प्रस, वीरगंज, १७ फागुन/
नेपाली कांग्रेस पर्सा क्षेत्र–३ समितिले रामचन्द्र पौडेललगायत नेताहरू सहभागी नगर सभागृहमा आयोजना गरेको छलफल कार्यक्रममा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा पक्षले बहिष्कार गरेको छ ।
पार्टीको अन्तर्कलह र गुट–उपगुटको राजनीतिको कारण वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमा सभापति देउवा पक्षीय नेताहरू सहभागी भएनन् । जिल्ला सभापति अजयकुमार द्विवेदी, पूर्व सभासद अनिल रुँगटा, केन्द्रीय सदस्य रमेश रिजाल, अजय चौरसिया, जनार्दन सिंह क्षत्रीलगायत नेता, कार्यकर्ता सहभागी थिएनन् ।
वर्तमान राजनैतिक परवेशमा नेपाली कांग्रेसको चुनौती र समाधान विषयक छलफल कार्यक्रममा वरिष्ठ नेता पौडेल, महामन्त्री शशाङ्क कोइराला, कोषाध्यक्ष सीता यादव, केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह, सुजाता कोइराला, नेका पर्साका पूर्वसभापति राजेन्द्रबहादुर आमात्यलगायत नेताहरू सहभागी थिए । एकजना स्थानीय नेताका अनुसार पहिलेदेखि सहमति र छलफल नगरी अचानक कार्यक्रम राखेकोले एक गुट कार्यक्रममा नजाने निर्णयमा पुगेको बताए ।
पूर्वसांसद रुँगटाले आपूm काठमाडौंमा भएको बताए । उनले राम्रो मुखले नबोलाएको कारण कोही पनि नगएको हुन सक्ने प्रतिक्रिया दिए । केस रिजाल निकटतम नवीन सिंहले नगरसभाको कार्यक्रम पार्टीको कार्यक्रम नभएको कारण एक समूहको सहभागिता नरहेको बताए ।
प्रदेश सभा सदस्य राजेश्वर साह तेलीले देउवा गुटले बहिष्कार नगरेको बताए । उनले इच्छा लागेका गए, नलागेका गएनन् भन्ने प्रतिक्रिया दिए । आजको कार्यक्रम पर्सा क्षेत्र नं ३ का क्षेत्रीय अध्यक्ष लोकमान अन्सारीको अध्यक्षतामा भएको थियो ।