उमाशङ्कर द्विवेदी
यस प्रकार मत्स्य देशका वीरहरूलाई जितेर द्रोणाचार्यले चेदि, करुष, केकय, पाञ्चाल, सृञ्जय र पाण्डववीरहरूलाई पनि बारम्बार परास्त गरे । डढेलोले जसरी वनलाई डढाउँछ, त्यसै प्रकार क्रोधमा भरिएका आचार्यलाई सेनाहरूको विध्वंस गरिरहेको हेरेर सबै सृञ्जयवीरहरू काम्न थाले ।
आचार्यले पाण्डवसेनालाई विध्वंस गरिरहेको हेरेर युधिष्ठिर आदि पाण्डवहरू आचार्यमाथि चारैतिरबाट जाइलागे । उनीहरूमध्ये शिखण्डीले पाँचवटा, क्षत्रवर्माले बीसवटा, वसुदानले पाँचवटा, उत्तमौजाले तीनवटा, क्षत्रदेवले सातवटा, सात्यकिले एक सयवटा, युधामन्युले आठवटा, युधिष्ठिरले बा¥हवटा, धृष्टद्युम्नले दशवटा र चेकितानले तीनवटा बाण उनीमाथि हाने । अनि द्रोणाचार्यले सबैभन्दा पहिले दृढसेनलाई धराशयी पारे । यसपश्चात् उनले बा¥हवटा बाणबाट शिखण्डीलाई र बीसवटा बाणबाट उत्तमौजालाई घाइते पारे तथा एउटा भल्ल–बाण हानेर वसुदानलाई यमराजको घर पठाइदिए । फेरि असीवटा बाण क्षत्रवर्मामाथि र छब्बीसवटा बाण सुदक्षिणमाथि हाने तथा एउटा भल्ल–बाण हानेर क्षत्रदेवलाई रथबाट तल झारिदिए । तदन्तर चौसट्ठीवटा बाण युधामन्यु र तीसवटा बाण हानेर सात्यकिलाइए घाइते पारी उनी फुर्तीले धर्मराज युधिष्ठिरको सामु आइपुगे । यो हेरेर युधिष्ठिरले आप्mनो रथलाई तीव्रगतिमा हाँक्न लगाएर युद्धक्षेत्रबाट पलायन भए र अब एउटा पाञ्चाल राजकुमार आचार्यको सामु आइडटे । आचार्यले तत्कालै उनको धनुष काटिदिएर सारथि र घोडासहित उनलाई सिध्याए । ती राजकुमार मारिएपछि सेनामा चारैतिरबाट– ‘द्रोणलाई हान, द्रोणलाई मार’ भनेर कोलाहल मच्चियो तर ती अत्यन्त क्रोधातुर पाञ्चाल, मत्स्य, केकय, सृञ्जय र अनान्य पाण्डववीरहरूलाई अत्याइदिए । उनी कौरवहरूबाट सुरक्षित भएर सात्यकि, चेकितान, धृष्टद्युम्न, शिखण्डी, वृद्धक्षेम र चित्रसेनका पुत्रहरू, सेनाबिन्दु र सुवर्चा–यी जम्मै वीरहरूलाई र अनान्य राजाहरूलाई युद्धमा परास्त गरिदिए तथा तपाईंका पक्षका अन्य योद्धाहरू पनि त्यस महासमरमा विजय पाई चारैतिरबाट पाण्डवसेनालाई कुल्चिन थाले ।
सञ्जयले भने– महाराज, अलिक बेरमैं पाण्डवसेना फर्केर द्रोणचार्यलाई घेरामा हाले, उनीहरूको खुट्टाबाट उडेको धूलोको कारण तपाईंको सेना पूर्णरूपेण ढाकियो । यस प्रकार ओझेल भएपछि हामीलाई लाग्यो कि द्रोणाचार्य मारिए । अनि दुर्योधनले आप्mनो सेनालाई आज्ञा दिए– जसरी भएपनि पाण्डवसेनालाई रोक । यो सुनेर तपाईंको पुत्र दुर्मर्षण भीमसेनलाई हेरेर उनको प्राण लिने उद्देश्यले बाण वर्षाउँदै उनको सामु आइपुगे । उनले आप्mनो बाणबाट भीमसेनलाई ढाकिदिए र भीमसेनले उनलाई बाण हानेर घाइते पारिदिए । यस प्रकार दुवैबीच भीषण युद्ध हुन थाल्यो । स्वामीको आज्ञा पाएर कौरवपक्षका सबै बुद्धिमान् र शूरवीर राजाहरूले आप्mनो राज्य र प्राण