$type=ticker$count=12$cols=4$cate=0

न्यायिक समिति किन कमजोर भयो ?

SHARE:

सञ्जय साह मित्र
    वर्तमान संरचनाको सरकार र यसको स्वरूपलाई विचार गर्ने हो भने न्यायमा हरेक नागरिकको शीघ्र पहुँच हुने अपेक्षा रहेको बुभ्mन सकिन्छ । पहिलेदेखि नै गाउँघरमा हुँदै आएको पञ्चायतीलाई केही व्यवस्थित गरेर हरेक स्थानीय तहमा औपचारिकरूपमा न्यायिक समितिको परिकल्पना पनि गरिएको हो । न्यायिक समितिले प्रचलित ऐन कानूनको दायरामा रहेर गाउँघरका धेरै भैंmझगडाको निरूपण गर्ने अधिकार पाएको छ । एकजना जानकारको अभिमतलाई स्वीकार्ने हो भने यदि सबै स्थानीय तहमा इमानदारीपूर्वक न्यायिक समिति सक्रिय हुँदा प्रहरी कार्यालयमा पुग्ने असी प्रतिशत मुद्दा कम हुन्थ्यो र अदालतमा पुग्ने मुद्दामा पनि कम्तीमा बीस प्रतिशत कमी हुन सक्छ । अन्य धेरै किसिमका झमेलामा सर्वसाधारण आपैंm इमानदार हुने बाटोमा अग्रसर हुन्छ ।
    स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेपछि न्यायिक समितिको चर्चा निकै धेरै थियो । न्यायिक समितिको नेतृत्व गर्ने स्थानीय तहको उपप्रमुख अर्थात् दोस्रो वरीयताको प्रमुखले न्यायलाई सजिलै सर्वसाधारणको घरआँगनमा पु¥याउँलान् भन्ने अपेक्षा थियो । स्थानीयको समस्या त स्थानीयले नै सबैभन्दा बढी बुझेका हुन्छन्, स्थानीय न्यायकर्ता समिति वा समूहले उजुरीकर्ता तथा प्रतिवादी दुवैलाई चिनेका हुन्छन्, साक्षीलाई पनि राम्ररी चिने र बुझेका हुन्छन् । यसैगरी, घटनाको प्रकृतिलाई, त्यसको स्वरूपलाई, त्यसमा संलग्न भनिएका व्यक्ति वा अभियुक्तलाई तथा अन्य पक्षलाई पनि चिने बुझेका हुन्छन् । घटनालाई अनुसन्धानदेखि न्यायसम्म पु¥याउँदा न्यायपछिको प्रभावको पनि न्यायिक समितिले सजिलै अध्ययन गर्न सक्छ भन्ने विश्वास थियो । कुनै पनि घटनाले फेरि दुर्घटनाको रूप नलेला वा न्यायसम्पादनप्रति धेरैको विमति नहोला भन्ने अपेक्षा पनि थियो । तल्लो वर्गको न्यायप्रति विश्वास बलियो होला र तल्लो वर्गले न्यायमा आप्mनो पहुँच सजिलो गरी पु¥याउन पाउला भन्ने अपेक्षा पनि सर्वसाधारण र बुद्धिजीवीहरूले गरेका थिए ।
    स्थानीय तहको निर्वाचनपश्चात् अधिकांश स्थानीय तहमा महिलाको काँधमा न्यायिक समितिको जिम्मेवारी जनताले दिएको परिणाम आयो । महिलाहरू तुलनात्मकरूपमा बढी इमानदार हुने तथा सहृदयी हुने हुनाले न्याय अझ सरल हुने तथा न्यायमा सबैको पहुँच सजिलो तरीकाले हुने विश्वास गरिएको थियो ।
    कतिपय स्थानीय तहमा न्यायिक समिति गठन हुन पायो, कतिपयमा पूर्णता पाउन पनि सकेन । न्यायिक समिति गठन हुँदा निकै उत्साह पनि देखिएको थियो । न्यायिक समितिले कतिपय ठाउँमा प्रारम्भमा असल काम पनि गरेको थियो । न्यायिक समितिको काम गर्ने तरीकाबारे संविधानमा पनि जनाइएको, कतिपय विषयका सन्दर्भमा ऐन–कानूनले पनि स्पष्ट पारेको तथा कतिपय कार्यविधि स्थानीय तह आपैंmले बनाएको पनि हो । न्यायिक समितिमा कामको प्रारम्भ हुँदाहुँदै पनि कतिपय ठाउँमा काम नै रोकियो । यसले कतिपय ठाउँमा निकै अन्योल पनि सिर्जना गरिदियो । कतिपय ठाउँमा न्यायिक समितिले वास्तविक अर्थमा काम गर्न पनि पाएन ।
    अहिले पनि कतिपय ठाउँमा न्यायिक समितिहरू सक्रिय छन् तर कतिपय ठाउँमा न्यायिक समिति भएको विषयमा पनि खासै जानकारी सर्वसाधारणलाई छैन । न्यायिक समिति नभएर हो वा न्यायिक समिति सक्रिय नभएर वा अन्य कारणले यसो भएको हो भन्ने विषयमा सर्वसाधारणलाई जानकारी छैन । सर्वसाधारणले पाउनुपर्ने सरल र सहज न्यायको अधिकार उनीहरूले किन पाउन सकेनन् भन्ने विषयमा पनि उनीहरूलाई जानकारी छैन । सर्वसाधारणले गाउँघरमा किन न्याय पाउन सकेका छैनन् भन्ने विषयमा जानकारी गराउने पनि कोही छैनन् र सर्वसाधारणको न्यायमा सहज पहुँचको लागि कसैले सहजीकरण गरिदिने पनि कोही देखिएको छैन । शायद कसैलाई यस विषयमा चासो लिने फुर्सद पनि छैन । कोही यस विषयमा गम्भीर हुन पनि सकेको छैन । यसलाई गम्भीरतापूर्वक विचार गर्ने समय पनि कसैसित छैन ।
    नेपालको संविधानले कुनै एउटा दलले स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये एकजना महिला हुनै पर्ने बाध्यात्मक अवस्था राख्नुको पछाडि नीति निर्माण तह र कार्यान्वयन तहमा महिलाको पहुँच पु¥याउनका लागि हो । महिला पनि हरेक क्षेत्रमा उत्तिकै सक्षम छन् र महिलाले पनि कुनै पनि काम सजिलै गर्न सक्छन् भन्ने कुरा स्पष्ट पार्न यो जरूरी थियो । महिलाले पनि आपूmलाई सक्षम साबित गर्ने ठूलो अवसरको रूपमा काँधमा जिम्मेवारी दिएको पनि हो । संविधान, कानून, पद र जिम्मेवारी दिए पनि यदि वातावरण हुन सकेन भने हालत न्यायिक समितिको जस्तो हुन्छ भनेर अब उदाहरण पनि दिन थालिएको छ । यसको अर्थ कतिपयको नजरमा स्थानीय तहमा गठित न्यायिक समितिको कामकारबाही राम्रोसँग चलिरहेको छैन वा यस विषयमा समन्वयको अभाव रहेको छ ।
    देशभरका अधिकांश ठाउँमा न्यायिक समितिको मुख्य जिम्मेवारीमा महिला रहेका छन् । महिलाले काम गर्ने वातावरणको अभाव छ भनेर धेरै ठाउँमा धेरैले आरोप लगाउने गरेका छन् । तर यसलाई अलिकति गम्भीरतापूर्वक विचार गर्ने हो भने के थोरै सङ्ख्यामा पुरुषले जिम्मेवारी सम्हालेको न्यायिक समितिहरू राम्ररी चलेका छन् ? साँच्चै यदि यस प्रश्नको उत्तर राम्ररी खोज्ने प्रयास गर्ने हो भने न्यायिक समितिको जिम्मेवारी महिलाको काँधमा होओस् वा पुरुषको हातमा होओस्, अवस्थामा खासै भिन्नता नहोला । अवस्थामा खासै भिन्नता नहुनुले यस कुरालाई स्पष्ट पार्दछ कि महिलालाई काम गर्ने वातावरणको अभाव छ भन्ने कुरा न्यायिक समितिको हकमा त्यत्ति सार्थक छैन । यसमा एकजनाले थप आरोप के लगाएका छन् भने न्यायिक समितिको नेतृत्व गर्नेहरू राजनीतिक व्यक्तित्व हुन् र स्थानीय तहमा राजनीतिक दलको उम्मेदवार बनेर चुनाव जिती न्यायिक समितिको प्रमुख बनेपछि अन्य दलका मानिसले उनीप्रति गर्ने न्यायिक विश्वासको अभाव भएर हो । न्यायिक विश्वासको लागि निष्पक्षता आवश्यक हुन्छ तर कुनै निश्चित दलको उम्मेदवार बनेर चुनाव जित्दा अन्य दलले अविश्वास गर्नु उनीहरूको कमजोरी पनि हुन सक्छ । किनभने कसैले पनि न्याय निरूपण गर्दा न्यायिक आधार अनुसार गर्नुपर्दछ र गरेको पनि हुनुपर्छ । हो, न्यायलाई निष्पक्षताको लागि तटस्थता अनिवार्य हुन्छ तर कुनै दलबाट निर्वाचित भएपछि आप्mनो दलका मानिस अर्थात् आप्mनो दलका वादी वा प्रतिवादीप्रति सहानुभूति हुने डर पनि हुन्छ । जतिसुकै निष्पक्ष ढङ्गले न्यायसम्पादन गरे पनि विपक्षी दलले यस किसिमको आरोप लगाउनुलाई अन्यले समेत अन्यथा मान्दैनन् । आरोप– प्रत्यारोप हाम्रो सामाजिक र राजनीतिक संस्कार भइसकेको छ ।
    न्याय निरूपण गर्ने अधिकार र यसको सीमा पनि पाएको स्थानीय तहको न्यायिक समितिलाई सक्रिय तुल्याउनु आवश्यक छ । वास्तवमा पूर्ण निष्क्रिय रहेको समितिलाई कसरी सक्रिय बनाउने तथा सामान्य सक्रिय रहेको समितिलाई कसरी अझ बढी विश्वसनीय बनाउने तथा न्यायिक समिति कसरी सबैको विश्वसनीय हुन सक्छ भन्नेतिर पनि ध्याउन्न पु¥याउनुपरेको छ । न्यायिक समितिको प्रमुख तथा सदस्य, कानूनी सल्लाहकार र सम्बन्धित अन्य पक्षलाई पर्याप्त तालीम र निष्पक्षताको अभ्यास गराउनु आवश्यक छ । साथै एक ठाउँमा भइरहेको अभ्यासलाई अर्को ठाउँमा पनि बताउनु तथा निरीक्षण गराउनु आवश्यक छ । कुनै ठाउँमा अति राम्रो काम भइरहेको छ भने अर्को ठाउँमा पनि न्याय निरूपणको समन्वय गराउन सकिन्छ । निष्पक्ष न्यायको सार्थक अभ्यास गराउन चाहने विभिन्न सङ्घसंस्था तथा निकायहरूले पनि स्थानीय तहमा न्यायिक समितिको सक्रिय, सफल र सार्थक अभ्यासको लागि सार्थक पहल गर्नु पनि आवश्यक छ । नेपालको संविधानले नै न्यायमा जुन किसिमको स्थानीय तहको अधिकारको व्यवस्था गरेको छ, यसप्रतिको विश्वसनीयता र यस प्रकारको न्यायिक यात्राको यो पहिलो कार्यकाललाई आगामी दिनको लागि सहज बनाउन पनि सफल बनाउनुपरेको छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : न्यायिक समिति किन कमजोर भयो ?
न्यायिक समिति किन कमजोर भयो ?
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh5h7T_d63zF-28VuHOnMlykvJNCx5KiGjFQrnbiBut58Haf90u2Zd1Psbqm4as-kvPoLrD-M1ImBBIQHbfcp_64C1yGlE7qOKbRdpdAkRn5frgKChNystRjOhUF2jb_PbXH0mKBnc-Pr5B/s200/sanjay+mitra.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh5h7T_d63zF-28VuHOnMlykvJNCx5KiGjFQrnbiBut58Haf90u2Zd1Psbqm4as-kvPoLrD-M1ImBBIQHbfcp_64C1yGlE7qOKbRdpdAkRn5frgKChNystRjOhUF2jb_PbXH0mKBnc-Pr5B/s72-c/sanjay+mitra.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/01/blog-post.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/01/blog-post.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy