प्रस, निजगढ, १५ माघ/
मकवानपुर र बाराको सिमानास्थित मकवानपुरको बकैया गाउँपालिका–६ भालुखोलानजीकै चुरेमा बसोबास गर्दै आएका सुवन सिंह लोप्चनलाई जग्गाको आवश्यक कागजात पेश गर्न वन कार्यालयले दिएको हदम्याद नाघेको छ । तोकिएको म्यादभित्र लोप्चनले कागजात पेश नगरेको वन कार्यालयले जनाएको छ ।
आप्mनो जमीन खोलाले कटान गरेको र सो जमीन सुरक्षित गर्ने भन्दै लोप्चनले ढुङ्गाको पर्खाल लगाइ सीमा क्षेत्रमा बारा जिल्लातर्पmको सार्वजनिक जमीन कब्जा गरेका छन् । सोविरुद्ध सब–डिभिजन वन कार्यालय रतनपुरीमा उजूरी परेको थियो । सोही उजूरीको आधारमा सब–डिभिजन रतनपुरीले कागजात पेश गर्न लोप्चनलाई पत्राचार गरेको थियो ।
गत पुस २७ गते काटेको पत्रमा ५ दिनभित्र सो जमीनसम्बन्धी सम्पूर्ण कागजात पेश गर्न भनेको थियो । सो म्यादभित्र अधूरो प्रमाण पेश गरेपछि पुनः माघ १० गते ३ दिनको हदम्याद तोकी बारा–मकवानपुर सीमा स्पष्ट भएको ट्रेस नक्शा, ब्लुप्रिन्ट नक्शा उपलब्ध गराउन पत्राचार गरिएको थियो । माघ १३ गते म्याद गुज्रिसकेको भए तापनि अहिलेसम्म कागजात उपलब्ध नगराएको रतनपुरी सब–डिभिजन वनका कार्यालय प्रमुख रविकान्त श्रीवास्तवले बताएका छन् ।
उक्त जमीन साबिक हटिया गाविस, हाल बकैया गाउँपालिका–६ मा पर्ने लोप्चनको जमीन कित्ता नं. १५२९ र १५३० गरी दुई कित्ता मात्रै हो । सोही कित्ताको बहानामा उनले पर्खाल लगाएर दुई बिघाभन्दा बढी सार्वजनिक जमीन हड्पेको स्थानीय बासिन्दाहरूले बताएका छन् ।
बाराको निजगढ नगरपालिका वडा नं. १० को क्षेत्रभित्र पर्ने सार्वजनिक जमीन व्यक्तिले कब्जा जमाउँदा पनि सो वडाका अध्यक्ष पद्मबहादुर मोक्तान मौन छन् । वन कार्यालय र प्रदेशमा समेत उजूरी पुगिसकेकोले आपूmले केही अग्रसरता नलिएको वडाध्यक्ष मोक्तानको भनाइ छ । करोडौं मूल्य पर्ने सो जमीन निजगढ हुँदै काठमाडौं जोड्ने दु्रतमार्गदेखि ३ सय मिटरनजीकमा छ ।