प्रस, वीरगंज, १४ पुस/
एक महीनाअघि सरूवा भई वीरगंज आएका पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमवार पर्साका सञ्चारकर्मीहरूसँग भेटघाट कार्यक्रम गरेका छन् ।
सञ्चारकर्मीहरूले पर्साका सुरक्षा निकायले जनतालाई दुःख दिइरहेको जानकारी गराएका थिए । बजारबाट बिलबिजकसहित सामान खरीद गरी ल्याउँदा तस्करी गरेको भन्दै प्रहरीले सामान पक्राउ गरी भन्सार बुझाउनेक्रम बढेको जानकारी गराएका थिए । जिल्लाभरि तस्करी बढेकोले राजस्व सङ्कलनमा व्यापक असर परिरहेको बताएका थिए । सरकारी कार्यालयमा सेवाग्राहीहरूको काम रकमविना नहुने गरेको सञ्चारकर्मीहरूले जानकारी गराएका थिए ।
प्रजिअ बस्नेतले सुरक्षा व्यवस्था मिलाउने आप्mनो जिम्मेवारी रहेको र सरकारी कार्यालयमा हुने भ्रष्टाचार नियन्त्रण र सेवाग्राहीको काम छिटोछरितो गराउन पहल गर्ने आश्वासन दिए । उनले जिप्रकामार्पmत् छिटोभन्दा छिटो सेवा दिनेक्रममा कम्तीमा ५ मिनेटभित्र नागरिकता दिने व्यवस्था मिलाइरहेको बताए । नागरिकता प्रतिलिपि शाखामा भीड हुने गरेकोले सोको व्यवस्था मिलाउन थप कर्मचारीको व्यवस्थापन गर्ने उनले बताए । जिप्रकाभित्र फ्री वाइफाई सेवा शुरू भएको उनले बताए । पत्रकार र सुरक्ष्Fा निकाय नमिलेसम्म जिल्लाको सुरक्ष्Fा व्यवस्था बलियो नहुने प्रजिअ बस्नेतले धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का अध्यक्ष दिपेन्द्र चौहान, पर्सा अध्यक्ष श्याम बन्जारालगायतले धारणा राखेका थिए । कार्यक्रममा पर्साका सञ्चारकर्मी तथा सुरक्ष्Fा निकायका पदाधिकारीहरूको उपस्थिति थियो ।