नेपाल र भारतबीचको सम्बन्धमा छलफल तथा अन्तत्र्रिmया कार्यक्रम हालै सम्पन्न भयो । नियमितरूपमा भइरहनुपर्ने यस किसिमको कार्यक्रम वीरगंज क्षेत्रमा निकै दिनको अन्तरालपछि भएको हो । हतपती नहुने वा नपाइने दुर्लभ चीजहरू महŒवपूर्ण र चासोयुक्त नै हुन्छन् । दुई देशबीचको सम्बन्धलाई केलाउने र परिभाषित गर्ने प्रयासहरू भए । स्वाभाविकै हो, सम्बन्धको बीचमा दरार आउन थालेपछि मूल्याङ्कन वा सिंहावलोकन गर्दा दुई पक्षीय सम्बन्धको बारेमा स्पष्ट हुन जरूरी छ । दुई देशबीचको सम्बन्धलाई व्याख्या, विश्लेषण गर्ने नयाँ–नयाँ तरीका तथा नयाँ विश्लेषकहरू पनि बेलाबखत झुल्कने र अस्ताउने गरेका छन् । कतिपयको त पेशा नै यही छ । मञ्चमा चर्को भाषण गर्ने अनि व्यवहारमा लागू गर्नुपर्दा टाउको लुकाएर भाग्नेहरू धेरै छन् । दुई देशबीचको नीति निर्माण तह एवं प्रशासनिक र जनसम्बन्धका एकाइहरूमा यस्तै प्रवृत्तिले घेराबन्दी गरिरहेको हुन्छ । वास्तविक तथ्यलाई उनीहरूले छेकबार गरेर सम्बन्धित ठाउँसम्म पुग्न दिंदैनन् । वास्तविकताभन्दा पनि आपूmले के बोलिदिंदा उपल्लो तह खुशी होला र आप्mनो स्वार्थ पूरा होला भन्ने ताकमा उनीहरू हुन्छन् । स्थानीयस्तरदेखि उपल्लो तहसम्म यो समस्या व्याप्त छ ।
नेपाल–भारतबीचको सम्बन्ध भन्ने गरेजस्तो ‘रोटीबेटी, रोजीरोटी वा मैत्रीपूर्ण’ भनेर विश्लेषण गर्नु नै त्रुटिपूर्ण छ । मुलुकका ४५ लाखभन्दा बढी युवा विश्वका विभिन्न मुलुकमा छन् । उनीहरूबाट हरेक दिन रेमिट्यान्स भित्रिरहेको छ । यो रोजीरोटीको सम्बन्ध होइन र ? त्यसै मुलुकमा एउटा ठूलो समुदाय जसको बिहेवारी भारतमा हुँदैन । कतिपय भारतीय र नेपाली समुदायबीच बिहेवारी एवं नोकरीको सम्बन्ध नै छैन । उनीहरू रोटी र बेटी दुईटै पक्षसँग सम्बन्धित नभएको हुँदा चलनचल्तीमा आएको नारा तथा परिभाषाले उनीहरूलाई नछोएको हो । मैत्री सम्बन्धको कुरा गर्ने हो भने विश्वका अधिकांश मुलुकसँग नेपालको मैत्री तथा भाइचारा सम्बन्ध छ । उसो भए नेपाल र भारतबीचको सम्बन्ध के हो त ? गहिरिएर बुझ्नुपर्छ ।
नेपाल र भारतबीच जुन सम्बन्ध छ, त्यो विश्वको अर्को कुनै मुलुकसँग छैन । अरू मुलुकहरूसँगको सम्बन्धभन्दा नितान्त पृथक, सहअस्तित्वको सम्बन्ध हो । यसलाई पारिवारिक सम्बन्ध वा वंशजको सम्बन्ध पनि भन्न सकिन्छ । पछि जोडिएको वा बनाइएको नभई प्राचीनकालदेखि एउटै वृक्षबाट पैmलिएका हाँगाहरू हुन् । नेपाल र भारतबीच आर्थिक, धार्मिक, सांस्कृतिक, राजनीतिक, ऐतिहासिक सम्बन्ध जोडिएको छ । रोटीबेटी र मैत्री यहीभित्र पर्छ । दुवैतर्पm थर, गोत्र, वर्ण, जाति, भाषा, रहनसहन, संस्कार एवं भेषभूषा मिल्ने समुदाय छ । सर्वसाधारण नागरिकदेखि मुलुकको उच्च तहमा रहेका अधिकांशको नाता, कुटुम्ब दुवैतर्पm छन् । नेपाल पुख्र्यौली भएका भारतीय नागरिक धेरै छन् । अनि भारत पुख्र्यौली भएका नेपाली नागरिक पनि धेरै छन् । दुई मुुलुकबीचको मनमुटाव पनि पारिवारिक नै हो । अरूसँगभन्दा धेरै खटपट आप्mनैसँग हुन्छ र माया पनि आफनैसँग हुन्छ । भारतमा पर्दा नेपालीले ज्यान दिने र नेपालमा पर्दा भारतले दिलबाटै सक्दो सहयोगमा जुट्नुको कारण पनि यही हो । बाहिरी कारणले कुनै बेला खटपट आउनु स्वाभाविकै हो । परिवारभित्रै पनि एकले अर्कोलाई गर्ने माया, सम्मान र इज्जतमा घात पर्ने काम कतैबाट हुनुहुँदैन । नत्र परिवारको बीचमा फुट पार्न चाहनेहरू दाउ खोजीरहेका हुन्छन् ।