प्रस, वीरगंज, १५ माघ/
जिल्ला समन्वय समिति पर्साको दोस्रो जिल्ला भेला बुधवार समन्वय समितिको सभाकक्षमा सम्पन्न
भएको छ ।
सभाको उद्घाटन गर्दै कार्यक्रमका मुख्य अतिथि एवं पर्सा क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य प्रदीप यादवले पालिका प्रमुखहरूलाई पालिकाको बेरुजु तत्काल असुलउपर गर्न आग्रह गरे । “आधा कार्यकाल बितिसक्यो, अब बाँकी आधा कार्यकालमा सम्पूर्ण बेरुजु फछ्र्योट गरिसक्नुस् । बेरुजु राख्ने पालिकाका प्रमुख उम्मेदवार बन्न नपाउने कानून आउँदैछ ।”
सङ्घीय सांसद यादवले भने, “हामी कानून निर्माणको क्रममा छौं, यो कानून अवश्य आउँछ । रकम फ्रीज गर्ने पालिकाको रकम कटौती गर्ने नियम कार्यान्वयन भइसकेको छ । त्यसैगरी, बेरुजु फरफारक गर्न नसक्ने प्रमुखहरू पुनः प्रमुख पदका लागि उम्मेदवार बन्न नपाउने कानून पनि यही कार्यकालमा कार्यान्वयन हुन्छ । भोलि नपछुताउनुहोला ।”
जिल्लामा सन्तुलन र समन्वयका साथ विकास निर्माण कार्य अगाडि नबढेको टिप्पणी गर्दै सांसद यादवले जिल्लाको पर्यटकीय क्षेत्र ठोरीसँग शुरूदेखि नै अन्याय भइरहेको बताए । “आप्mनो क्षेत्र भन्ने तर विकास निर्माणमा अपनत्व नदेखाउनु क्षेत्रप्रति अन्याय हो,” उनले भने, “पर्यटकीय पूर्वाधारमा अलिकति पनि समर्थन पाए ठोरी जिल्लाकै शान बन्न सक्छ । त्यहाँका जनतामाथि विभेद भएकैले नै उनीहरूले प्रदेश नं. ३ मा जाने भन्दै आक्रोश पोखेका हुन् ।” ठोरी गापाले अगाडि सारेको पर्यटकीय क्षेत्र विकास कार्यक्रममा जिल्लाका १४ वटै पालिकालाई साथ दिन नेता यादवले आग्रह गरे ।
समाजवादी पार्टीका नेतासमेत रहेका सांसद यादवले हिजोको जिविस र आजको जिल्ला समन्वय समितिको काम, कर्तव्य र अधिकारमा निकै फरक रहेको चर्चा गर्दै जिससलाई कार्यकारी अधिकार प्रत्यायोजन गर्न सरकार चुकेको आरोप लगाए ।
विकास निर्माणका लागि पालिका, संसदीय कोष, सङ्घ, प्रदेश सरकारलगायतबाट बजेट तथा कार्यक्रमहरू आइरहेको उल्लेख गर्दै उनले कर्मचारीतन्त्र पुरानै मानसिकताको भएकोले असहयोग भई समयमा काम हुन नसकेको बताए ।
जिसस पर्साका प्रमुख नेक महम्मद अन्सारीको सभाध्यक्षतामा भएको सभा उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य प्रह्लाद गिरीले जिल्लाका जनता, प्रहरी प्रशासन र भ्रष्ट कर्मचारीबाट पीडित रहेको आरोप लगाए । उनले भने, “वीरगंजबाट गाउँतर्पm लगिरहेको वैधानिक सामानलाई नियन्त्रणमा लिएर भन्सार बुझाउने सशस्त्र प्रहरीविरुद्ध जनप्रतिनिधि र नागरिक एक हुनुपर्छ । प्रहरी प्रशासनले पर्सालाई हेपेको छ । जनताको दैनिक उपभोग्य सामग्री समातेर बहादुरी देखाउने प्रहरीविरुद्ध जनप्रतिनिधिले आवाज उठाउन सक्नुपर्छ ।” प्रदेशको राजधानी वीरगंज हुनुपर्छ भन्ने अडान आपूmहरूको यथावत् रहेको जनाउँदै प्रदेश सदस्य गिरीले आपूmहरूसँग दुई तिहाइ मत नरहेको र विशेष समितिमा पनि पूर्वकाहरूलाई मात्र राखिएको गुनासो गरेका थिए ।
सो अवसरमा नेपाली काङ्ग्रेस पर्साका सचिव श्याम पटेलले विकास निर्माणमा निर्माण कम्पनीले बाधकको भूमिका खेलिरहेको भन्दै समयमा काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीमाथि कारबाई गर्न माग गरे । उनले जिससको भूमिका पहिलेभन्दा बढेको बताउँदै अधिकार छैन भन्ने भ्रम हटाउन आग्रह गरे ।
जिससकी अधिकृत रितिका दाहालले सहजीकरण गरेको कार्यक्रममा जिससका उपप्रमुख ठाकुरप्रसाद न्यौपानेले चालू आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस्तै, समन्वय अधिकारी देवनाथ यादवले समितिले हालसम्म गरेका उपलब्धि तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वीरगंज महानगरकी उपप्रमुख शान्ति कार्की, प्रदेश सांसदहरू रमेश कुर्मी, करिमा बेगम, राजेश्वर साह तेली, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेशप्रसाद यादव, राजपा पर्साका सचिव राजेश साह, जिल्ला समन्वय समिति बाराका प्रमुख पवनकुमार ब्याहुत, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जारा, नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष वीरेन्द्रराज कँडेल, जिसस पर्साका सदस्य आमोद यादव, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, पटेर्वासुगौली गापाकी उपाध्यक्ष ममता महतोलगायतले मन्तव्य व्यक्त गरेका थिए ।