प्रस, परवानीपुर, १५ माघ/
उद्योग विभाग र प्रदेश नं २ उद्योग मन्त्रालयको संयुक्त आयोजनामा बुधवार वीरगंजमा औद्योगिक सम्पत्ति (पेटेन्ट डिजाइन ट्रेडमार्क) प्रवद्र्धनसम्बन्धी अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा कुनै पनि कम्पनी, उद्योगले आप्mनो उत्पादन दर्ता गर्ने तथा उत्पादित सामग्रीको ट्रेडमार्क प्रतिलिपि अधिकार सुनिश्चित गर्ने प्रक्रिया तथा कानूनी व्यवस्थाबारे जानकारी गराइएको थियो ।
कार्यक्रममा वीरगंजका उद्योगीहरूले उद्योग विभागकै कर्मचारीहरूको मिलेमतोमा पहिलेदेखि दर्ता रहेको ट्रेडमार्क अरू व्यवसायीले दर्ता गराइ पहिलेका लगानीकर्तालाई दुःख दिने गरेको आरोप लगाए । सरकारको अव्यावहारिक नीतिको कारण पहिलेदेखि आधिकारिक विक्रेताको स्वीकृति लिएर व्यवसाय गरिरहेको अवस्थामा ट्रेडमार्क नक्कल गरी चीनबाट सस्तो दाममा मगाइने नक्कली सामानले पनि सक्कली सामानको व्यवसायमा असर पारिरहेको उनीहरूको भनाइ थियो ।
वीरगंज कलेजका प्रबन्ध निर्देशक एवं अर्थविद् डा दिपेन्द्रकुमार चौधरीले विभागकै लापरवाही र कर्मचारीको बदमाशीले नेपाली उद्योगी–व्यवसायीले झन्झट बेहोर्नुका साथै करोडौं रुपैयाँको लगानी बालुवामा पानी जस्तै खेर जाने गरेको बताए ।
डा चौधरीले भने, “इँटा उद्योग दर्ता गर्न र ट्रेडमार्क दर्ताको लागि उद्योगीले कति समस्या झेल्नुपर्छ, त्यो सबैलाई थाहा छ, तर पनि उसको ट्रेडमार्कको प्रतिलिपि अधिकार नेपालमा सुरक्षित छैन, यस्तो अवस्थामा स्वस्थ प्रतिस्पर्धा गर्न गा¥हो हुन्छ ।”
केही समययता वीरगंज तथा बारा, पर्सामा ट्रेडमार्क चोरीको समस्या बढ्दै गएपछि उद्योग विभागले अन्तत्र्रिmया आयोजना गरेको विभागकी निर्देशक विन्दा आचार्यले बताइन् ।
अन्तत्र्रिmयामा वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडिया, वीरगंज भन्सार, वाणिज्य कार्यालय, वीरगंज महानगरपालिका, घरेलु तथा साना उद्योग कार्यालयलगायत सरकारी कार्यालयका प्रतिनिधि, वीरगंजका उद्योगी, व्यवसायीहरूको सहभागिता थियो ।