–ऋषि तिवारी
सधैंजसो मर्निङवाक गरिसकेपछि चियापसल छिर्थें । अरूहरू पनि त्यसरी नै आउँथे । त्यहाँ सबैले चिन्न थालेका थिए । यसको पत्रिकामा रचनाहरू आउँदो रहेछ । कविता आउँदो रहेछ, मुक्तक आउँदो रहेछ, अनि आउँदो रहेछ फेरि कथाहरू पनि । एकजना, शायद ऊ मभन्दा जेठो उमेरको थियो, ले भन्यो– भाइ, एउटा मुक्तक सुनाऊ । म पनि के कम थिएँ र सुनाउन । म फुरुङ हुँदै सुनाउन कस्सिएर लागें । सबैले कान ठाडो पार्दै थिए । साहुनीलाई भनें– छिट्टै तातो चिया बनाउनुस् त । साहुनीले भनिन्– कतिवटा चिया बनाउँ ? मैले भनें– एउटा चिनीविनाको बनाउनुस्, चारवटा चिनीको ।”
मुक्तक सुन्न बस्नेहरू चियासँगै टेबल ठटाउने तयारीमा थिए । चिया आयो टेबलमा । एक सुरुप्प पारें । चिसो घाँटी अलिक तातेपछि मेरो मुखबाट मुक्तकको शब्द निस्किन नै लागेको थियो, तब मैले भनें– ल सुन्नुहोस् हैं तपाईंहरू ।
गाँजल छैन तिम्रो आँखामा, गजल लेख्न थालें,
मेकअप छैन तिम्रो अनुहारमा, मुक्तक लेख्न थालें,
तिम्रो रूप बैंससँगै एउटा कविता लेख्न थालें,
व्यथा त कति हो यो जीवनमा, एउटा कथा नै लेख्न थालें ।
एक्कासि टेबल थर्काउँदै चारैजनाले एकै स्वरले भने– वाह! वाह !! वाह!!!
–विराटनगर–६, ममतामार्ग