प्रस, परवानीपुर, १७ फागुन/
पर्सा प्रहरीले आप्mनै सन्तानलाई नदीमा डुबाएर हत्या गरेको अभियोगमा एकजना महिलालाई पक्राउ गरेको छ । पारिवारिक कलहका कारण यस्तो घटना घटाएको आरोपमा भारत बिहार रतनपुर घर भई वीरगंज–२५ श्रीसिया आदर्शचोकस्थित ग्यारेजमा काम गर्ने रमोद साहकी पत्नी उर्मिलादेवीलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्तले बताइन् ।
तीनजना बच्चा बेपत्ता भएको प्रहरीमा उजुरी परेको थियो । शुक्रवार श्रीसिया नदीमा एक वर्षीय छोरा प्रशान्त साहको नदीमा डुबेको अवस्थामा शव भेटिइसकेको छ भने अन्य दुईजनाको अवस्था अज्ञात छ ।
प्रहरी उपरीक्षक पन्तले सोधपुछमा उर्मिलादेवीले तीन जनालाई नदीमा डुबाएर मारेको प्रारम्भिक बयानमा बताएको जानकारी गराइन् । उनले दुईजनाको अवस्था अहिलेसम्म अज्ञात भएको र प्रहरीको खोजतलाश जारी रहेको बताइन् ।
५ वर्षीय छोरा अमरदिप साह र ३ वर्षीया छोरी आसुकुमारीको अवस्था अज्ञात छ । एकवर्षीय छोरा प्रशान्तको शव वीरगंज–१६ पशुपतिनगर छेउ दशगजास्थित श्रीसिया नदीबाट शुक्रवार फेला परेको थियो ।
पक्राउ परेकी उर्मिलादेवीको माइत बारा, गढीमाई मन्दिरनजीकै मलहनी टोलमा पर्छ । गरीबीका कारण रमोद र उर्मिलाबीच सधै झै–झगडा हुने गरेको र सोही रिसमा उर्मिलाले तीनजना सन्तानको हत्या गरेको अनुसन्धानबाट खुलेको पर्सा प्रहरीले जनाएको छ ।