प्रस, गरुडा, १५ पुस/
बज्जिका भाषाको इतिहासलेखनसम्बन्धी पहिलो औपचारिक गोष्ठी सर्लाहीको रामनगरमा सम्पन्न भएको छ । भाषा आयोगको बज्जिका भाषाको इतिहासलेखनसम्बन्धी अभिमुखीकरणपछि सर्लाहीको रामनगर गाउँपालिकाले पहिलोचोटि इतिहासलेखनबारेमा औपचारिक गोष्ठी मङ्गलवार गरेको छ ।
रामनगर गाउँपालिकाको कार्यालय खैर्बा बहुअर्वामा गाउँपालिका प्रमुख कृष्णप्रसाद वर्माको अध्यक्षतामा भएको बज्जिका भाषाको इतिहासलेखनसम्बन्धी पहिलो गोष्ठीमा भाषा आयोगले उपलब्ध गराएको रूपरेखा अनुसार विभिन्न पक्षमा विस्तृत छलफल र निर्णय गरिएको छ । गोष्ठीमा इतिहासलेखनसम्बन्धी कार्ययोजना निर्माण गर्नुका साथै विभिन्न समिति र उपसमिति गठन गरिएको छ ।
इतिहासलेखनको लागि डा कमलेश्वरकुमार सिन्हाको संयोजकत्वमा तीन सदस्यीय कार्यक्रम कार्यान्वयन समिति गठन गरिएको छ । समितिमा भाषाशास्त्री सञ्जय मित्र र अनुसन्धानविद् डा. डिल्लीराम रिमाल रहेका छन् । यसैगरी इतिहासलेखनका लागि सामग्री सङ्कलन, किंवदन्ती सङ्कलन, ऐतिहासिक दस्तावेजहरूको खोजी, धार्मिक तथा सांस्कृतिक र लौकिक व्यवहारहरूको खोजी गर्न र मूल समितिलाई आवश्यकीय सहयोग गर्न सञ्जय सुदामाको संयोजकत्वमा उपसमितिको गठन गरिएको छ । उपसमितिमा रामनरेश शर्मा र किशुनदयाल यादव सदस्य तथा रजनीशकुमार पाण्डेय सदस्य सचिव रहेका छन् ।
आगामी पुस २१ गते सर्लाही, रौतहट र बाराका बज्जिकासेवीहरूलाई सम्मिलित गराएर इतिहासलेखनसम्बन्धी अभिमुखीकरण गर्ने निर्णय पनि गरिएको छ । बज्जिका भाषाको औपचारिक इतिहासलेखन गर्ने काम शुरू भएकोमा बज्जिका भाषासेवीहरूमा खुशीको सञ्चार भएको छ । इतिहासलेखनको लागि सर्लाहीको रामनगर गाउँपालिकाले अग्रसरता लिएको बताउँदै गाउँपालिका प्रमुख वर्माले डा सिन्हाको मुख्य योगदान रहेको स्पष्ट पारेका थिए ।
गौतम बुद्धको जीवनकालमा नै अस्तित्वमा रहेको बज्जिका भाषाको चेतना बिस्तारै सर्वसाधारणसम्म पुग्न थालेको छ । बज्जिका भाषाको ऐतिहासिकताको बारेमा भाषाविद्हरूले चर्चा गर्न थालेपछि केही भाषाका अभियन्तालाई चोट पुग्न थालेको पाइएको छ ।