$type=ticker$count=12$cols=4$cate=0

आइकिया ः उत्पादन लागत नियन्त्रणको क्षेत्रमा चमत्कार

SHARE:

विश्वराज अधिकारी
    ज्ञान, विज्ञान, साहित्य, सबै क्षेत्रमा हामी पश्चिमीहरूभन्दा निकै पछाडि छौं । अर्थशास्त्रको क्षेत्रमा त झनै पछाडि छौं । ‘हामीले हिमाल उठायौं एशियाको माझमा, सभ्यता बास बसेथ्यो आएर यही साँझमा’ भन्दै हामीले गर्व गरे तापनि हामीले न त हाम्रो हातले हिमाल उठाएको हौं, न त हामीले कुनै पुरानो सभ्यताको विकास नै गरेको हौं । हिमाल प्रकृतिले हामीलाई दिएको उपहार हो । हामीले हाम्रो परिश्रमद्वारा सृजना गरेको होइन । त्यस कारण हिमाल हामीसँग भएकोमा हामी खुशी हुन सक्छौं तर हिमाल केवल हाम्रो सृजना हो भनेर गर्व भने गर्न सत्तैmनौं । त्यसैगरी, प्राचीन सभ्यताको विकास हाम्रो भूखण्डमा भएको भन्ने कुनै ऐतिहासिक तथ्य पनि हामीसँग छैन । न त मेसोमोटामियामा, न त रोमन, न त माया, न त इन्डस, कुनै पनि सभ्यताको विकास नेपालमा भएको थिएन । त्यस कारण नभएको कुरामा फुस्रो गर्व गर्नुहुँदैन । र, आउने पीढीलाई पनि फुस्रो गर्व गर भन्नुहुँदैन । जुन कुराको विकास हाम्रो सृजनाद्वारा भएको होइन, त्यसमा कसरी घमण्ड गर्नु ? तर अचम्म १ हामी घमण्ड गर्छौं र अनावश्यक गर्व गर्नु हाम्रो प्रवृत्तिजस्तो भएको छ । हामी घमण्ड गर्नमा बढी विश्वास गर्छौं, मौलिक सृजना गर्नुभन्दा । तर हामीले त्यसरी केवल फुस्रो गर्व वा घमण्ड गर्ने हो भने आउने पीढीले पनि कुनै मौलिक सृजना गर्ने छैनन्, केवल घमण्ड मात्र गर्नेछन्, हामीसँग यस्तो छ, त्यस्तो छ भनेर ।
    हामी पश्चिमीहरूभन्दा ज्ञान, विज्ञान आदिको क्षेत्रमा पछाडि मात्र होइन, सयौं वर्ष पछाडि छौं भन्ने तथ्य हामीले विना कुनै विवाद स्वीकार गर्नुपर्छ । बरु ज्ञान, विज्ञान, अर्थशास्त्रको क्षेत्रमा हामी कसरी अगाडि बढ्न सक्छौं, नवनिर्माणका लागि विश्वमा हामी कसरी एक नम्बर हुन सक्छौं, त्यसबारे सोच्नुपर्छ, सदैव क्रियाशील हुनुपर्छ । केही रचनात्मक कार्य नगरी केवल हामीले हिमाल उचाल्यौं भन्नुको कुनै अर्थ छैन ।
    यस आलेखमा भने अर्थशास्त्रको क्षेत्रमा हामी कति पछाडि छौं, त्यसबारे चर्चा गरौं । अफ्रिकाको केही भूभाग र एशिकाको दक्षिण क्षेत्र विश्वमा नै कृषिको लागि उत्तम क्षेत्र मानिन्छ । विश्वका त्यस्ता धेरै भूभाग छन्, जुन हिउँले वा बालुवाले पुरिएका (मरुभूमि) छन् । ती क्षेत्रहरूमा कुनै पनि किसिमको खाद्यान्न उत्पादन गर्न सकिंदैन । तर दक्षिण एशिया क्षेत्रमा वर्षमा तीन बाली सजिलै लगाउन सकिन्छ र गर्ने सके चार बाली पनि लगाउन सकिन्छ । तर अफसोच १ यो क्षेत्रमा खाद्यान्नको ठूलो अभाव छ । खाद्यान्न, फलपूmल, तरकारी महँगो छ । दक्षिण एशिया क्षेत्रमा त गरीब परिवारहरूले फलपूmल नियमित खान पाउनु सपना हुन पुगेको छ । जबकि त्यस्तो नहुनु पर्ने हो । दक्षिण एशिया अन्न, फलपूmल, तरकारीको भण्डार हुनुपर्ने हो । तर ज्ञानको अभावमा यो क्षेत्रको उत्पादकत्वको अधिकतम उपयोग गर्न सकिएको छैन ।
