प्रस, परवानीपुर, १५ पुस/
प्रभु अस्पतालमा उपचारको क्रममा दुईजना सुत्केरीको मृत्यु भएको घटनाका पीडित पक्षले मङ्गलवार पत्रकार सम्मेलन गरी दोषी चिकित्सकलाई कारबाई गर्नुपर्ने माग गरेका छन् ।
प्रभु अस्पतालमा उपचारको क्रममा मृत्यु भएका वीरगंज–३ भगवतीटोलकी स्व. अमृता श्रेष्ठको परिवारजन र बारा, पचरौता नगरपालिका–१ पिपरपातीकी स्व. सुनीतादेवी ठाकुरका परिवारजनले यस्तो माग गरेका हुन् । नेपाल पत्रकार महासङ्घ पर्साको सभाकक्षमा भएको पत्रकार सम्मेलनमा मृतकका परिवारजन कडारूपमा प्रस्तुत भएका थिए । अमृताकी आमा निशा श्रेष्ठले डा. लक्ष्मी थापाको लाइसेन्स खारेज गर्न र जेल हाल्नुपर्ने माग गरिन् । मेडिकल काउन्सिलको ऐन अनुसार उपचारमा लापरवाही गरी बिरामीको मृत्यु हुन गएमा २५ वर्ष जेलसजाय हुने व्यवस्था रहेको दलील पेश गर्दै उनले सोही अनुसार छानबीन गरी दोषी चिकित्सकलाई कारबाई गर्नुपर्ने माग गरिन् ।
प्रसूति हुने अन्तिम घडीमा डाक्टरले बोलाएको र अमृता तथा परिवारजनलाई शल्यक्रिया नगरे सालनालमा बच्चा बेरिने, दिसा खाने, बच्चा मर्न सक्ने भन्दै त्रास देखाइ शल्यक्रिया गरी बच्चा निकालेको उनीहरूको भनाइ थियो ।
आन्तरिक रक्तस्रावले गर्दा अमृतासँगै सुनीतादेवीको पनि मृत्यु भएको संयुक्त पत्रकार सम्मेलनमा पीडित परिवारजनले बताए ।
सुनीताका जेठाजु साहेब ठाकुरले पनि छानबीन गरी दोषीमाथि कारबाईको माग गरे ।
गत मङ्सिर ८ गते राति १२ बजेअगावै सुनीताको र १ बजे अमृताको शल्यक्रिया गरी शिशु निकालिएको थियो । दुवैजनाले छोरा जन्माएका थिए । बच्चाहरू अहिले ठीक अवस्थामा छन् ।