प्रस, पथलैया, १३ पुस/
बाराको सिमरा रङ्गशालामा सञ्चालन गरिएको ग्रासरूट पूmटबल लिगको उपाधि सेन्ट जोन्स स्कूलले जितेको छ ।
डुमरवानाको राष्ट्रिय सामुदायिक शिक्षा सदनलाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै सेन्ट जोन्सले उपाधि उचालेको हो । निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेपछि नतीजा टाइब्रेकरबाट निकालिएको थियो।
यसैगरी, तेस्रो स्थानका लागि भएको खेलमा अक्षरा पाठशालाले सिमरा पब्लिक इङ्गलिश स्कूललाई १–० ले पराजित ग¥यो । उपाधि विजेता र उपविजेता टिमलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख डा. कृष्ण पौडेल, जनजागृति युवा क्लबका महासचिव शम्भुसिंह ठकुरीलगायतले पुरस्कार वितरण गरेका थिए । कात्तिक ३० गतेदेखि सुरू भएको लिगमा १३ विद्यालयको सहभागिता थियो ।
दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसहित अखिल नेपाल पूmटबल सङ्घ (एन्फा)ले बारामा ग्रासरूट पूmटबल सञ्चालन गरिरहेको छ । स्कूले बालबालिकालाई लक्षित गरिएको कार्यक्रममा बाराका विभिन्न विद्यालयका पाँच सयभन्दा बढी बालबालिका प्रशिक्षणरत छन् ।
१५ महीनाअघि शुरू भएको ग्रासरूट कार्यक्रममा प्रशिक्षण लिइरहेका बालबालिकालाई अनुभव र दक्षताका लागि लिग सञ्चालन गरिएको संयोजक रामचन्द्र लामाले जानकारी दिए । लिगले बालबालिकालाई ऊर्जा थप्नेमा आपूm आशावादी रहेको भन्दै लिगको अवधारणा ल्याइएको बताए ।
लिगमा सिमरा पब्लिक स्कूल, सेन्ट जोन्स, राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन, प्रोग्रेस एकेडेमी, शुभतारा, सेन्ट अल्फोन्सा, न्यू एकता, अक्षरा पाठशाला, सेन्ट पिटर्स, लोटस, ब्राइटर, पाथीभरा र नोबेल एकेडेमी गरी १३ विद्यालयका २३४ जना बालबालिका लिगमा सहभागी थिए ।