    हाम्रो नेपालको सन्दर्भमा कृषि केवल निर्वाह हुन पुगेको छ । तराईको समतल भूभागमा उत्पादकत्व वृद्धि गरेर ठूलो मात्रामा अन्न, तरकारी, फलपूmल उत्पादन गर्न सकिएको छैन । पहाडी क्षेत्रमा कृषिलाई व्यापक तुल्याउन सकिएको छैन । यी क्षेत्रहरूको समुचित उपयोग गर्ने हो भने अन्न, तरकारी, फलपूmलको उत्पादन अभिवृद्धि गरेर बजारमा यी कुराहरूको आपूर्ति बढाउन सकिन्छ । आपूर्ति बढाएर महँगी कम पार्न सकिन्छ । नेपालमा महँगी बढ्नु र निर्वाह लागत
(ीष्खष्लन ऋयकत) खर्चिलो हुनुको प्रमुख कारण नै हामीले यथेष्ट मात्रामा उत्पादन गर्न नसक्नु र जीवनयापनका लागि आवश्यक पर्ने वस्तुहरूको मूल्य कसरी कम पार्न सकिन्छ त्यसबारे नसोच्नु हो ।
    विदेशमा र खासगरी अमेरिका एवं पश्चिमी युरोपका देशहरूमा वस्तु वा सेवाको मूल्य कसरी कम पार्न सकिन्छ ? उत्पादन एवं वितरण लागत कसरी कम पार्न सकिन्छ ? यी कार्यहरू गरेर कसरी उपभोक्ताहरूलाई सस्तोमा वस्तु एवं सेवाहरू बिक्री गर्न सकिन्छ ? यी कुराहरू थाहा पाउन नियमित किसिमले अध्ययन एवं अनुसन्धान गरिन्छ । उत्पादन एवं वितरणको क्षेत्रमा, लागत कम पार्नका लागि, वस्तु एवं सेवाको मूल्य कम पार्नका लागि नियमित किसिमले अध्ययन एवं अनुसन्धान गरिन्छ ।
    हामीकहाँ लागत कम पार्नका लागि अध्ययन एवं अनुसन्धान गर्ने चलन नै छैन । यो कारणले गर्दा पनि हाम्रो देशमा महँगी जीवनको एउटा अभिन्न अङ्ग हुन पुगेको छ । जहिले पनि हामी महँगीको जाँतोमा थिचिएका हुन्छौं । हाम्रो मुद्राको क्रयशक्ति दिन प्रतिदिन घटिरहेको छ । हामीकहाँ एक रुपैयाँ (नेपाली मुद्राको सबैभन्दा सानो एकाइ)ले एक छाक पेटभरि खान पाउनु सपनाको कुरा हुन पुगेको छ । तर अमेरिका वा ब्रिटेनमा क्रमशः एक डलर वा पाउन्ड (त्यहाँका मुद्राको सबैभन्दा सानो एकाइ)मा एक छाक पेटभरि खान सकिन्छ । अर्थात् मुद्राको सबैभन्दा सानो एकाइले पनि एक छाकलाई पुग्ने खाद्य सामग्री खरीद गर्ने क्षमता राख्छ । यस्तो दुई कारणले गर्दा हुन सकेको हो । प्रथम त यी दुवै मुलुकहरूको आप्mनो उत्पादन अधिक छ, दोस्रो यी मुलुकहरूले उत्पादन लागत कसरी कम पारेर उपभोक्ताहरूलाई सस्तोमा वस्तु एवं सेवा बिक्री गर्न सकिन्छ भनी थाहा पाउन अध्ययन एवं अनुसन्धान नियमित किसिमले गर्छ ।
    वस्तु एवं सेवाको मूल्यलाई कम पारेर र कम आय भएका उपभोक्ताहरूले पनि सजिलै खरीद गर्न सक्ने अवस्था सृजना गर्न एक उत्पादक, एक उत्पादन संस्थाले गरेको एक अति नै सराहनीय एवं चमत्कारी कार्यको चर्चा गरौं । त्यस्तो चमात्कारी कार्य आइकिया (क्ष्प्भ्ब्) ले गरेको छ ।