गुम्ने भय त्यागेर शत्रुको सामु आइडटे । यतिबेला शूरवीर सात्यकि द्रोणचार्यलाई समात्न भनेर आउँदै थिए, उनलाई कृतवर्माले रोके । क्षत्रवर्मा पनि आचार्यतिर हानिंदै आइरहेका थिए, उनलाई जयद्रथले आप्mना तीखो बाणबाट रोके । क्षत्रवर्माले कुपित भएर जयद्रथको धनुष र ध्वजालाई काटिदिएर दशवटा नाराचबाट उनको मर्मस्थानमा आघात गरे । जयद्रथले तत्कालै अर्को धनुष लिई उनीमाथि बाणवर्षा आरम्भ गरे ।
महारथी युयुत्सु पनि द्रोणाचार्यको छेउमा पुग्ने प्रयत्नमा थिए, उनलाई सुबाहुले रोके तर युयुत्सुले दुईटा क्षुरप्र बाण हानेर सुबाहुका दुवै भुजा काटिदिए । धर्मप्राण युधिष्ठिरको गति मद्रराजा शल्यले रोकिदिए । धर्मराजले शल्यमाथि अनेकौं मर्मभेदी बाण हाने तथा मद्रनरेशले पनि चौसट्ठीवटा बाण हानेर उनलाई घाइते पारी बडो जोडले गर्जना गरे । अनि दुईटा बाण हानेर युधिष्ठिरले उनको धनुष र ध्वजा काटिदिए । यसै प्रकार आप्mनो सेनासहित राजा दु्रपद पनि द्रोणतिर आइरहेका थिए । उनलाई राजा बाल्हीक र उनको सेनाले बाणवर्षा गरेर रोके । ती दुवै वृद्ध राजाहरू र उनीहरूको सेनाबीच बडो घमासान युद्ध भयो । अवन्तिनरेश विन्द र अनुविन्दले आप्mनो सेना लिएर मत्स्यराज विराट र उनको सेनामाथि धावा गरे । उनीहरूको पनि देवासुर संग्रामभैंm बडो घोर युद्ध भयो । यसै प्रकार मत्स्य वीरहरूको केकयवीरहरूको साथमा पनि भीषण मुठभेड भयो, जसमा अश्वारोही, गजारोही र रथी सबै निर्भयताका साथ युद्ध गरिरहेका थिए ।
एकातिर नकुलको पुत्र शतानिक पनि बाणवर्षा गर्दै आचार्यतिर बढिरहेका थिए । उनलाई भूतकर्माले रोके । अनि शतानिकले अत्यन्त तीखो तीनवटा बाण हानेर भूतकर्माको सिर र बाहुहरूलाई काटिदिए । भीमसेनको पुत्र सोमसोम बाणहरूको झरि लगाएर द्रोणाचार्यमाथि आक्रमण गर्न चाहिरहेका थिए । उनलाई विविंशतिले रोके तर सुतसोमले आप्mनो बाणबाट काकालाई घाइते पारेर स्वयम् निश्चल उभिइरहे । यसैबेला भीमरथले छवटा तीखो बाण हानेर शाल्वलाई उनको सारथि र घोडासहित यमराजको घरमा पठाइदिए । श्रुतकर्मा पनि रथमा चढेर द्रोणतिर बढिरहेका थिए, उनलाई चित्रसेनका पुत्रहरूले रोकिदिए । तपाईंका ती दुवै नातिहरू एकअर्कालाई मार्ने इच्छाले बडो घोर युद्ध गर्न थाले । यसैबेला युधिष्ठिरका पुत्र प्रतिविन्ध्य द्रोणको सामु आइरहेको हेरेर अश्वत्थामाले तत्काल आई उनलाई रोकिदिए । अनि प्रतिविन्ध्यले कुपित भएर तीखो बाण हानी अश्वत्थामालाई घाइते पारिदिए । अब द्रौपदीका सबै पुत्रले बाणवर्षा गरेर अश्वत्थामालाई आच्छुआच्छु पारिदिए । अर्जुनको पुत्र श्रुतकीर्तिलाई दुःशासनको पुत्रले द्रोणाचार्यतिर जानबाट रोकिदिए, तर उनी आप्mना पितासमान नै वीर थिए, उनले तीनवटा बाण हानेर दुःशासनको पुत्रको धनुष, ध्वजा र सारथिलाई घाइते पारी स्वयम् द्रोणको सामु आइपुगे । क्रमशः...