प्रस, परवानीपुर, १६ फागुन/
क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरको आयोजनामा १५ दिने प्रदेश नं २ स्तरीय उद्यमी, किसान तथा बेरोजगार व्यावसायिक मत्स्यपालन तालीम शुक्रवार सम्पन्न भएको छ ।
परवानीपुरको सभाहल र केन्द्रको पोखरीमा सहभागीहरूलाई माछापालनको प्राविधिक सीप तथा माछापालन व्यवस्थापनका विभिन्न तरीकाबारे गहन छलफल र प्रदर्शन माध्यमबाट प्रशिक्षण दिइएको थियो। प्रदेश नं २ का आठ जिल्लाबाट ३/३ जना गरी कुल २४ जना तालीममा सहभागी थिए । जसमा २० जना परम्परागतरूपमा माछापालन गरिरहेका कृषक र ४ जना बेरोजगार युुवाहरूको सहभागिता रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरका क्षेत्रीय निर्देशक केशवप्रसाद श्रेष्ठले जानकारी गराए ।
तालीम समापन कार्यक्रममा क्षेत्रीय निर्देशक श्रेष्ठले माछा उत्पादनमा प्रदेश नं २ ले महŒवपूर्ण योगदान दिइरहेको र प्रदेश नं २ मा पनि जनकपुर, सिम्रौनगढ गरी दुईवटा माछा सुपरजोन घोषणा भइसकेको अवस्थामा तालीममा सिकेका सीपहरूलाई आआप्mनो गाउँठाउँमा गएर कार्यान्वयनमा ल्याइ व्यावसायिक माछापालनतर्पm अग्रसर हुन सुझाव दिए ।
तालीममा सहभागी सप्तरीका उद्यमी किसान रवीन्द्र मुखियाले पहिलेदेखि माछापालन गर्दै आएको तर तालीममा सहभागी भएर वर्षमा पोखरी एकपटक सुखाउनुपर्ने, भुरा उत्पादन कसरी गर्ने, माछालाई सुई कसरी लगाइ औषधोपचार गर्ने जस्ता सीपबारे जानकारी पाएको बताए ।
त्यसैगरी, रौतहटका किसान मोहमद ईसरारूल हकले आपूmले बिबिए अध्ययनपछि माछापालन तथा कृषि कर्मतर्पm लागेको बताउँदै हाल लिजमा जग्गा लिएर कुखुरापालन र माछापालन गरिरहेको सुनाए । आउँदो दिनमा एकीकृत कृषि फार्म सञ्चालन गरी बट्टाइ र बागवानी तथा व्यावसायिक तरकारीखेती गर्ने लक्ष्य रहेको उनले बताए ।
केन्द्रका सूचना अधिकारी राजेन्द्रप्रसाद यादवको सहजीकरणमा सम्पन्न कार्यक्रममा प्राविधिक अधिकृत सदाम हुसैनले माछापालनसम्बन्धी विषयवस्तु तथा अनुभवबारे प्रकाश पारेका थिए ।