प्रस, परवानीपुर, १५ पुस/
नेपाल सेकाई क्योकुसिन कराँते सङ्घ बाराले मङ्गलवार परवानीपुर गाउँपालिका वडा नं ४ स्थित कभर्ड हलमा भारतबाट खेल जितेर आएका खेलाडीहरूलाई सम्मान गरेको छ । कराँते खेलाडी नवीन मण्डल, किरण पटेल, प्रमोद राउतलाई पूmलमाला, अबिर तथा गम्छाले सम्मान गरिएको थियो ।
भारतको पश्चिम बङ्गाल राज्यको पाराडङ्गा शहरमा डिसेम्बर २० देखि २२ सम्म सम्पन्न अन्तर्राष्ट्रिय पे्रmन्डशिप कप २०१९ मा १८ वर्षमुनि उमेर समूहमा वीरगंज लक्ष्मनवाका नवीन मण्डलले भारतका खेलाडीलाई पराजित गरी प्रथम भएका थिए । त्यसैगरी १५ वर्षमुनि उमेर समूहमा वीरगंज–२१ पटेलनगरकी किरण पटेलले बङ्गलादेशका र १८ वर्षमाथि ५५ किलो तौल समूहमा प्रमोद राउतले अफगानी खेलाडीलाई पराजित गरी प्रथम स्थान हासिल गरेका थिए ।
नेपाल सेकाई क्योकुसिन कराँते सङ्घ बाराका प्रशिक्षक तथा सङ्घका केन्द्रीय सचिवसमेत रहेका भिखारी साहको सभापतित्वमा भएको सम्मान कार्यक्रममा प्रदेश सांसद ज्वालाकुमारी साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा नेकपा प्रदेश समिति सदस्य प्रभु यादव, नेकपाका जिल्ला नेता रामक्षत्री राउत कुर्मी, पर्सा प्रशिक्षक नरेशराउत कुर्मीलगायतले विजयी खेलाडीहरूलाई सम्मान गरेका थिए । उक्त कराँते प्रतियोगितामा नेपाल, जापान, भारत, रूस, बङ्गलादेश र अफगानिस्तानका खेलाडीहरूले प्रतिस्पर्धा गरेको सेकाई क्योकुसिन कराँते सङ्घ बाराले जनाएको छ ।