$type=ticker$count=12$cols=4$cate=0

के नेपालमा पूँजीको खाँचो छ ?

SHARE:

विश्वराज अधिकारी
    अर्थशास्त्रले भन्छ– उत्पादन गर्नका लागि चार साधन चाहिन्छ ।
    भूमि, श्रम, पूँजी र सङ्गठन जस्ता चार तŒवलाई उत्पादनका साधन भन्ने गरिन्छ । यी चार साधनको राम्रो उपयोग गरेर नै कुनै पनि मुलुक धनी हुन सक्छ । अमेरिका र पश्चिमी युरोपका राष्ट्रहरूले यी चार साधनको राम्रो उपयोग गरेका हुनाले नै धनी हुन पुगेका हुन् । भारत, चीन, ब्राजिल, रूस र दक्षिण अफ्रिका जस्ता राष्ट्रहरू पनि यी चार साधनको अधिकतम उपयोग गरेर धनी बन्ने प्रयासमा छन् । पछिल्लो समयमा चीन र भारतले भने यी साधनहरूको अधिकतम उपयोग गर्नमा निकै सफलता प्राप्त गरेका छन् ।
    नेपालले भने यी चार साधनको समुचित प्रयोग गर्न सकेको छैन । हुनत नेपालसँग यी चार साधन मुलुकलाई चाहिने मात्रामा छन् तर पनि यिनको उपयोग गर्न सकेको छैन । जस्तै नेपालसँग पर्याप्त मात्रामा श्रम छ तर उपयोग गर्न सकेको छैन । बहुसङ्ख्यक नेपालीहरूले राष्ट्रिय श्रम बजारमा आप्mनो श्रम बिक्री गर्न सकेका छैनन् र श्रम बिक्री गर्नका लागि अन्तर्र्राष्ट्रिय श्रम बजारमा बाध्य भएर पुगेका छन् ।
    अहिले नेपालीहरूले आप्mनो मूल्यवान श्रम जोखिमपूर्ण स्थितिमा र सस्तोमा खाडीका देशहरूमा बिक्री गर्नुपरेको छ । र, यो अति नै दुःखद स्थिति हो । यो स्थितिका लागि सरकार मात्र होइन, नागरिक पनि दोषी छ । नेपालमा श्रम बजारको विकास गर्न नागरिक तहमा ठोस प्रयास हुन सकेको छैन ।
    यसैगरी, नेपालले आपूmसँग उपलब्ध रहेको भूमिको पनि समुचित किसिमले उपयोग गर्न सकेको छैन । नेपालमा भूमिको अति पर्याप्तता नभए तापनि अभाव पनि छैन । जनसङ्ख्याको अनुपातमा नेपालमा चाहिने मात्रामा भूमि छ । हिमाली र पहाडी भूमिको उपयोग कुशलतापूर्वक, वैज्ञानिक तरीकाले गर्न सकिएको छैन र परम्परागतरूपमा ती भूमिको उपयोग गरिएको हुनाले नै नेपालमा कृषि भूमिको अभाव देखिएको हो । नेपालका पहाडी र हिमाली क्षेत्रमा रहेका भूमिहरूको समुचित एवं वैज्ञानिक किसिमले, उच्च प्रविधि प्रयोग गरेर, उपयोग गर्ने हो भने राष्ट्रिय भूमिबाट ठूलो फाइदा लिन सकिन्छ । अन्न, फलपूmल निर्यातसमेत गर्न सकिन्छ । तर गर्न सकिएको छैन ।
    भूमिमा नेपालभन्दा केही मात्र ठूलो रहेको बङ्गलादेशले १६ करोड १३ लाख ७६ हजार ७०८ (सन् २०१८ मा अनुमानित जनसङ्ख्या) देशवासीलाई आश्रय दिएको छ र उनीहरूको भरणपोषण गरेको छ । बङ्गलादेशको कुल क्षेत्रफल १ लाख ४७ हजार ५७० वर्ग किलोमिटर रहेको छ । नेपालको भने कुल क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर रहेको छ । नेपाल बङ्गलादेशभन्दा केवल ३८९ वर्ग किलोमिटर मात्र सानो छ । नेपाल र बङ्गलादेश क्षेत्रफलको आधारमा बराबर नै छन् भन्न सकिन्छ । तर नेपालले बङ्गलादेशको तुलनामा केवल २ करोड ८० लाख ९५ हजार ७१४ (सन् २०१८ मा अनुमानित जनसङ्ख्या) देशवासीलाई आश्रय दिनुपरेको छ, उनीहरूको भरणपोषण गर्नुपरेको छ । अर्थात् लगभग नेपाल जतिकै क्षेत्रफल भएको बङ्गलादेशमा नेपालभन्दा लगभग ६ गुणा बढी नागरिकको बसोबास छ । बङ्गलादेशसँग तुलना गर्दा के नेपालमा भूमिको अभाव छ ? के नेपाल सानो छ ?
