प्रस, निजगढ, १५ पुस/
नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर निजगढ नगरपालिका क्षेत्रका पर्यटकीय गन्तव्यको पहिचान र प्रर्वद्धनका लागि ‘राइड अफ निजगढ’ नाम दिएर कार्यक्रमको तयारी भएको छ ।
भ्रमण वर्ष शुभारम्भ मूल समारोह समिति निजगढले मङ्गलवार पत्रकार सम्मेलन गरी सो कुरा जानकारी दिएको हो । बुधवार बिहान नेपालकै राष्ट्रिय गौरवका आयोजनामध्येको निर्माणाधीन फास्ट ट्र्याकबाट साइकल, मोटरसाइकल राइड हुने र निजगढ नगरपालिकाभरिका पर्यटकीय क्षेत्र, मठमन्दिर, दह, भ्यूटावर, मोहोरीस्थित गणेशमान पार्क, शहीद हीरालाल पार्कलगायतका स्थानमा पुगी भ्रमण वर्षका लागि बाह्य र आन्तरिक पर्यटकहरूलाई पर्यटकीयस्थल भएको सन्देश दिने तयारी रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
मुलुकले २०२० लाई भ्रमण वर्ष मनाइरहँदा निजगढ नगरभित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने निजगढ नगर उपप्रमुख लीलादेवी लामिछानेले बताइन् ।
नगरभित्रका पुराना ऐतिहासिक मठमन्दिर, हलखोरिया दहलगायतका पर्यटकीय क्षेत्रले पर्यटकलाई आकर्षित गर्न सक्ने भएकोले प्रचारप्रसारको जरूरी रहेको निजगढ नगरप्रमुख सुरेशकुमार खनालले बताए ।
सो अवसरमा वडाध्यक्ष केशव ढोडारी, ज्ञानेन्दप्रसाद चौलागाईं, भोलाप्रसाद गौतमलगायतले राइड कार्यक्रमबारे जानकारी दिएका थिए । भोलि हुने कार्यक्रमका लागि बारा साइकिलिङ सङ्घ बारा र हेटौंडाका गरी ६० जना साइकिलिङ यात्री, २०० जना मोटरसाइकल यात्री सहभागी हुने आयोजक संस्थाले जनाएको छ ।