    सन् १९४३ मा युरोपेली राष्ट्र स्वीडेनमा स्थापना भएको यो (आइकिया) उत्पादन संस्थाले विभिन्न किसिमका फर्निचर, भान्साका सामान एवं घरेलु उपयोगका अनेक सामग्रीहरू उपत्पादन गर्छ । यसका संस्थापक, इङ्भार कमप्राड (भ्लनखबच प्बmउचबम)ले यो संस्थाको स्थापना सन् १९४३ मा गर्दा उनको उमेर केवल १७ वर्ष थियो । सत्र वर्षको उमेरमा कमप्राडले विश्वविख्यात संस्थाको सृजना गरेका थिए । यो संस्थाको सृजना उनले सस्तोमा सामग्रीहरू उपभोक्तालाई उपलब्ध गराउने सपनाबाट प्रेरित भएर गरेका थिए । अहिले आइकियाका बिक्री कक्षहरूको सङ्ख्या ४३३ रहेको छ भने यसको व्यापारिक कारोबार (बिक्री) ५२ देशमा पैmलिएको छ । सन् २००८ देखि आइकियाले, फर्निचरको खुद्रा भण्डारमा, विश्वको सबैभन्दा ठूलो खुद्रा भण्डारको उपाधि पाएको छ । ब्लुम्बर्गले प्रकाशित गर्ने करोडपतिहरूको सूचकाङ्क अनुसार सन् २०१८ मा आइकियाका संस्थापक कमप्राड विश्वका आठौं अति धनी हुन पुगेका थिए । संसारभरिमा फर्निचर निर्माणका लागि प्रयोग हुने कुल काठमध्ये आइकियाले विभिन्न किसिमका सामग्री  (फर्निचर)हरू तयार पार्न १ प्रतिशत काठ प्रयोग (खपत) गर्छ । सन् २०१८ मा विश्वभरि छरिएका यसका बिक्री कक्षहरूबाट ४४.६ बिलियन डलर
(अमेरिकी)का सामग्रीहरू बिक्री भएका थिए । अमेरिकाका विभिन्न शहरहरूमा पनि आइकियाका बिक्री कक्षहरू देख्न सकिन्छ । कम आय भएका उपभोक्ताहरूमाझ आइकियाका सामग्री (विशेषगरी फर्निचर)हरू निकै लोकप्रिय छन् ।
    आइकियाले आप्mना ग्राहकहरूलाई मुख्यगरी फर्निचर सस्तोमा उपलब्ध गराउँछ । उपभोक्ताहरूलाई सस्तोमा फर्निचरहरू उपलब्ध गराउने आइकियाको व्यापारिक रणनीति (द्यगकष्लभकक क्तचबतभनष्भक) विशेष किसिमको छ । आइकियाले आप्mना बिक्री कक्षहरूमा तयारीको अवस्थामा फर्निचर राखेको हुँदैन । केवल प्रदर्शन गर्ने (म्झय) फर्निचरहरू मात्र तयारीको अवस्थामा राखेको हुन्छ । बाँकीका फर्निचरहरू अर्धतयारी (च्भबमथ(तय(बककझदभि) अवस्थामा हुन्छन् । ग्राहकहरूले प्रदर्शनका लागि राखिएका फर्निचरहरू हरेर रङ्ग, आकार, डिजाइन आदि विचार गरेर खरीद निर्णय गर्नुपर्छ । अर्थात् ग्राहकहरूले अर्धतयारी अवस्थामा खरीद गर्नुपर्छ । घर लगेर उक्त अर्धतयारीको अवस्थामा रहेको फर्निचर ग्राहक आपैंmले तयार (ब्ककझदभि) गर्नुपर्छ । तर कसरी तयार पार्ने भनी निर्देशन पुस्तिका र सानातिना औजारहरू आइकियाले सामानसँगै ग्राहकलाई उपलब्ध गराएको हुन्छ ।
    यसरी अर्धतयारी अवस्थामा रहेको सामान खरीद गरेर त्यसलाई आपैंmले पूर्णता (आप्mनो श्रम लगानी गरेर) दिएर ग्राहकले सस्तोमा सामान खरीद गर्ने अवसर पाउँछ भने अर्कोतिर अर्धतयारीको अवस्थमा वस्तुहरू उत्पादन गरेर, उत्पादन लागत जोगाएर, आइकियाले ग्राहकहरूलाई सस्तोमा सामानहरू बिक्री गर्न सक्ने क्षमता प्राप्त गर्छ ।
