प्रस, वीरगंज, १४ पुस/
महानगरपालिकाको लेखा शाखामा कार्यरत कर्मचारी रु १५ हजार घूससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कम्प्युटर अपरेटरमा दरबन्दी भएको तर कार्डमा लेखापाल लेखिएको राकेशकुमार जैसवाललाई घूससहित रङ्गेहात पक्राउ गरेको हो । जैसवालले वीरगंज महानगरपालिका–३० मा ढलान सडक निर्माण कार्यको भुक्तानी दिनको लागि रु १५ हजार घूस माग गरेको र सो रकम सेवाग्राहीले दिन जाँदा अख्तियारको टोलीले पक्राउ गरेको थियो।
लेखा अधिकृत रूपनारायण राउतको कार्यकक्ष्Fभित्र रहेको सोफासेटभित्र लुकाइराखेको रु १५ हजार वडाध्यक्ष नगिना साह कानूले गनेर अख्तियार तथा सञ्चारकर्मीको अगाडि सार्वजनिक गरेका थिए । बारा, सिम्रौनगढ–४ घर भएका जैसवाल २०७० सालमा कम्प्युटर अपरेटरमा करार सेवामा नियुक्त भएका हुन् ।
अख्तियारको नियन्त्रणमा परेका जैसवालले आपूm निर्दोष रहेको र फसाउन खोजेको सञ्चारकर्मीहरूलाई जानकारी गराएका थिए ।
पिकनिक जाने बेलामा आपूmले कृष्ण भन्ने व्यक्तिलाई रकम सापटी दिएकोमा सो रकम आपूmले पटकपटक माग गरेपछि कृष्णले नै अख्तियार टोली बोलाइ पक्राउ गर्न लगाएको जैसवालले बताए ।
जैसवाललाई आवश्यक कारबाईको लागि हेटौंडा लगिएको छ ।