प्रस, पंचगावाँ, १६ फागुन/
सवारी दुर्घटनामा जीराभवानी गाउँपालिका निवासी एक दम्पती घाइते भएको छ ।
पटेर्वासुगौली गापा–३ सडकखण्डमा ना.७त २९४१ नं.को ट्याक्टरले बा.४८प २१०३ नं.को मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा सवार जीराभवानी गापा वसन्तपुर निवासी रमेश चौधरी र निजकी पत्नी घाइते भएका हुन् । ट्याक्टरधनी अनिल साह र चालक सतुर मियाँलाई प्रहरीले पक्राउ गरेको छ । सडक दुर्घटनामा घाइते दम्पतीको तत्काल उपचार गर्न अप्ठेरो भएको थियो । सो गापामा एम्बुलेन्स सेवा नभएकोले उपचारका लागि लग्न कठिनाइ भएको सुरेश चौधरी थारूले बताए । उनले गापाले एम्बुलेन्ससम्मको व्यवस्था नगरेको तर जनप्रतिनिधिहरूले महँगो सवारीसाधन चढ्ने गरेकामा आलोचना गरे ।
यसैगरी, विन्दवासिनी गाउँपालिकामा सवारी दुर्घटनामा एक बालकको मृत्यु भएको छ ।
ना.६५प ६४२९ नं.को मोटरसाइकलले विन्दवासिनी गापा–४ झौवा बस्ने तीन वर्षीय खुर्शिद आलमलाई ठक्कर दिंदा बालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आस महम्मद आलमका तीन वर्षीय छोरा सडकमा खेलिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दिएको थियो ।
मोटरसाइकल चालक भारत, बिहार बस्ने राजकुमार दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।