    नेपालमा कुशलतापूर्वक उपलब्ध भूमिको उपयोग गर्न सकिएको छैन । भूमिलाई मात्र दोष दिने कार्य गरिएको छ । त्यसको उपयोग वैज्ञानिक किसिमले गरिएको छैन ।
    हामीले परम्परागतरूपमा सदीयौंदेखि नेपाल सानो छ, नेपालमा भूमिको अभाव छ भन्दै आएका छौं । जनसङ्ख्याको अनुपातमा नेपालमा भूमिको अभाव छ भन्न मिल्दैन । र, भन्नु गलत हो । आपूmले आपैंmलाई अक्षम घोषित गर्नु हो । जनसङ्ख्याको अनुपातमा हामीसँग यथेष्ठ मात्रामा भूमि छ । तर अफसोच १ उपलब्ध भूमिको उपयोग गर्न सकेका छैनौं । पहाडी एवं हिमाली भूमिलाई हामीले फाइदाजनक किसिमले उपयोग गर्न सकेका छैनौं ।
    अरू केही मुलुकले पहाडका भीरहरूमा पनि कृषि कार्य गरेका छन् । अन्नहरू उत्पादन गरेका छन् । तर हामीले कृषि उत्पादन त के बसोबासका लागि पनि ती भीर (पहाड)को उपयोग गर्न सकेका छैनौं । पहाडी जीवन कष्टकर भयो भन्दै शहरतिर बसाइँ सारेका छौं । तराईतिर समतल भूमि भन्दै त्यहाँ जनघनत्व बढाएका छौं ।
    हाम्रो प्रतिव्यक्ति आय ९१९ (डलर) रहेको छ भने बङ्गलादेशको प्रतिव्यक्ति आय १,९०६ (डलर) रहेको छ । नेपाल र बङ्गलादेशको प्रतिव्यक्ति आयको स्थितिले पनि बङ्गलादेशले आप्mनो भूमिको उपयोग कुशलतापूर्वक गरेको छ भन्ने कुरा प्रस्ट हुन आउँछ । र, हामीले उपलब्ध भूमिको उपयोग समुचित किसिमले गर्न सकेका छैनौं भन्ने रहस्य खुल्छ, होइन र ?
    यस्तै, अब कुरा गरौं पूँजीको । नेपालमा मेरो विचारमा पूँजीको अभाव छैन । नेपालले आप्mनै पूँजीले ठूलाठूला आयोजनाहरू सम्पन्न गर्न सक्छ । त्यस्तो गर्न सक्ने क्षमता राख्छ । तर दुःखद कुरा ज्ञान, साहस र व्यवस्थापनको अभावले गर्दा हामीले हाम्रो पूँजी निर्माण गर्ने क्षमता कति छ भन्ने कुरा बुझ्न सकेका छैनौं । राष्ट्रको आर्थिक विकास द्रुुत गतिमा गर्न आवश्यक पर्ने जति पूँजी हामीसँग छ भन्ने कुरा पनि बुझ्न सकेका छैनौं । हामीसँग पर्याप्त मात्रामा पूँजी छ । रेमिट्यान्सले गर्दा पनि हाम्रो पूँजीको भण्डार वृद्धि भएर गएको छ ।
यसैगरी देशवासीहरूको बचतले पनि हाम्रो पूँजीको भण्डारमा वृद्धि ल्याएको छ । तर हामीले यो स्थिति बुझ्न सकेका छैनौं । ठूलाठूला पूँजीका लागि विदेशी दाताहरूको मुख ताकिरहेका छौं । उनीहरूसँग याचना गरिरहेका छौं । कस्तुरी मृगले आपूmसँग रहेको कस्तुरी थाहा नपाएर कस्तुरीको सुगन्धका लागि दौडिएजस्तो ।
    ठूलाठूला आयोजनाहरू सम्पन्न गर्न जस्तै राजमार्गहरूको निर्माण गर्न, विमानस्थल निर्माण गर्न, औद्योगिक क्षेत्र विस्तार गर्न, ठूला उद्योगहरू स्थापना गर्न, व्यापारिक केन्द्र निर्माण गर्न नेपालले अब विदेशी दाता वा अन्य मुलुकसँग ऋण लिनुपर्दैन । आपूmसँग रहेको बचत (देशवासीहरूले बैंकमा जम्मा गरेका रकम), रेमिट्यान्स आदिलाई अब हामीले पूँजीको रूपमा उपयोग गर्न सक्छौं । र, यी स्रोतहरू पनि अपुग भएमा हामीले ऋणपत्र जारी गरेर पूँजी सङ्कलन गर्न सक्छौं ।
