प्रस, वीरगंज, १५ पुस/
नेशनल इन्फोटेक कलेजले साताव्यापी खेलकूदको आयोजना गरेको छ।
नेशनल इन्फोटेकका प्राचार्य मनीष सिंह खेलकूद कार्यक्रमको उद्घाटन गर्दै पढाइको साथसाथै खेलकूद पनि विद्यार्थीहरूका लागि आवश्यक रहेको बताए । उनले खेलकूदबाट विद्यार्थीहरूमा आत्मविश्वास बढ्ने, सामूहिक भावना बढ्ने, मानसिक र शारीरिकरूपले स्वस्थ रहँदा पढाइमा समेत राम्रो प्रभाव पर्ने बताए ।
पुस १५ देखि २० गतेसम्म चल्ने यस प्रतियोगितामा एथलेटिक्स, चेस, टेबल टेनिस, पुरुष र महिला ब्याडमिन्टन, पूmटबल र क्रिकेट प्रतियोगितालगायतका खेलहरू सामेल छन् भने पहिलोपटक वीरगंजमा महिला क्रिकेटको विकासका लागि महिला क्रिकेट पनि खेलकूदमा सामेल गरिएको इन्फोटेकले जनाएको छ ।
सो खेलकूद कार्यक्रम अन्तर्गत मङ्गलवार सम्पन्न टेबलटेनिस प्रतियोगितामा कक्षा ११ र १२ का ३६ जना विद्यार्थीको सहभागिता थियो, जसमध्ये कक्षा १२ का स्वर्णिम वर्णवाल विजयी भए । उनले कक्षा ११ का श्रेष श्रेष्ठ पराजित गरेका थिए ।
भोलि पुस १६ गते इन्फोटेकको प्राङ्गणमा केटा र केटीको ब्याडमिन्टन प्रतियोगिता हुनेछ भने केटाहरूको क्रिकेट प्रतियोगिता आदर्शनगरको क्रिकेट मैदानमा हुनेछ ।