प्रस, परवानीपुर, १७ माघ/
कृषि अनुसन्धान परिषद् (नार्क) काठमाडौंको आयोजनामा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरमा शुक्रवारदेखि तीन दिने योजना तर्जुमा गोष्ठी शुरू भएको छ ।
आव २०७७/०७८ को लागि बजेट तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन नार्कका कार्यकारी निर्देशक डा दीपक भट्टराईले गरेका थिए । तर्जुमा गोष्ठीको बारेमा नार्कका योजना महाशाखाका योगेन्द्र आचार्य प्रकाश पारेका थिए । गोष्ठीमा राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक डा ताराबहादुर घिमिरे, नार्कका आर्थिक प्रशासन महाशाखाका राजेन्द्र पण्डित, योजना तर्जुमा गोष्ठीका संयोजक तथा बाली बागवानी अनुसन्धानका निर्देशक हरिकृष्ण उप्रेती, परवानीपुर गाउँपालिका अध्यक्ष हरिनारायण साह, जीतपुरसिमरा उपमहानगरपालिका–२३ का अध्यक्ष असलम देवान लगायतले वैज्ञानिक कागजमा नभई व्यावहारिकतामा लागू गर्न र न्यूनतम स्रोतसाधनको प्रयोग गरी अनुसन्धान गरी किसानहरूलाई उपलब्धिमूलक सेवा दिनुपर्नेमा जोड दिए ।
क्षेत्रीय निर्देशक केशवप्रसाद श्रेष्ठको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राष्ट्रिय उखुबाली अनुसन्धान केन्द्र जीतपुरका संयोजक तुपैmल अख्तरले गरेका थिए ।