मुकुन्द आचार्य
घण्टाघर, वीरगंजको शान हो, मान हो, अभिमान हो, स्वाभिमान हो– यस्ता नारामा जे भने पनि त्यो क्षम्य हुन्छ । खासगरीकन नेताहरूले मञ्चबाट माइकमा कराउँदा सुहाउँछ होला । तर हाम्रो देशमा भने घण्टाघरहरू नाम मात्रका छन् । काम भने ठ्याम्मै छैन किनभने प्रFयःजसो घण्टाघरहरू अस्वस्थ छन्, बिरामी छन्, अपाङ्ग छन् । कति त मरिसके !
मैले यस्तो निराशाजनक कुरा किन गरेको भने कुनै घण्टाघरमा घण्ट बज्दैन । मान्छेको हातहातमा घडी छ, गोजीमा मोबाइल छ । समय जान्नुप¥यो भने कसैले मुन्टो ठाडो पारेर घण्टाघरको दर्शन गर्दैनस उसलाई राम्ररी थाहा छ, यो घण्टाघर त नाम मात्रको होस यसमा ज्यान छैन, प्राण छैन । अब यसको काम छैन । समय सकिएको औषधि !
यस्तै कुनै पत्रु भइसकेको, निर्जीव घण्टाघरको सेरोफेरोमा मैले एक घण्टा जतिको समय खेर फाल्नु थियो । घरी यता उभिन्छु, घरी उता । घण्टाघरले काम नगरे पनि समय त मान्दैन । ऊ त आप्mनो निर्धारित गतिमा चलायमान रहन्छ नै । ‘समय बडा बलवान’ त्यसैले भनिएको होला ।
मैले लाएको जस्तै पोशाकमा एकजना भद्र व्यक्ति, मलाई अलि टाढैबाट ताकेर अलि–अलि हँसिलो अनुहार पार्दै मेरो सामु उपस्थित भए । उसको मुसुमुसुमा पचास प्रतिशत आश्चर्य पनि मिसिएको थियो । उनको शुभ आगमनमा मेरो अनुहार पनि उनको जस्तै भएको होला त्यतिखेर । तर ऐना नभई आप्mनो अनुहार त्यत्तिकै आपूmले हेर्न सक्ने कुरो नै भएन । तथापि मैले पनि सज्जनकै हर्ष र आश्चर्य मिश्रित भाव अनुहारमा ल्याएँ हुँला, यसमा शङ्का छैन । यस्तै हो...!
उनको वार्तालापको यौटा छेउ समाएर प्रश्नको थालनी गरे– “अपने के चेहरा जानल–पहचानल बुझाता १?” उनले प्रश्नको पोको खोले– “अपने के देख के हमरो ओइस ने बुझाता १” नहलामा दहला हानें । “अपने वीरगंज में पहिले कवनो हकिम ओकिम बनके आइल रही का ?” “हाकिम भइल रहती त एह लेखा फाल्तू में खडुवाइल रहती का ? इहवाँ वीरगंज में ठाकुर राम कैम्पस में टिचर रहनी । ओहिसे फटिचर लेखा घण्टाघर के निहारत बानी १” धेरै बेर उनलाई अलमल्याउनु मलाई उचित लागेन । “हम व्यापारी हईं । अपने के भन्सार में, अन्तःशुल्क में, मालपोत में जरुर कहीं देखल जइसन हमरा बुझाता १” उनले आप्mनो शङ्कास्पद मनस्थिति झल्काए । र, मुसुमुसु हाँस्दै भीडमा हराए ।
मैले क्यै नबोली अनुहारले नै भने, म तपाईंले सोचेजस्तो भाग्यमानी लाइसेन्सप्राप्त लुटेरा हैन । म त परे अति साधारण भारेभुरे गुरुजी । त्यसो त अचेल ड्राइभर, दर्जी, टेक्निसियन सबैलाई गुरुजी भन्ने फेसन चलेको छ ।
यत्तिकैमा मेरा चिरपरिचित पर्सा जिल्लाकै कुनै सेवानिवृत्त प्रअ भेटिए । बिचरोको अनुहार, लवाइ, हिंडाइ जुवामा हारेको जुवाडेजस्तो देखिन्थ्यो । उनले श्रद्धापूर्वक मेरो चरणस्पर्श गरेजस्तो गरे । मैले उनलाई बीचमैं रोकेजस्तो गरें । आशीर्वाद बर्साए । दुवै गद्गद !
खै उनी कुन मूडमा थिए १ मलाई प्रश्न गरे, “संसारमा को सुखी ?” मैले पनि ओठे जवाफ दिएँ, “जो दुःखी छैन। उही सुखी छ ।”
उनले पुनः प्रश्न पेश गरे, “अनि दुःखी को छ त ?” मैले फर्काए, “जो सुखी छैन ।” सुन्नासाथ उनी आतङ्कवादीको बमझैं पड्किए, “म गम्भीरताका साथ भन्दैछु, यो संसारमा दुःख मात्र छ । यहाँ सुख खोज्नु भनेको समुद्रको पानी नुनिलो नहोस् भनेजस्तै हो । यहाँ अरू कुनै सम्बन्ध चोखो–भरपर्दो रहेन । छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी ।” यो उखानको सारतŒव उमेर पाको हुँदै गएपछि मात्र राम्ररी बुभिंmदो रै‘छ । सबै सम्बन्ध स्वार्थमा अडेका रै‘छन् । सबैले आप्mनै स्वार्थ पूरा गर्न अरूसँग प्रेम गर्छन् । त्यसैले होला अचेल भगवान्भन्दा पनि बढी रुपैयाँ–धन दौलत बढी प्यारा भएको छ । ‘त्वमेव माता च पिता त्वमेव...’ पहिले यो श्लोक भगवान्का लागि प्रयोग हुन्थ्यो तर अचेल नगदनारायणलाई लक्षित गरी भनिन्छ र बुझिन्छ १”
यसरी एक घण्टामा घण्टाघरले अनेक पक्ष्Fको नासो–गुनासो सुनाएर मेरो टाइमपासलाई सहज बनाइदियो । घण्टाघरलाई एकमुस्ट पाँच टन धन्यवाद । पाँच टन त अलि बढी नै भयो कि ? जेहोस्, वचनमा किन दरिद्रता गर्नु !?