$type=ticker$count=12$cols=4$cate=0

धर्मविरोधी जातिप्रथा

SHARE:

श्रीमन्नारायण
    जातिप्रथालाई धर्म एवं शास्त्रहरूको दृष्टिकोणले पनि कहिल्यै उचित मानिएको छैन । हिन्दू धर्मग्रन्थहरूमा यस्ता अनेकौं उदाहरणहरू छन्, जसमा व्यक्तिले समाजमा जातीय कारणले होइन कि आप्mनो निजी गुण एवं ज्ञानका कारण ख्याति र सम्मान पाउन सफल भएका   छन् । देशको संविधान र कानूनमा पनि जातिप्रथाको व्यवस्था छैन तर पनि हाम्रो देशका सामाजिक एवं जातीय सङ्गठनका अभियन्ताहरू समाजमा द्वेषको वातावरण सिर्जना गरेर आप्mनो निहित स्वार्थपूर्ति गरिरहेका छन् ।
    प्राचीनतम ग्रन्थ ऋग्वेदमा पनि भनिएको छ कि सबैजना देउताकै सन्तान हुन् तथा सबैको हृदयमा देवत्वको वास छ । सबैजना समृद्धि तथा विकासको पथमा अग्रसर बन्धुबान्धव मात्रै हुन् । यस्तो अवस्थामा सानो–ठूलोको प्रश्न नै उठ्दैन । सबै मनुष्यमा एक समान ईश्वरीय तŒव विद्यमान रहने गरेका कारण सबैजना एक समान हुनु स्वाभाविक नै हो । यसै विचारको आधारमा स्वामी विवेकानन्दले जातिमा आधारित सामाजिक शोषणलाई अधर्मको संज्ञा दिएका थिए । उनले भनेका थिए कि एउटा व्यक्तिमा विद्यमान ईश्वरीय तŒव अर्को व्यक्तिमा स्थित ईश्वरीय तŒवप्रति कसरी अन्याय गर्न सक्दछ ? वेदहरूमा वर्णित समानतासम्बन्धी यस विचारलाई उनले सामाजिक न्यायसँग जोडेका थिए । मानव अधिकारको द्वन्द्वमा स्वतन्त्रता, समानता तथा भ्रातृत्वको सन्देशलाई फ्रान्सलगायत युरोपेली राष्ट्रहरूले अठारौं शताब्दीको अन्त्यमा प्रवाहित गराएका थिए, जबकि स्वामी विवेकानन्दले त्यसको व्यापकरूपलाई हजारौं वर्षअघिका वेद तथा उपनिषद्हरूमा हेरेका थिए, जसमा मानवमात्र होइन कि पशु, पक्षी तथा जलमा विचरण गर्ने प्राणीहरू र जड पदार्थहरूमा पनि त्यसै सर्वोच्च सत्ताको वास मानिएको छ ।
    समानताको यो सन्देश सनातन धर्ममा वेदहरूबाट प्रारम्भ भई यो अनवरतरूपमा बढ्दै आएको छ । गीतामा श्रीकृष्णले भनेका छन् कि सबै प्राणीलाई म समानरूपमा माया गर्दछु । न कसैलाई बढी, न कसैलाई कम । मेरो शरणमा आउने कुनै पनि जाति, वर्ण, लिङ्ग तथा सम्प्रदायका व्यक्ति आप्mनो चरम लक्ष्यलाई प्राप्त गर्नेछ । महाभारतमा कतिपय ठाउँमा उल्लेख गरिएको छ कि व्यक्ति केवल आप्mनो आचरणका कारण मात्रै द्विज बन्न सक्छ, जन्मका कारण होइन । हिन्दू धर्मग्रन्थमा यस्ता अनेकौं उदाहरण छन्, जसमा व्यक्तिले आप्mनो योग्यताका कारण समाजमा उच्च स्थान हासिल गरेका छन् । कुनै पनि वैदिक ऋषिको वंश र जातिको बारेमा बढी चर्चा गरिंदैन । प्राचीन भारतको इतिहासमा जति पनि वंशहरूले शासन गरेका छन्, त्यसमा शायदै कोही क्षत्रीय थिए । राजाहरू क्षत्रीय हुने गरेका कुरा रामायण तथा महाभारतमा मात्रै उल्लेख भएको पाइन्छ । महाभारतको शान्तिपर्वमा उल्लेख गरिए अनुसार भीष्म पितामहले राजा युधिष्ठिरलाई आप्mनो मन्त्रिमण्डलमा चार ब्राह्मण, आठ क्षत्रीय, एक्काइस वैश्य तथा तीन शुद्रलाई मार्गदर्शनका