$type=ticker$count=12$cols=4$cate=0

मुलुकको आगामी चुनौती र दलीय सहकार्यको अवस्था

SHARE:

अधिवक्ता वीरेन्द्रप्रसाद यादव
    लामो समयको सङ्घर्षपछि जारी भएको सङ्घीय गणतन्त्रात्मक नेपालको संविधान जारी हुने बेलाअघि तथा तत्कालपछि चुनौती थियो । त्योभन्दा कम अहिले पनि छैन । संविधानलाई अनेकांै विमतिका बावजूद पनि केही शक्तिले स्वीकार गरे पनि त्यो समर्थन सशर्त छ । सशर्त यस कारण कि समर्थन गर्ने पक्षले संशोधनको अपेक्षा साथ समर्थन गरेको छ भने समर्थन गराउने पक्षले पनि संशोधन गर्ने प्रतिबद्धता गरी समर्थन गराएको छ । तर उक्त संशोधन हुने कुनै छनक छैन । गत वर्षसम्म त सरकारले संशोधनको प्रस्तावसम्म संसद्मा लगेर आश्वस्त पारेको थियो । संशोधनको लागि चाहिने समर्थन नजुट्दा फिर्ता लियो तर त्यसपछिको सरकारले त संशोधनको चर्चा पनि गरेको छैन । जबकि संविधानमा रहेका केही व्यवस्थाहरूको विरोधाभासले संशोधन अपरिहार्य छ नै ।
    संविधानले पनि गतिशीलताको सिद्धान्त बोकेको छ । जुन सकारात्मक हो । प्रधानमन्त्रीसँगको छलफलविना नै एकजना मन्त्रीले संशोधन प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लग्दा अप्रत्याशितरूपले पदबाट राजीनामा मात्र दिनुपरेको छैन, सिङ्गो पार्टी नै सरकारबाट फिर्ता भएको छ । सरकारलाई दिएको आप्mनो समर्थन फिर्ता लिएको छ । यद्यपि उक्त समर्थन फिर्ताले सत्ता सञ्चालनमा खासै असर नपरे पनि दुई तिहाइको बहुमत टुटेको छ । जुन सरकारको लागि स्वस्थकर होइन । यसर्थ पाएको समर्थनलाई सरकारले बचाउन सक्नुपथ्र्यो । समर्थन फिर्ता लिने दल पनि सरकारमा गएको झन्डै दुई वर्षपछि संशोधनविना नै समर्थन फिर्ता लिएको छ । यसर्थ संविधान संशोधनकै लागि सरकारमा सहभागी भएको भनिएको कथन यथार्थ रहेनछ भन्ने बुझिन्छ । किनभने सरकारको समर्थन गरेर सरकारमा सहभागी भएपनि मुख्य दलले कहिले पनि संशोधनको सन्दर्भमा सकारात्मक कुरा गरेको देखिएको थिएन भने संशोधन गराउन गएको दलले पनि जोडदाररूपले संशोधनको लागि दबाब दिएको देखिएन । यसबाट सरकारमा लानु र जानुको पछाडि संविधान संशोधनको प्रतिबद्धता एउटा देखावा मात्र थियो भन्ने बुभ्mन गा¥हो पर्दैन । जुन आगामी दिनको लागि हितकर नहुन सक्छ । जनतालाई गरेको वाचा हरेक शक्तिले पूरा गर्नुपर्छ किनभने प्रजातन्त्रमा जनताभन्दा माथि कोही हँुदैन । यसैले अब्राहम लिङ्कनले भनेका थिए प्रजातन्त्र भनेको जनताद्वारा जनताको लागि  गरिने शासन नै हो ।
    सिद्धान्ततः र संविधानतः नेपालमा प्रजातन्त्र लागू भएपनि यसलाई पूर्णरूपले व्यवहारमा ल्याउन जरूरी छ । अहिलेको संविधानले लोकतन्त्र, गणतन्त्र तथा सङ्घीयताको व्यवस्था गरी तीन तहको सरकार र तीन तहको व्यवस्थापिकाको व्यवस्था गरी समृद्धिको मार्ग फराकिलो गर्नुका साथै आर्थिक भार पनि बढाएको छ । जुन मुलुकले एउटा सरकारको खर्च धान्थ्यो त्यो मुलुकले ७६१ सरकारको र त्यत्तिकै व्यवस्थापिका–संसद्को भार बोकेको छ । जुन क्षमताभन्दा निकै बढी हो । यही अनुपातमा खर्च पनि बढेको छ तर स्रोतमा खासै वृद्धि भएको छैन, करबाहेक । जनताउपर करको अनुपात निकै बढेको छ । जसलाई जनताले सहजरूपमा नलिए पनि कार्यान्वयनमा पनि आनाकानी गरेको देखिन्न । स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले बढाएको करको दर तिर्नु भनेको सङ्घीयतालाई कार्यान्वयनमा लैजान जनताको सकारात्मक सहयोग हो । सङ्घीयताले खर्च बढाए पनि देखिने गरी विकासको अनुपात पनि बढाएको छ ।
    अहिले लगभग मुलुकभरि नै सडक निर्माणमा विकास भएको छ । सडकको मर्मत सम्भार मात्र होइन, नयाँ सडकको विस्तार पनि भएको छ । कृषि, उद्योग, पयर्टन, शिक्षा, स्वास्थ्यलगायतमा स्थानीय तहलाई अधिकार प्रदान भएपछि विगतको तुलनामा अहिले केही सकारात्मक अवस्था छ । तथापि चुस्त र दुरुस्त नियमनकारी निकायको अभाव एवं अनुभवको कमीले दुरुपयोगको पनि जोखिम उत्तिकै छ । एउटै सडक विस्तारमा तीनपटकसम्म तोड्नु, भत्काउनु, बनाउनु, पिच बनाइसकेपछि पिच तोडी पुनः नाला बनाउनु, नाला बनाएपछि पुनः मर्मत गर्नु, तीस मिटरको राजमार्गमा १२ मिटर एक प्याकेजमा बनाउनु र बाँकी अर्को वर्ष बनाउने नीति लिनुलगायतले खर्च बढी हुने तर निर्माण कमजोर हुने अवस्था छ । जसको सूक्ष्म अनुगमन हुनुपर्छ । टेन्डर दिंदा र लिंदा सार्वजनिक खरीद ऐनलगायतको मर्म अनुसार नभएको दाबी गरी विवादहरू अदालतमा जानु, नातावाद कृपावाद हावी भएको आरोप लगाउनु, विदेश भ्रमणको खर्च बढ्नु, सवारीसाधनमा बढी लगानी हुनुलगायतबाट खर्चमा नियन्त्रणको अभाव देखिन्छ । जसले पहिलो गाँसमा नै ढुङ्गा देखाइ असफलतातर्पm डो¥याउन सक्छ ।
    संविधानले सङ्घीय सरकारको आदेश तथा निर्देशन पालना गर्नुपर्ने संवैधानिक कर्तव्यको रूपमा किटान गरेको छ तर अहिलेसम्म अधिकारको बाँडफाँट सम्बन्धमा केन्द्र र प्रदेशबीचमा सहकार्य भएको पाइन्न । प्रदेश प्रहरी, प्रदेश लोकसेवा आयोगलगायतका विषयमा अद्यापि कानूनसम्म नबन्नु एक खाले चुनFैती नै हो । विकासको वृद्धिले आमजनता व्यवस्थाप्रति खुशी छ । तर पनि जुन अनुपातमा सफलता देखिनुपर्ने हो, सो देखिएको छैन । अन्तर्राष्ट्रिय शक्तिसँगको मुलुकको सकारात्मक सम्बन्ध तथा छिमेकीहरूसँगको पनि राम्रो सम्बन्धले नयाँ व्यवस्थालाई सघाउ पु¥याएको छ तर उत्तर छिमेकीको बढ्दो अपेक्षा एवं दक्षिण छिमेकमा चर्केको विवादलगायतले असर नगर्ने होइन ।
    तीन तहको सरकारको अनुभूति गर्न सयकडौं कानून निर्माण हुन आवश्यक भएपनि हालसम्म पूरा कानून पनि निर्माण भएको छैन । स्थानीय सरकार विवादबाट मुक्त छैन भने प्रदेश सरकार सानोतिनो कार्यक्रमको उद्घाटन एवं बिदाको निर्णयमा नै बढी व्यस्त देखिन्छ । अर्थात् केन्द्र, प्रदेश तथा स्थानीयमा एकदमै समन्वयको अभाव छ । जुन चुनौती हो । यो चुनौती यस कारणले बढेको छ कि नयाँ व्यवस्था लागू भएको केही वर्षसम्म दलहरूमा एकता र सहकार्य हुनुपथ्र्यो, जुन हुन सकेन । निर्वाचनसँगै दलीयवादको आधारमा ध्रुवीकरण भयो । जुन शक्तिहरू मिलेर व्यवस्था ल्याए, ती शक्तिहरू व्यवस्था लागू हुनेबित्तिकै एकार्काको विपरीत ध्रुवमा उभे । केही अवधिसम्म विपक्षी दलको आवश्यक नभए पनि लगत्तै विपक्षी दल बन्यो र प्रतिपक्ष लोकतन्त्रको गहनाको रूपमा चिनिए पनि प्रतिपक्ष सशक्त हुनुपर्छ । अहिलेको चुनFैती प्रतिपक्ष कमजोर भएर पनि भएको हो । सङ्घमा सरकारसँग दुई तिहाइ थियो तर प्रतिपक्ष आप्mनै दलमा तीन खेमामा विभाजित छ । केन्द्रीय बैठकसम्म सहमतिमा बस्न नसकेको प्रतिपक्षले दुई तिहाइ बहुमतको सरकारको गतिविधिलाई कसरी आलोचना गर्न सक्छ, विचारणीय प्रश्न छ ।
    अहिले हिउँदे अधिवेशन शुरू भएको छ । हिउँदे अधिवेशनबाट आमजनताले सकारात्मक सन्देशको अपेक्षा राखेको छ । जुन तब मात्र पूरा हुन्छ, जब सहमतिमा मुलुकले चाहेका कानूनहरूको निमर्Fण एवं कार्यान्वयन हुन्छ । संविधानले अत्यधिक अधिकार मौलिक हकभित्र राखेको छ । जुन सकारात्मक कुरा हो तर मौलिक हकमा राखेको अधिकार सरकारले स्वस्पूर्mतरूपमा लागू गर्न सक्नुपर्छ । मौलिक हकमा शर्त हुनुहुँदैन तर सङ्घीय कानूनमा भएबमोजिम लेखिएको छ । जसको अर्थ छैन । पोखरा– लुम्बिनी रेलसेवा जस्तो अति महŒवपूर्ण विकास कार्य अगाडि बढ्दैछ । जुन सकारात्मक हो तर यसमा सबै शक्तिको समर्थन र सकारात्मक विश्लेषण हुन जरूरी छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : मुलुकको आगामी चुनौती र दलीय सहकार्यको अवस्था
मुलुकको आगामी चुनौती र दलीय सहकार्यको अवस्था
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi8jUpRAqQNyXwgGo9u_deqOpkX8RVOgkV32u5bgZeCGzXtLoIWQCyyKhCns8ygO-g43elzkQo_GEhxFZeQQ1H-WmDqNARySfhDtMnRgpRPA6WD8UJmvjjXl-X7vTQdBFuNnEfvdQrAPFga/s200/birendra+yadav.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi8jUpRAqQNyXwgGo9u_deqOpkX8RVOgkV32u5bgZeCGzXtLoIWQCyyKhCns8ygO-g43elzkQo_GEhxFZeQQ1H-WmDqNARySfhDtMnRgpRPA6WD8UJmvjjXl-X7vTQdBFuNnEfvdQrAPFga/s72-c/birendra+yadav.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/12/blog-post_587.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/12/blog-post_587.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy