– वैद्यनाथ ठाकुर
बिहे भएको अठार वर्ष बितिसक्दा पनि सन्तान नभएको एक दम्पती जाने सुनेसम्मको सबै चिकित्सकसँग देखाएका मात्र थिएनन् बरु अत्याधुनिक चिकित्सा प्रणाली अनुसार टेस्ट ट्युब बेबीसमेतको विधि प्रक्रिया प्रयोग गरिसक्दा पनि बच्चा हुन सकेन ।
एक दिन एउटा महात्मासँग उनीहरूको भेट भएछ । महात्माले भने अनुसार उनीहरू दुर्गा मातासँग वरदान पाउन चार घण्टाको पैदल कष्टकर पहाडी बाटो हिंडेर एक गुफानजीक बल्लतल्ल पुगे । गुफाको प्रवेशद्वारमैं एउटा बाघ बसिरहेको देखेर दम्पतीको डरले मुटु नै बन्द होला जस्तो भयो ।
पतिपत्नी मिलेर सल्लाह गरे– “ज्यान रहेमा कुनै उपाय गरेर बच्चा पाउँला । ज्यान नै नरहे कसले पाउँछ बच्चा ? गुफामा जानुपूर्व नै बाघले खाइदिन्छ । यो अन्कन्टारमा धेरै दिनको भोकोजस्तो देखिन्छ बाघ । जाउँ फर्केर घरमा बरु... ।
घर फर्किन लाग्दा फेरि त्यही महात्मा बाटोमा भेटिए र सोधे–
पूजापाठ गरी दुर्गा मातासँग वरदान माग्नुभयो त ?
दम्पतीले भने– कस्तो ठाउँमा हामीलाई पठाउनुभयो । त्यहाँ गुफाको ढोकामैं बाघ पो बसेको रहेछ । हामीलाई मर्नु छ र हामी जान्छौं ?
महात्मा जोडले हाँस्दै भने– धत्त लाटाहरू, त्यो ढुङ्गाको रङ्गरोगन गरिएको बाघ हो । दुर्गा माताको सवारी हो । त्यति पनि थाहा छैन । दुर्गा माताको सुरक्षाको लागि बाहिर ढोकामा राखिएको हो । ढुङ्गाको बाघले पनि कसैलाई खान सक्छ ?
त्यसपछि महात्मासँगै उनीहरू गुफाभित्र गए । गुफामा पूर्ण कदको दशवटा हात भएको दुर्गा माताको
मूर्ति देखेपछि पतिले महात्मालाई सोधे– यस्तो अन्धविश्वासमा लाग्ने जमाना अब गयो । यसले कसरी हामीलाई सन्तान दिन्छ ? बाहिरको बाघले हामीलाई खान सक्दैन किनकि त्यो ढुङ्गाको हो भने भित्रको यी दुर्गा माता पनि त ढुङ्गाकै मूर्ति हुन्...?
प्रगतिनगर, वीरगंज–३