निम्ति सहभागी गराउन सुझाव दिएका थिए । वेद, उपनिषद् तथा महाकाव्य ग्रन्थहरूका विभिन्न उदाहरणबाट यो प्रस्ट हुन जान्छ कि जातिप्रथाका कारण उत्पन्न असमानताको व्यवस्थाले हाम्रो समाजको जुन आलोचना भएको छ, त्यो त निकैयता आएर भएको हो । सनातन हिन्दू धर्मको लामो इतिहासमा वेद तथा उपनिषद्हरूको रचनाका बखत हिन्दू धर्म त विद्यमान थियो तर जातिप्रथा थिएन । यसलाई दुर्भाग्य नै मान्नुपर्छ कि जातिप्रथा धर्मविरोधी भएर पनि हाम्रो समाजमा यसले आप्mनो प्रभाव जमाउन सकेको हो । वस्तुतः यसको विरोध शुरूदेखि नै हुन थालेको थियो । बज्रसूचिका नामक एक सम्पूर्ण उपनिषद् ग्रन्थ नै जन्ममा आधारित जातिप्रथाको खण्डनको निम्ति समर्पित छ ।
    हिन्दू धर्ममा देखिएको जातिवाद तथा असमानताको विरोधमा समयसमयमा आन्दोलन पनि नभएको होइन । भक्ति आन्दोलनले यसको चर्को विरोध गरेको थियो । बा¥हौं एवं ते¥हौं शताब्दीमा दक्षिण भारतबाट शुरू भएको यो आन्दोलन बिस्तार–बिस्तारै चारैतिर पैmलिन गयो । भक्तहरूले जाति, विद्या, रूप, कुल एवं धन आदि सबै प्रकारका भेदभावको अन्त्य  नै गरिदिएका थिए  । जन्ममा आधारित जातिप्रथा हिन्दू धर्मको अङ्ग हँुदै होइन ।
    गौतम बुद्धको समयदेखि लिएर अहिलेसम्म मानवीयता तथा सामाजिक न्यायको दृष्टिकोणले यो कलङ्कित रहिआएको छ, खासगरी आप्mनो अतिवादी छुवाछूतका कारण तर दुर्भाग्य जन्म आधारित आप्mनो पहिचानलाई गुमाउन कोही पनि चाहँदैनन् । वर्तमान समयमा पनि जातिको कुनै धार्मिक, सामाजिक तथा आर्थिक सार्थकता देखिंदैन तर पनि यिनै जातीय संस्थाको नाममा आर्थिक, सामाजिक, राजनीतिक अभिष्ट हासिल गर्ने काम भइरहेको छ ।
    चुनावी राजनीतिमा जातिवादको खेती फाइदाजनक साबित हुँदै आएको छ । घृणा एवं  द्वेषमा आधारित जातीय राजनीतिका कारण योग्य एवं सक्षम व्यक्ति उपेक्षित हुँदै गएका छन् । स्वामी विवेकानन्द तथा महर्षि दयानन्द सरस्वतीहरू जातिवादका घोरविरोधी थिए । हाम्रो देशमा पनि आर्य समाजले यस दिशामा सार्थक पाइला चाल्दै आएको छ । पञ्चायती व्यवस्थामा मुलुकी ऐन लागू गरेर छुवाछूतको अन्त्य गर्ने प्रयास भएको थियो । पछिका दिनहरूमा पनि यस दिशामा निकै काम भएका छन् तर चुनावी लाभहानिको दृष्टिकोणले जातीय नारालाई समय–समयमा चर्काउने काम गरिन्छ । अब त बाहुन र क्षत्री स्वयम् नै आप्mनो जातीय पहिचानका कारण सबै क्षेत्रमा अपमानित भइरहने अवस्था छ । पद र पैसा भएकाहरू अपवाद हुन सक्छन् ।
    दक्षिणी छिमेकी राष्ट्र भारतको सर्वोच्च अदालतले केहीअघि दिएको एक महŒवपूर्ण पैmसलामा उम्मेदवार, तिनका एजेन्ट तथा उम्मेदवारको सहमतिबाट कुनै व्यक्तिले पनि मतदानको निम्ति धर्म, जाति, भाषा, समुदाय अथवा वर्गको आधारमा जनतालाई आग्रह गरेमा त्यसलाई चुनावमा गरिने भ्रष्ट आचरण मानिनेछ । कुनै पनि व्यक्तिको आप्mनो आराध्यदेवसँगको सम्बन्ध व्यक्तिगत नै हुने गर्दछ । धार्मिक गतिविधिसँग राज्यको कुनै पनि किसिमको सरोकार रहनुहुँदैन । अब त्यहाँ कुनै धर्मगुरुले राजनीतिक दलको पक्षमा अथवा विपक्षमा मतदानको निम्ति आह्वान गर्न सक्दैन ।
    सर्वोच्च अदालतले यस्तो पैmसला दिनुको मुख्य उद्देश्य देशको राजनीति र चुनावी प्रक्रियालाई स्वच्छ, पारदर्शी एवं जिम्मेवार बनाउनु रहेको मानिन्छ । तर कानून बनाउने तथा त्यसमा परिवर्तन ल्याउने दायित्व र कर्तव्य अन्ततः राजनीतिक दलहरूकै हो । राजनीतिक दलहरूको हितविपरीत हुने विषयलाई कार्यान्वयनमा नै ल्याइँदैन । कानूनको निर्माण भएपनि त्यसको कार्यान्वयन भएन भने यसले आप्mनो सान्दर्भिकता र महŒव गुमाउन पुग्छ । कतिपयले यस निर्णयलाई पनि नागरिकको अभिव्यक्तिको मौलिक अधिकारविपरीत मानिरहेका छन् । तथापि सर्वोच्च अदालतको यस ऐतिहासिक निर्णयको महŒव छ र त्यहाँका राजनीतिक दलहरू यसलाई मान्न बाध्य हुनेछन् ।
    हाम्रो देशको संविधानमा पनि जाति, धर्म एवं वर्णको आधारमा मत माग्नमा रोक नलगाइएको होइन तर व्यवहारमा यो लागू भएन । जातिप्रथा धर्म तथा समाजविरोधी हो । सङ्कीर्ण जातिप्रथाका कारण हिन्दू धर्मबाट पलायन गरी अन्य धर्मलाई अङ्गीकार गर्नेहरूको सङ्ख्यामा वृद्धि भइरहेको छ । तसर्थ हाम्रो समाजमा वेद तथा उपनिषद्हरूले महŒव पाउनुपर्दछ । क्षत्रिय राजा मनुको शासनकालमा वर्णित शासन व्यवस्थाको सान्दर्भिकता उहिल्यै अन्त्य भइसकेको छ । देश संविधानबाट चलेको छ, धर्मशास्त्रको आधारमा होइन । एउटा धर्मनिरपेक्ष एवं लोकतान्त्रिक देशको निम्ति देशको संविधान नै सर्वोपरि हुन्छ । कुनै पनि मठमन्दिरमा पूजा अर्चना गर्न कसैलाई रोक लगाइएको छैन । तर समस्या त्यहाँनिर उत्पन्न हुन जान्छ, जब कुनै सामाजिक एवं जातीय सङ्गठनका अभियन्ताहरू घृणा, द्वेष, पूर्वाग्रह एवं उन्मादी सोच लिएर विवाद सिर्जना गर्न खोज्छन् । समस्या यदि छ भने, त्यो पूर्वाग्रही मानसिकतामा छ । अन्तरजातीय विवाह भइरहेका छन् । अब जातिप्रथा कहीं कतै छैन । तर समाजमा जातीय विद्वेष, घृणा एवं तनाव उत्पन्न गरेर आप्mनो निहित स्वार्थपूर्ति गरिरहेकाहरू तत्कालै यसलाई अन्त्य पनि हुन दिने छैनन् ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : धर्मविरोधी जातिप्रथा
धर्मविरोधी जातिप्रथा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEioXxQ9uWFenGMnCDADkFe6JyvKA91oF0fEzQf4Om4cEs-IIEAgzZTliPtoTB3srX0yB1dqzFwe-1SRsjpN7pEsRTa4TYUTMjiiB6Nv2wjQ3XTmhQHFyg02EIyvwmIPxFzF5kwBc_50xWRJ/s200/sriman+narayan.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEioXxQ9uWFenGMnCDADkFe6JyvKA91oF0fEzQf4Om4cEs-IIEAgzZTliPtoTB3srX0yB1dqzFwe-1SRsjpN7pEsRTa4TYUTMjiiB6Nv2wjQ3XTmhQHFyg02EIyvwmIPxFzF5kwBc_50xWRJ/s72-c/sriman+narayan.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/01/blog-post_433.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/01/blog-post_433.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy