बासुदेवलाल दास
प्राध्यापक, इतिहास विभाग
ठाराब क्याम्पस, वीरगंज
गताङ्क (माघ १८ गते) को बाँकी...
(१०) उत्तर दिशामा सिरानी गरी सुत्न नहुनुः– प्रायः के देखिन्छ भने मृत शरीरलाई उत्तरतिर सिरानी गराएर राखिन्छ, अतः भनिन्छ कि जीवित व्यक्तिले उत्तरतिर सिरानी गरी सुत्नुहुँदैन । परन्तु शरीरविज्ञानको दृष्टिले विचार गर्दा यस्तो पाइन्छ कि मनुष्यको शरीरमा एउटा चुम्बकीय क्षेत्र हुन्छ, जसको तारतम्य रक्त सञ्चारसित हुने गर्दछ । पृथ्वी एउटा विशाल चुम्बक हो, जसका उत्तरी र दक्षिणी ध्रुवहरू सक्रिय रहेका हुन्छन् । हिन्दू संस्कृतिको विकास भारतवर्षमा भएको हो । भारतवर्षको भूभाग पृथ्वीको उत्तरी गोलाद्र्ध अन्तर्गत पर्दछ । उत्तर दिशातर्पm सिरानी गर्दा शरीरको टाउको पृथ्वीको उत्तरी ध्रुवतिर पर्न जाने भएकोले पृथ्वीको चुम्बकीय धाराको विपरीतमा शरीरको चुम्बकीय धारा हुन पुग्दछ । यसले गर्दा शरीरमा रक्तचाप विषयक विकार उत्पन्न हुने एवं यस्तो अवस्थामा शरीरमा रक्त सञ्चार सुचारु राख्नमा हृदयलाई अत्यधिक बलपूर्वक कार्य गर्नुपर्ने हुन्छ । अर्कोतिर, मनुष्यको रगतमा लौहतŒव
(फलामको मात्रा) विद्यमान रहेको हुन्छ । सुतेको अवस्थामा यो तŒव टाउकोतिर एकत्रित हुने भएकोले उत्तरतिर सिरानी गर्दा पृथ्वीको उत्तरी ध्रुवीय चुम्बकत्वको प्रभावबाट शारीरिक चुम्बकत्व प्रभावित भई शरीरमा टाउको दुख्नु, स्मृतिमा ¥हास हुनु, संज्ञानात्मक ¥हास हुनु, मानसिक कमजोरी, शारीरिक कम्पन इत्यादि जस्ता अनेक रोग उत्पन्न गराउन सक्ने हुन्छ । यसैले उत्तर दिशातिर सिरानी गर्न नहुने भनिन्छ ।
(११) पुरुषवर्गले शिखा (टुप्पी) राख्नुः– हिन्दू संस्कृतिमा पुरुषवर्गले टाउकोमा शिखा राख्नुपर्ने भनिएको पाइन्छ । शिखा राखिने टाउको भाग अत्यन्त संवेदनशील स्थान हुन्छ, जहाँ शरीरका समस्त नाडीहरूको संयोग भएको हुन्छ । शिखाले त्यस स्थानको सुरक्षा गर्दछ । योगविज्ञान अनुसार सुषुम्ना नाडी नाभिबाट आरम्भ भई मेरुदण्ड हुँदै ब्रह्मरन्ध्रसम्म पुगेको हुन्छ । ब्रह्मरन्ध्र मस्तिष्कको तल्लो भागमा अवस्थित हुन्छ, जसलाई सहस्रदलकमलसहित रहेको सातौं सर्वोच्च सहस्रारचक्र भनिन्छ । तन्त्रशास्त्रमा यस चक्रको ठूलो महŒव भनिएको छ । यो प्रज्ञा र विवेकको केन्द्र मानिन्छ । ग्रन्थिबन्धसहित (गाँठो बनाइएको) शिखाद्वारा यो केन्द्रले सबलता प्राप्त गर्दछ, जसबाट ओजस् नामक सूक्ष्म पौरुषशक्ति सम्पोषित र संरक्षित हुने हुनाले शिखालाई गाँठो पारी बाँधेर राख्ने प्रचलन रहेको पाइन्छ ।
(१२) उपवास गर्नु ः– उपवास भनेको निराहारावस्था हो, अर्थात् भोजनको रूपमा कुनै पनि वस्तु ग्रहण नगरिने अवस्था । उपवासको महŒव प्राचीन चिकित्साप्रणाली आयुर्वेदशास्त्रमा वर्णित छ, जस अनुसार भोजनमा पाइने विषाक्त पदार्थद्वारा विभिन्न रोग उत्पन्न हुन सक्ने हुन्छ । त्यस्ता विषाक्त पदार्थहरूको नियमित सफाइ (शुद्धि) गर्नाले शरीर स्वस्थ्य रहने गर्दछ । उपवासद्वारा पाचनप्रणालीलाई विश्राम प्राप्त हुनुका साथै यसको शुद्धि हुने गर्दछ । अर्कोतिर, पृथ्वीको गुरुत्वाकर्षण शक्ति एवं वातावरणीय जटिल परिवेशको कारणले मनुष्यमा मानसिक तनाव, भावनात्मक असन्तुलन, असहिष्णु प्रवृत्ति इत्यादि उत्पन्न हुने गर्दछन्, जसबाट मुक्ति पाउनमा उपवासद्वारा सहायता प्राप्त हुने विश्वास गरिन्छ ।
(१३) तुलसी बोटको पूजा गर्नु ः– हिन्दू संस्कृतिमा तुलसीको बोटलाई अति पवित्र मानिएको छ । यो बोट प्रायः सबै हिन्दू परिवारको घरमा विद्यमान हुन्छ । प्राचीनकालमा तुलसीको निरन्तर प्रयोगद्वारा मनुष्यलाई अनुभव भयो कि यो बोट अनेक रोगमा लाभकारी रहेको छ तथा यो बोटको आसपासका वातावरण पनि शुद्ध र स्वस्थ्यप्रद रहने गर्दछ, तब यस बोटको संरक्षण, संवद्र्धन गर्नुलाई धर्म र कर्तव्यको रूपमा प्रचारित गर्दै अनेक प्रकारले यसको प्रसारतिर ध्यान दिइएको थियो । तुलसीका स्वास्थ्यप्रदायक गुणहरू र साŒिवक प्रभावका कारण यसको लोकप्रियता यति बढ्यो कि यसलाई भक्तिभावले हेर्न थालियो तथा यसलाई पूज्य मानियो । यस्तो मान्यता पाइन्छ कि जसको आँगनमा तुलसीको बोट लहलहाउँदो रहन्छ, त्यस परिवारको उत्तरोत्तर उन्नति हुने गर्दछ । हिन्दू संस्कृतिमा तुलसीलाई लक्ष्मीमाताको स्वरूप मानिएको छ । यसलाई हरिप्रिया, विष्णुप्रिया, वृन्दा आदि नामहरूका साथ अनेक पौराणिक ग्रन्थहरूमा यसको महिमाको बखान गरिएको छ । आयुर्वेदमा तुलसीलाई जडीबुटीकी रानी भनिएको छ । भनिन्छ कि यस बोटको नजीक विषधर आउँदैन ।
(१४) पीपल बोटको पूजा गर्नु ः– यद्यपि पीपलको बोटबाट छहारी मात्र पाइन्छ, यसको फल वा काठबाट केही पनि प्राप्ति हुँदैन, तथापि हिन्दू संस्कृतिमा यस वृक्षप्रति ठूलो श्रद्धाभाव प्रदर्शित गरिएको पाइन्छ । भनिन्छ कि प्राचीनकालमा ऋषिहरूलाई यो कुरो थाहा भयो कि पीपल नै यस्तो एकमात्र वृक्ष हो, जसले रात्रिकालमा पनि प्राणवायु उत्पादित गर्दछ । प्राणवायु मनुष्यको प्राणरक्षक हो । यसैले यस वृक्षलाई संरक्षण गर्नुपर्ने आवश्यक ठानियो । यस बोटलाई प्राणरक्षकको प्रतीकस्वरूप देवता भनेर धार्मिक विश्वासका साथ जोडियो । श्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्णले स्वयम्लाई “वृक्षहरूमा म पीपल हुँ” भनेका छन् । अतः पीपल वृक्षलाई पूजनीय ठानेर यसको जरामा जल चढाउनुका साथै यसको पूजाका अनेक विधान बनाइएको पाइन्छ।
(१५) नदीमा सिक्का चढाउनु ः– पवित्र नदीहरूमा सिक्का चढाउनाले सौभाग्यवृद्धि हुन्छ भन्ने मान्यता रहेको छ । परन्तु विचार गर्दा के थाहा पाइन्छ भने पूर्वकालका सिक्काहरू प्रायः तामा धातुबाट बनेका हुन्थे । तामा मनुष्यको शरीरका लागि एउटा उपयोगी धातु मानिन्छ । पहिलेको समयमा नदीको पानी पिउने कार्यमा समेत उपयोग गरिने भएकोले पानीका साथ तामातŒव पनि शरीरमा प्राप्त होओस् भन्ने विचार गरी यस्तो व्यवस्था गरिएको भनिन्छ, जुन कालान्तरमा एउटा परम्परा जस्तै भइहालेको थियो ।
(१६) सूर्य र चन्द्रमाको पूजा गर्नुः– सूर्य र चन्द्रमाका प्रत्यक्ष शक्ति र उपयोग विषयक ज्ञान प्राचीनकालमा नै मनुष्यलाई भइसकेको थियो । मनुष्यको जीवनका साथै विश्वको वातावरण, मौसम एवं ज्योतिषीय कालगणनासमेतमा सूर्य र चन्द्रमाका प्रभावले गर्दा यिनीलाई पूजनीय मानिएको भनिन्छ । सूर्यलाई जल अर्पण गर्नाले जलबाट छानिएर शरीरमा पर्ने सूर्यकिरणले शारीरिक शक्ति प्रदान गर्नुका साथै छालासम्बन्धी विकारलाई नष्ट गर्ने विश्वास गरिन्छ । यसबाट मानसिक पवित्रतामा वृद्धि हुनेसमेत भनिएको पाइन्छ । यसैगरी, सूर्य र चन्द्रमाका व्यासको अनुपातसित सम्बन्धित रहेको कारणले नै १०८ को सङ्ख्यालाई पवित्र मानिएको भनिन्छ । क्रमशः