मीरा शाह
जाडो महीना विशेषगरी बालबालिकाको लागि मात्रै नभई ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी महिलालगायत सम्पूर्ण व्यक्तिका लागि एकदम चुनौतीपूर्ण महीना रहेको हुन्छ । यो बेला मौसम परिवर्तनले गर्दा विभिन्न किसिमका सङ्क्रमणहरू हुन सक्छन् । यस्तो बेलामा बालबालिकामा रोगसँग लड्ने क्षमतामा कमी भएर विभिन्न प्रकारका सङ्क्रमण हुने गर्दछ । झन् बिरामी भएपछि औषधिको सेवनले गर्दा खानेकुरा खान खासै मन गर्दैन र त्यसमाथि खानेकुरामा ध्यानै नदिंदा दिनदिनै झन् सिकिस्त हुँदै गइन्छ । लामो समयसम्म खानेकुरामा विशेष ध्यान पु¥याउन सकेनौं भने शारीरिक र मानसिकरूपमा नराम्रो असर पर्न सक्छ । शारीरिक शक्ति, मेटाबोलिज्म आदिमा परिवर्तन हुन सक्छ । चिसो मौसममा न्यानो लुगा लगाएर मात्रै पुग्दैन, पोषिलो खानेकुरामा बढी ध्यान पु¥याउनुपर्छ ।
यहाँ विशेषगरी बालबालिकाको लागि पोषिलो, शक्तिवर्धक खानेकुराको बारेमा उल्लेख गरिएको छ ।
ताजा मौसमी सागपात, तरकारीहरूः
मौसम अनुसारको सागपात, तरकारीहरू काउली, ब्रोकाउली, तरुल, गान्टेमुला, सखरखण्ड, कुरिलो, कागती, आदिको सेवन गर्नुपर्छ । गाजरमा बिटा क्यारोटिन भएकोले काँचो वा पकाएर जस्तो पनि खान सकिन्छ । झोलिलो पदार्थले शरीर न्यानो हुनुका साथै यसमा विभिन्न पोषक तŒव पाइन्छन् ।
ओखर, बदाम (नट्स), आलस, तिल
जाडो महीनामा मात्रै नभई सधैं खजुर, बदाम, ओखर, नेपाली बदाम, छोहडा, खुर्पानी अति नै आवश्यक खानेकुरा हुन् । यी खानेकुरा हाम्रो शारीरिक वृद्धि, शरीरमा इन्सुलिनको मात्रा मिलाउन, मस्तिष्क बलियो बनाउन, मुटु स्वस्थ राख्न, स्मरण शक्ति बढाउन, बालबालिकाको सम्पूर्ण विकासको लागि अति नै उपयोगीमा पर्दछन् ।
सौफ ः
यसको सेवन नियमित गर्नाले शरीरको सङ्क्रमण, विकार नाश हुनुका साथै रक्तकोशिकाको वृद्धि विकास, ब्याक्टेरियाको नाशसमेत गर्दछ । यसमा २० प्रतिशत भिटामिन ‘सी’ पाइन्छ, जसको सेवन जाडोयाममा राम्रो मानिन्छ ।
माछाः
जाडोयाममा माछाको प्रयोग गर्नु राम्रो हो । यसलाई प्रोटिनको राम्रो स्रोत मानिन्छ, जुन पचाउन सजिलो हुन्छ । यसमा ओमेगा थ्री प्mयाटी एसिड, भिटामिन ‘डी’ आदि पाइन्छ, जसले मुटु रोगको साथै हाडको कमजोरी निको पार्दछ ।
दही (मोही)ः
जाडोयाममा दही, मोही चिसोको डरले कोही खान मान्दैनन्, तर जाडोमा यी खाद्य पदार्थ खानुहुन्न बुभ्mनु उचित होइन । कतिपय बिरामी जुन निमोनिया, ज्वरो, रुघाखोकी आदिबाट ग्रस्त छन् भने मात्र खान नमिल्ने हो, तर अरूलाई खाँदा हुन्छ । दहीमा राम्रो ब्याक्टेरिया पाइन्छ, जसले हाम्रो खानेकुरालाई पचाउन मदत गर्दछ, साथै पेटको सम्पूर्ण स्वास्थ्यको लागि यो राम्रो आहारा हो । दही, मोहीले पेटको सङ्क्रमणबाट बचाउनुका साथै ६० प्रतिशतसम्म रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने काम गर्दछ ।
ग्रीन टी ः
ग्रीन टीले तौल नियन्त्रणमा मदत गर्नुका साथै एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ । नेशनल बायोटेक्नोलोजीको सूचना अनुसार ग्रीन टीले अक्सिडेन्ट र विकिरणबाट शरीरको रक्षा गर्दछ । यसको नियमित प्रयोगले शरीरबाट विषालु पदार्थ निष्कासनमा सहयोग पु¥याउने काम गर्दछ ।
लसुन, बेसार ः
हाम्रो भान्सामा सजिलै पाउने मसला हुन्, जुन स्वादको लागि मात्र नभई रङ्ग, स्वास्थ्य आदिको लागि गुणकारी मानिन्छ । लसुन मुटुको लागि जाडोयाममा एकदम राम्रो मानिन्छ । लसुनमा क्याल्सियम, सल्फोरिक एसिड, पोटासियमको समिश्रणले ब्याक्टेरियालाई नाश गर्ने काम गर्दछ ।
बेसारले फ्री ¥याडिकल्सबाट जोगाउने काम गर्नुका साथै दूधसँग यसको प्रयोग निकै राम्रो मानिन्छ ।
दालचिनी, मरिच, अदुवा ः
यिनीहरूको समिश्रणबाट बनाइएको सुप, चियाले चिसोबाट जोगाउन मदत गर्दछ । यसले विभिन्न रोग आदिबाट बचाउनुका साथै क्यान्सर, अल्जाइमर्स, मुटुरोग, मेटाबोलिक लक्षण आदिमा राम्रो काम गरेकोे पाइन्छ ।
एउटा अध्ययनबाट ४५ जना मानिस जसलाई अर्थराइटिस थियो, जसले ५०० मिलीग्राम बेसारको सेवन नियमित गरेका थिए, उनीहरूमा ५० प्रतिशतसम्म औषधिले भन्दा रोक कम भएको पाइयो । अर्काे २४७ जना मानिसमा जसलाई अस्टिओ अर्थराइटिस थियो, उनीहरू अदुवाको सुप सेवन गराउँदा दुखाइ कम भयो । यसले स्मरण शक्ति, दिमागको नसालाई बलियो बनाउँछ, पाचन प्रणाली, कोलोन क्यान्सर आदिबाट रक्षा गर्दछ । बेसारमा भएको कम्पाउन्डलाई करक्युमिन भनिन्छ ।
फलपूmलः
जाडोयाममा फलपूmल आदिको सेवन गर्न डर मान्ने गरिएकोे पाइन्छ । तर यो सही होइन । यो बेला त फलपूmलको नियमित प्रयोग गर्नुपर्छ । यसमा भएको पोषक तŒव, भिटामिन आदिले धेरै रोगबाट जोगाउने काम गर्दछ । रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्नुका साथै जटिल रोगसँग पनि बचाउने काम गर्दछ । मौसम अनुसारको सबै फलपूmल उपयुक्त हुन्छन् । सुन्तला, केरा, नासपाती, मेवा, अनार, स्याउ, मौसमी, आम्बा, आँप आदिको सेवन सधैं गर्नुपर्छ ।