प्रस, वीरगंज, १७ माघ/
मुख्यमन्त्री लालबाबू राउत गद्दीले छोरी शिक्ष्Fा बीमा रु ३ लाख पु¥याएको बताएका छन् ।
जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश २ सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियान अन्तर्गत छोरी शिक्ष्Fा बीमा रु ३ लाख पु¥याएको बताए ।
सरकारको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री गद्दीले २०७५ माघ १ गतेपछि प्रदेशमा जन्मिएकी छोरीहरूले आगामी बीस वर्षपछि रु ३ लाख पाउने घोषणा गर्दै भने, “प्रदेशमा जन्मिने छोरीहरू अब लखपति होइन, कम्तीमा तीन लखिया भएका छन् ।”
उनले स्थानीय सरकारहरूलाई यस अभियानमा सहयोग गर्न आग्रह गर्दै भने, “अहिलेलाई तीन लाख पु¥याएका छौं, स्थानीय सरकारले सहयोग गरे भने २० वर्षमा रु २० लाख पु¥याउने लक्ष्य लिएका छौं ।”
छोरी शिक्षा बीमा अन्तर्गत हालसम्म करीब १५ हजार छोरीको बीमा प्रदेश सरकारले गरिसकेको मुख्यमन्त्रीको भनाइ थियो ।
मुख्यमन्त्री गद्दीले अतिविपन्न दलित तथा मुस्लिम परिवारका १ देखि ८ कक्ष्Fासम्मका छात्राहरूलाई प्रतिमहीना रु पाँच सय दिने योजना रहेको बताउँदै यसै आवदेखि पाइलट प्रोजेक्टको रूपमा शुरू गरिने जानकारी गराए । उनले जनकपुरस्थित प्रादेशिक अस्पताललाई आर्युविज्ञान प्रतिष्ठानमा रूपान्तरण गरिने प्रक्रिया सरकारले शुरू गरिसकेको बताए ।
शुक्रवार सम्पन्न मन्त्रिपरिषद् बैठकले प्रादेशिक अस्पताललाई प्रदेश आर्युविज्ञान प्रतिष्ठानको रूपमा रूपान्तरण गर्ने निर्णय गरेको छ । साथै मन्त्रिपरिषद्ले मधेस आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको दीर्घकालीन व्यवस्थापनका लागि मधेसी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय गरेको मुख्यमन्त्रीको कार्यालयले जानकारी गराएको छ ।