प्रस, परवानीपुर, १६ माघ/
वीरगंज–१८ सुखचैनामा महानगरको रु २४ लाख बजेटमा भइरहेको ‘नाला निर्माण’ योजनामा लफडा सृजना भएको छ ।
निर्वाचित जनप्रतिनिधिहरूले नै सडकको सार्वजनिक जग्गा कब्जा गर्न उक्त योजना थालेको गाउँलेहरूकोे आरोप छ । वडा नं १८ का वडासदस्य छोटेलाल राउत कुर्मीलगायत निजका दुई दाजुभाइ मिलेर सडकको करीब अढाई कट्ठा जग्गा हडप्न उक्त योजना ल्याएको भन्दै गाउँलेहरूले महानगरमा निवेदन दिएका छन् ।
निवेदकहरूले आवश्यक कारबाही गरी अतिक्रमित जग्गा खाली गराउन माघ ८ गते नै महानगरको कार्यालयमा उजूरी दिए पनि सो उजूरी उपर महानगरको तदारूकता नदेखिएको निवेदकमध्येका विपिन यादवले गुनासो गरे ।
वडा कार्यालयले गाउँलेहरूको गुनासो नसुनेपछि महानगरमा निवेदन बुझाएको उनीहरूले बताएका छन् । वडा कार्यालयमा पनि हुलाकमार्पmत् आपूmहरूले निवेदन पेश गरेको स्थानीय बासिन्दाले जानकारी गराएका छन् ।
करीब सवा सय मिटर लम्बाइको सडकको दायाँबायाँ नाला निर्माण गर्न गत जेठ ३० गते गाउँभेलाबाट उपभोक्ता समिति गठन भएको थियो । भेलाबाट गीता गजेन्द्रराज जोशी माविको छेउछाउको ऐलानी जग्गा पत्ता लगाइ सुखचैनामा पश्चिमबाट प्रवेश गर्ने शुरू बिन्दुबाट नाला बनाउने, जहाँ सडकको चौडाइ कम छ, त्यहाँ जग्गाधनीबाट आवश्यकता अनुसार जग्गा माग गर्ने निर्णय भएको थियो । योजना निर्माणको शुरू बिन्दुमा वडासदस्य छोटेलाल राउत कुर्मी र निजका दुई भाइको साबिक लालपर्सा–९ को कित्ता नं १७९ को १४ कट्ठा २ धुर ८ कनवाको नम्बरी जग्गा छ, तर ती तीनजना दाजुभाइले अढाई कट्ठा बढी अर्थात् १६ कट्ठा १२ धुर जति जग्गा भोगचलन गरिरहेको हुँदा गाउँलेहरूले पहिले ऐलानी जग्गा खाली गरी २०२१ सालको नक्शा अनुसार सडकको जग्गा निकालेर नाला बनाउन माग गरेका छन् ।
वडासदस्यकै पहलमा उपभोक्ता समितिले गाउँवासीको विरोध र मागलाई बेवास्ता गर्दै नाला बनाउने कार्य जारी राखेको अर्का निवेदक सुरेशप्रसाद यादवले बताएका छन् । वडासदस्य कुर्मीका छोरा श्यामसुन्दर पटेल उपभोक्ता समितिका सचिव हुन् ।
यस विषयमा महानगरमा निवेदन दर्तापछि योजना शाखाले उक्त काम रोक्न कारबाही शुरू गरेको बुझिएको छ । महानगरका निमित्त प्रमुख अरुणकुमार महतोले उजूरीबारे आपूmलाई थाहा भएको र यसबारेमा बुझेर प्रतिक्रिया दिने बताए ।