प्रस, वीरगंज, १६ माघ/
शहीद दिवस वीरगंजमा मनाइएको छ । स्व. गिरिजाप्रसाद कोइराला फाउन्डेशन पर्साले कार्यक्रम आयोजना गरी नारायणी अस्पतालस्थित थीरबम मल्ल, गण्डकस्थित शहीद तेजबहादुर अमात्यको सालिकमा पूmलमाला अर्पण गरी दिवस मनाएको थियो ।
फाउन्डेशनका अध्यक्ष महम्मद सहाबुद्दीनको अध्यक्षतामा भएको कार्यक्रममा शहीद अमात्यका पुत्र पूर्वसांसद राजेन्द्रबहादुर अमात्यले शहीद दिवस नेपाली काङ्ग्रेसले मनाउनुपर्नेमा फाउन्डेशनले मनाएकोमा दुःख व्यक्त गरे । उनले शहीद दिवस नेपाली काङ्ग्रेसले कार्यक्रम गरी मनाउँदै आएको परम्परालाई निरन्तरता नदिएको भन्दै गुनासो गरे । उनले नेकाको नेतृत्वमा भएको प्रजातान्त्रिक आन्दोलनमा शहादतप्राप्त शहीदहरूलाई पर्सा काङ्ग्रेसले बिर्सेकोमा चिन्ता व्यक्त गरे ।
फाउन्डेशनका अध्यक्ष महम्मद सहाबुद्दीनले पार्टीको जिल्ला, क्षेत्र तथा नगर कार्यसमितिले शहीद दिवस मनाउने चाँजोपाँजो नदेखाएपछि फाउन्डेशनले अग्रसरता देखाएर कार्यक्रम आयोजना गरेको प्रस्ट्याए । उनले कतैबाट कार्यक्रम नहुने भएपछि फाउन्डेशनले हतारमा कार्यक्रम आयोजना गरेको बताए । कार्यक्रममा नेका पर्साका नेता, कार्यकर्ताहरूको सहभागिता थियो ।
यसअघि नेका पर्साले घण्टाघरबाट ¥याली निकालेर नारायणी अस्पताल तथा गण्डकमा रहेको शहीद मल्ल र अमात्यको सालिकमा माल्यापर्ण गर्दै आएको थियो । गत वर्ष पनि नेका, पर्साले शहीद दिवस मनाएको थिएन ।