    अर्थात् केन्द्रीय सरकारले नेपालमा विभिन्न ठूलाठूला आयोजनाहरू सम्पन्न गर्न जनतामाझ ऋणपत्र जारी गर्न सक्छ । ऋणपत्र जारी गरेर जनतालाई बिक्री गर्न सक्छ । र, यसरी ऋणपत्र जारी गरेर आवश्यक पर्ने पूँजी निर्माण एवं उपयोग गर्न सक्छ । तर सरकारले यो कार्य गर्न सकेको छैन । पूँजी निर्माण गर्न सकिने यो विधि अवलम्बन गर्न सकेको छैन । यो विधि स्थानीय सरकारहरूले पनि अवलम्बन गर्न सक्छन् । र, आवश्यक पूँजी जुटाउन सक्छन् ।
    नेपालको स्थिति अब पहिलेजस्तो छैन । एक खास वर्गसँग अब यथेष्ठ बचत छ, त्यो वर्ग धनी पनि छ । यसैगरी, अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालीहरूले श्रम बेचेर राम्रो आर्जन गरेका छन्, बचत पनि गरेका छन् । अर्थात् अब नेपालीहरूले नेपाल सरकारले जारी गर्ने ऋणपत्र खरीद गर्न सक्छन् र खरीद गर्नेछन् पनि ।
    सरकारले नै बिक्री गरेको ऋणपत्रमा सरकार नै जमानी बसेको हुनाले सर्वसाधारणले निर्धक्क भएर ऋणपत्र खरीद गर्नेछन् । बरु सरकारले ऋणपत्र खरीदबाट जनताले प्राप्त गर्ने ब्याजमा कर लिनुहुँदैन । यस्तो गरेमा नागरिक ऋणपत्र खरीद गर्न उत्साहित हुन्छ ।
    नेपालमा पूँजीको खाँचो छैन । खाँचो छ भने उचित व्यवस्थापनको । उचित नियम कानूनको, इमानदार प्रशासन एवं सरकारको । नेपालमा पूँजीको अभाव छ भन्ने मनोविज्ञान अब हामीले त्यागे हुन्छ ।
    नेपालमा उत्पादनका लागि आवश्यक पर्ने अर्को प्रमुख तŒव सङ्गठनको स्थिति कस्तो छ, त्यसबारे अर्को लेखमा चर्चा गरौंला ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : के नेपालमा पूँजीको खाँचो छ ?
के नेपालमा पूँजीको खाँचो छ ?
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhIXDfI56E0b_WZi-NU5gzIqyaFWeYYXF6D1y5-JzvJFRjDhjK0kYwt3ADhOCgwUBMF4HhJPpgrATnKl9QylzonAUtZsbSD4644yr7VJ2MzFTpsWFwCRKrQgSIRCY3eiB-gfvQ3OjjpcXG3/s200/bishwraj+adhikari.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhIXDfI56E0b_WZi-NU5gzIqyaFWeYYXF6D1y5-JzvJFRjDhjK0kYwt3ADhOCgwUBMF4HhJPpgrATnKl9QylzonAUtZsbSD4644yr7VJ2MzFTpsWFwCRKrQgSIRCY3eiB-gfvQ3OjjpcXG3/s72-c/bishwraj+adhikari.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/01/blog-post_0.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/01/blog-post_0.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy