यादवले विभेदमा परेका मधेसी, दलित, मुस्लिमलगायत उत्पीडित समुदायको अधिकारका लागि मधेसी वीर शहीदले दिएको बलिदान स्मरणीय रहने बताए । अहिले राज्यबाट प्राप्त अधिकार ती शहीदहरूको बलिदानीको परिणाम भएको बताउँदै उनीहरूको सम्मानमा सालिक निर्माण गर्न लागेको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति नेक महम्मद अन्सारी, वडाध्यक्षहरू मनोज कलवार, रामदरश कुशवाहा, तूफान फारूख अन्सारी, समाजवादी पार्टीका वीरगंज महानगर अध्यक्ष ईश्वरचन्द्र यादवलगायत सहभागी थिए ।