प्रस, वीरगंज, १४ पुस/
महिलालाई उद्यमशील बनाउने उद्देश्यले इलम हेल्भेटासले सोमवार स्थानीय सरकार र निजी क्षेत्रसँग आबद्ध व्यक्तिहरूसँग छलफल गरेको छ।
वीरगंज उद्योग वाणिज्य सङ्घको आयोजना तथा हेल्भेटास–स्वीस इन्कर्पोरेशन नेपालको सहकार्यमा भएको कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले महिला शक्तिलाई श्रमसँग नजोडे देशको विकास नहुने बताए । अधिकांश महिलाको घरभित्रको कामकाज सिद्धिएपछि दिनभरिको श्रमशक्ति खेर गइरहेकोले सो श्रमशक्तिलाई सदुपयोग गर्न आवश्यक रहेको नगरप्रमुख सरावगीले बताए ।
उनले महिलालाई आत्मनिर्भर नबनाएसम्म कुनै पनि स्थानीय सरकार अगाडि बढ्न नसक्ने बताए । उनले संविधानले धेरै अधिकार दिए पनि सो अधिकारको लागि अहिले पनि महिलाहरूले लड्नुपर्ने आवश्यकता रहेको जिकिर गरे । अधिकांश स्थानीय तहमा प्रमुख र उपप्रमुखबीच तनाव सिर्जना हुँदो सिङ्गो महिला समाज नै अपहेलित भइरहेको टिप्पणी गर्दै अधिकारको लागि महिलाहरूले लड्न आवश्यक रहेको बताए ।
नगरप्रमुख सरावगीले फोहरमैला व्यवस्थापन अति आवश्यक रहेको र महिलाहरू सशक्त भए फोहर व्यवस्थापनमा अहम् भूमिका खेल्ने उनको तर्क थियो । उनले वीरगंजका पत्रकारहरूले जथाभावी समाचार सम्प्रेषण गर्दा उद्योगीहरू मर्कामा परेको बताए । उद्योगीहरू पलायन भइरहनुमा सरकार तथा सञ्चारकर्मीहरूको अहम् भूमिका रहेको आरोप लगाए । जथाभावी लेख्ने गर्दा आउने समस्या झेल्न नसकी व्यापारीहरू पलायन हुने गरेको उनले बताए । उनले वीरगंजका मुख्य चोकमा डिपार्टमेन्टल स्टोर वा ठूलो पसल खुल्नुपर्नेमा सो ठाउँमा अहिले चियानास्ताको पसल खुल्नु दुःखद रहेको बताए ।
वीउवासङ्घका अध्यक्ष्F गोपाल केडियाले महिलाहरूलाई प्रोत्साहन गर्नुपर्ने आवश्यक रहेको बताए । बेरोजगारीको कारण अहिले देशका युवासहित महिला शक्ति पनि विदेश जाने गरेकोले सोलाई निरूत्साहित गर्न स्थानीय, प्रदेश र सङ्घ सरकारले आवश्यक भूमिका चाल्नुपर्ने बताए ।
वीउवासङ्घका अध्यक्ष केडियाको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, प्रदेश नं. २ का उपाध्यक्ष अशोक बैद, निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनाल, पोखरिया नपाकी उपप्रमुख सलमा खातुन, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जारालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा हेल्भेटास–स्वीसको प्रदेश नं. २ का प्रबन्धक सन्दीप पौडेलले कार्यपत्र प्रस्तुत गर्दै देशभरिको सूचकाङ्कमा प्रदेश नं. २ र कर्णाली प्रदेश कमजोर रहेकोले हेल्भेटासले यस क्षेत्रलाई कर्मक्षेत्र बनाएर महिलाहरूलाई दक्ष बनाउने कार्य गरिरहेको बताए । विभिन्न माध्यमबाट स्वरोजगार बनाउन महिलाहरूलाई व्यावसायिक तालीम, प्रशिक्षण, लगानी गर्ने गरेको जानकारी गराएका थिए । हेल्भेटासले उत्पादन, बजार व्यवस्थापन, लगानी, दक्ष प्रशिक्षक आदि विषयमा काम गरिरहेको उनले जानकारी गराएका थिए ।