    यस किसिमको व्यापारिक रणनीति प्रयोग गरेर आइकिया संसारमा नै सस्तोमा फर्निचर बिक्री गर्ने संस्थाहरूको माझ अग्रपङ्क्तिमा छ । पूर्ण तयारीको अवस्थामा उसले फर्निचर बिक्री गर्ने गरेको भए निश्चय पनि ती फर्निचरहरू महँगा हुने थिए । यसको विपरीत ग्राहकहरूलाई नै केही काम (ब्ककझदष्लिन वयद) दिएर आइकियाले फर्निचरको मूल्य सस्तो पार्ने कार्य गरेको छ । यस किसिमको अवधारणा (ग्राहकले वस्तुलाई पूर्णता दिने सोचाइ) आपैंmमा ठूलो बौद्धिक सृजना हो । आइकियाको यो चमत्कारी बौद्धिक सृजनाले गर्दा कम आय भएका व्यक्तिहरू पनि विभिन्न किसिमका फर्निचरहरू खरीद गर्न सक्षम भएका छन् । अर्कोतिर, अर्धतयारी अवस्थाका फर्निचरहरू निर्माण गरेर आइकियाले ठूलो मात्रामा उत्पादन लागत कम पार्न सकेको छ । र, कम पार्न सकेको उत्पादन लागतलाई उत्पादित वस्तुहरूको मूल्य कम पार्नमा प्रयोग गरेको छ । यो न हो सफल व्यापारिक बुद्धि १ सफल बजार रणनीति १ ज्ञान र त्यसको सफल उपयोग १
    आइकियाले अर्को किसिमको फाइदा पनि प्राप्त गरिरहेको छ । त्यो के हो भने उसका फर्निचरहरू कम मूल्य
(प्रतिस्पर्धीहरूको भन्दा)का र सस्तो भएकाले ठूलो परिमाणमा विश्वभरि नै बिक्री भइरहेका छन् ।
    हामीकहाँको व्यापारिक अवधारणा निकै पृथक छ । व्यापारीहरू आप्mनो वस्तुको चर्को मूल्य राखेर, बढी मुनाफा दिएर, छोटो समयमा नै अरबपति हुने लक्ष्य राख्छन् । न त मूल्य कम पार्ने प्रयास गर्छन्, न त कसरी मूल्य कम पार्न सकिन्छ भनी अध्ययन र अनुसन्धान नै गर्छन् । मारमा भने ग्राहकहरू परेका छन्, जहिले पनि महँगीको चपेटामा छन् । हामीसँग साधनहरूको पर्याप्तता छ । कमी छ भने ज्ञानको । र, ज्ञान उपयोग गर्ने तत्परताको ।
    एउटै सडकलाई एकचोटि खानेपानीका लागि खन्छौं, फेरि पुर्छौं । त्यही सडकलाई फेरि नालाका लागि खन्छौं, फेरि पुर्छौं । फेरि त्यही सडकलाई फोनका लागि फेरि खन्छौं, फेरि पुर्छौं । फेरि बिजुलीका लागि खन्छौं, पुर्छौं । यसरी एउटै सडकलाई चार/पाँच चोटि खन्छौं र पुर्छौं अनि भन्छौं हामी ज्ञानको क्षेत्रमा अगाडि छौं ।
    त्यस कारण हामीसँग पर्याप्त बुद्धि र ज्ञान छ भन्ने घमण्ड छोडौं । रचनात्मक सोंचको विकास कसरी गर्न सकिन्छ त्यसतर्पm ध्यान दिऔं ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : आइकिया ः उत्पादन लागत नियन्त्रणको क्षेत्रमा चमत्कार
आइकिया ः उत्पादन लागत नियन्त्रणको क्षेत्रमा चमत्कार
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh2Yn0PdpPqV2Qqi2ZLqJ9LmV4Kxg68RBGLo-0RUF-sh9R6KZ9ubRAuRG1-MYhEe0ubU_2b6eBNEstsoH2HOk9vgB_TQ_9ByDXJNRR3Dn7Z1mDHPeEr3sdA8p6RaMWYaJRdTilaRDvDykjS/s200/bishwraj+adhikari.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh2Yn0PdpPqV2Qqi2ZLqJ9LmV4Kxg68RBGLo-0RUF-sh9R6KZ9ubRAuRG1-MYhEe0ubU_2b6eBNEstsoH2HOk9vgB_TQ_9ByDXJNRR3Dn7Z1mDHPeEr3sdA8p6RaMWYaJRdTilaRDvDykjS/s72-c/bishwraj+adhikari.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/12/blog-post_737.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/12/blog-post_737.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy