प्रस, जनकपुरधाम, माघ १६/
प्रदेश नं २ सरकारको समन्वयमा वैदेशिक रोजगारमा जाने युवाहरूले विनाधितो सहुलियतमा ऋण पाउन थालेका छन् ।
प्रदेश सरकार, सीप परियोजना र प्रभु बैंकबीच वैदेशिक रोजगारमा जानेहरूलाई सहुलियत दरमा विनाधितो ऋण उपलब्ध गराउन भएको सम्झौताबमोजिम प्रभु बैंकले आजदेखि युवाहरूलाई ऋण दिन शुरू गरेको हो ।
जनकपुरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबू राउत गद्दीले प्रभु बैंकको वैदेशिक रोजगार कर्जाको शुभारम्भ गरे ।
सो अवसरमा ९ जना युवालाई विनाधितो वैदेशिक रोजगारका लागि ऋण दिइएको थियो । मुख्यमन्त्री गद्दीले नौजना युवालाई आज उद्घाटन समारोहमैं विनाधितो ऋण प्रदान गरेका थिए ।
कार्यक्रममा मुख्यमन्त्री गद्दीले प्रदेश सरकारको पहल तथा सीप परियोजनाको सहयोगमा शुरू भएको योजनाले साहुमहाजनबाट चर्काे ब्याजमा ऋण लिएर वैदेशिक रोजगारमा जानुपर्ने युवाहरूको बाध्यता केही हदसम्म समाधान हुने विश्वास व्यक्त गरे । उनले वैदेशिक रोजगारमा जाने युवाहरूलाई स्वदेशमैं सीप सिकेर जान सुझाव दिए । सीप सिकेर वैदेशिक रोजगारमा जाँदा जोखिमपूर्ण कामबाट जोगिने र सम्झौता अनुसारको काम पाइने सम्भावना बढी रहने उनले बताए । वैदेशिक रोजगारमा अदक्ष युवाहरूले भोग्नुपरेका समस्याबारेमा उनले अवगत गराएका थिए ।
यसअघि एसबिआई बैंकले हिजो मात्र यो कर्जाको शुभारम्भ गरेको थियो ।
प्रदेश सरकार, सीप परियोजना र प्रभु बैंक तथा एसबिआई बैंकबीच गत साउन महीनामा वैदेशिक रोजगारमा जाने युवाहरूलाई विनाधितो सहुलियत दरमा ऋण उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको थियो । सोही सम्झौताअनुरूप बैंकहरूले सो ऋण सेवा प्रवाह गरेका हुन् ।
प्रभु बैंकले प्रदेशका सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा यस्तो ऋण सुविधा उपलब्ध गराउँदै छ भने सिरहा, धनुषा र महोत्तरीमा एसबिआई बैंकले सेवा दिइरहेको कार्यक्रममा जानकारी गराइएको थियो ।
यस योजना अन्तर्गत वैदेशिक रोजगारमा जाने युवाहरूले राहदानी बनाएपछि बैंकमा नागरिकता, राहदानी र ४ प्रति फोटोसहित निवेदन दिनुपर्छ र सोही कागजातको आधारमा बैंकले बचत खाता खोलिदिने र भिसा लागेपछि भिसा लागेको राहदानी र श्रम सम्झौता बैंकमा बुझाएको पाँच दिनभित्र विनाधितो कर्जा उपलब्ध गराउने प्रावधान छ ।
प्रभु बैंकका सिबिओ मणिराम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साह, प्रमुख सचिव रामकृष्ण सुवेदी, डिफिडका रोब क्लर्क, सीप परियोजाका बलजीत बोहरालगायत सहभागी थिए ।