प्रस, पोखरिया, १५ पुस/
पोखरिया नगरपालिकामा ६ महीनादेखि कार्यकारी अधिकृत नहुँदा आर्थिक कारोबार ठप्प भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत शिव रेग्मी काम गर्ने वातावरण नभएपछि मन्त्रालय सरुवा गराएर गएदेखि पोखरियामा नयाँ कार्यकारी अधिकृत बहाल भएर आएको छैन । नगरप्रमुख दीपनारायण रौनियारले प्रमुख प्रशासकीय अधिकृत पठाउन मन्त्रालयमा ताकेता गर्दै आएपछि पुस ११ गते सहदेवराय माझीलाई मन्त्रालयले पोखरिया नपाको प्रमुख प्रशासकीय अधिकृत तोकेर पठाएको छ । तर माझीले भने मन्त्रालयको पत्र बुझ्न मानेका छैनन् ।
उनले पत्र नबुझेपछि इमेलबाट मन्त्रालयले पत्राचार गरेको थियो । तर माझी सञ्चारका माध्यमहरू बन्द गरेर सम्पर्कविहीन छन् । उनको मोबाइल पनि बन्द छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा चालू आवमा कुनै पनि विकास निर्माणका कामहरू हुन सकेका छैनन् ।
यसैगरी गत आवमा शुरू भएका कामहरू पनि प्रभावित भएका छन् । ठेक्का र उपभोक्तामार्पmत् भएका कामहरूको भुक्तानी नहुँदा काम गर्नेहरूले आधा अधूरो काम गरेका छन् । मिटर ब्याजमा रकम उठाएर ठेक्कापट्टा गरेका ठेकेदारहरूलाई ६ महीना बितिसक्दा पनि भुक्तानी नभएको कारण समस्या भएको ठेकेदारहरूले बताएका छन् ।