Posts

Showing posts from December, 2019

२०७६ पुस १६ गते बुधवारको प्रतीक दैनिक

Image

पर्सामा पनि नक्कली सूर्य चुरोट भेटियो

Image
प्रस, वीरगंज, १५ पुस/     सूर्य नेपाल प्रालि, बारा, सिमराबाट उत्पादित चुरोटको नाममा नक्कली सूर्य, पाइलट, खुकुरी, शिखर चुरोट जनकपुर, रौतहट र बारापछि अहिले पर्सामा पनि भेटिन थालेको छ ।     जनकपुरबाट शुरू भएको नक्कली चुरोटको बिक्री वितरण रौतहट, बारापछि पर्सामा पनि शुरू भएको स्रोतले जनाएको छ । जनकपुर, रौतहट र बारामा सूर्य नेपालको उत्पादन पाइलट, खुकुरी, शिखरको नक्कली चुरोट फेला परेको थियो भने वीरगंज महानगरपालिकामा नक्कली सूर्य चुरोट नै फेला परेको छ । जनकपुरमा सूर्य नेपालबाट उत्पादित चुरोटको माग घटेपछि सूर्य नेपालले यसबारे सोधखोज गर्दा नक्कली चुरोट सीमावर्ती क्षेत्रमा भेटिएको तथ्य फेला पारेको थियो ।     भारत, मोतीहारी, मुजप्mफरपुरमा रहेका साना चुरोट उद्योगहरूले सूर्य नेपालमा उत्पादित चुरोटहरूको नक्कली उत्पादन सीमावर्ती बजारमा पठाउने गरेको पाइएको छ । हालसम्म दशौं करोड रुपैयाँको नक्कली चुरोट नेपाल भित्रिसकेको र सोमध्ये थोरै मात्र बरामद गर्न सकिएको छ । सूर्य नेपालले यस सम्बन्धमा सीमावर्ती क्ष्Fेत्रका प्रहरी प्रशासन र भन्सारलाई निगरानी बढाउन आग्रह गरेको सूर्य नेपालका बजार व्यवस्थापक केशव प्रधा

पोखरिया नपा ६ महीनादेखि कार्यकारी अधिकृतविहीन

Image
प्रस, पोखरिया, १५ पुस/     पोखरिया नगरपालिकामा ६ महीनादेखि कार्यकारी अधिकृत नहुँदा आर्थिक कारोबार ठप्प भएको छ ।     प्रमुख प्रशासकीय अधिकृत शिव रेग्मी काम गर्ने वातावरण नभएपछि मन्त्रालय सरुवा गराएर गएदेखि पोखरियामा नयाँ कार्यकारी अधिकृत बहाल भएर आएको छैन । नगरप्रमुख दीपनारायण रौनियारले प्रमुख प्रशासकीय अधिकृत पठाउन मन्त्रालयमा ताकेता गर्दै आएपछि पुस ११ गते सहदेवराय माझीलाई मन्त्रालयले पोखरिया नपाको प्रमुख प्रशासकीय अधिकृत तोकेर पठाएको छ । तर माझीले भने मन्त्रालयको पत्र बुझ्न मानेका छैनन् ।     उनले पत्र नबुझेपछि इमेलबाट मन्त्रालयले पत्राचार गरेको थियो । तर माझी सञ्चारका माध्यमहरू बन्द गरेर सम्पर्कविहीन छन् । उनको मोबाइल पनि बन्द छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा चालू आवमा कुनै पनि विकास निर्माणका कामहरू हुन सकेका छैनन् ।     यसैगरी गत आवमा शुरू भएका कामहरू पनि प्रभावित भएका छन् । ठेक्का र उपभोक्तामार्पmत् भएका कामहरूको भुक्तानी नहुँदा काम गर्नेहरूले आधा अधूरो काम गरेका छन् । मिटर ब्याजमा रकम उठाएर ठेक्कापट्टा गरेका ठेकेदारहरूलाई ६ महीना बितिसक्दा पनि भुक्तानी नभएको कारण समस्या भएको

पर्यटकीय गन्तव्यको पहिचान र प्रवद्र्धनका लागि राइड अफ निजगढ

Image
प्रस, निजगढ, १५ पुस/     नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर निजगढ नगरपालिका क्षेत्रका पर्यटकीय गन्तव्यको पहिचान र प्रर्वद्धनका लागि ‘राइड अफ निजगढ’ नाम दिएर कार्यक्रमको तयारी भएको छ ।     भ्रमण वर्ष शुभारम्भ मूल समारोह समिति निजगढले मङ्गलवार पत्रकार सम्मेलन गरी सो कुरा जानकारी दिएको हो । बुधवार बिहान नेपालकै राष्ट्रिय गौरवका आयोजनामध्येको निर्माणाधीन फास्ट ट्र्याकबाट साइकल, मोटरसाइकल राइड हुने र निजगढ नगरपालिकाभरिका पर्यटकीय क्षेत्र, मठमन्दिर, दह, भ्यूटावर, मोहोरीस्थित गणेशमान पार्क, शहीद हीरालाल पार्कलगायतका स्थानमा पुगी भ्रमण वर्षका लागि बाह्य र आन्तरिक पर्यटकहरूलाई पर्यटकीयस्थल भएको सन्देश दिने तयारी रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।     मुलुकले २०२० लाई भ्रमण वर्ष मनाइरहँदा निजगढ नगरभित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने निजगढ नगर उपप्रमुख लीलादेवी लामिछानेले बताइन् ।     नगरभित्रका पुराना ऐतिहासिक मठमन्दिर, हलखोरिया दहलगायतका पर्यटकीय क्षेत्रले पर्यटकलाई आकर्षित गर्न सक्ने भएकोले प्रचारप्रसारको जरूरी रहेको निजगढ न

दोषी चिकित्सकको लाइसेन्स खारेजीको माग

Image
प्रस, परवानीपुर, १५ पुस/     प्रभु अस्पतालमा उपचारको क्रममा दुईजना सुत्केरीको मृत्यु भएको घटनाका पीडित पक्षले मङ्गलवार पत्रकार सम्मेलन गरी दोषी चिकित्सकलाई कारबाई गर्नुपर्ने माग गरेका छन् ।     प्रभु अस्पतालमा उपचारको क्रममा मृत्यु भएका वीरगंज–३ भगवतीटोलकी स्व. अमृता श्रेष्ठको परिवारजन र बारा, पचरौता नगरपालिका–१ पिपरपातीकी स्व. सुनीतादेवी ठाकुरका परिवारजनले यस्तो माग गरेका हुन् । नेपाल पत्रकार महासङ्घ पर्साको सभाकक्षमा भएको पत्रकार सम्मेलनमा मृतकका परिवारजन कडारूपमा प्रस्तुत भएका थिए । अमृताकी आमा निशा श्रेष्ठले डा. लक्ष्मी थापाको लाइसेन्स खारेज गर्न र जेल हाल्नुपर्ने माग गरिन् । मेडिकल काउन्सिलको ऐन अनुसार उपचारमा लापरवाही गरी बिरामीको मृत्यु हुन गएमा २५ वर्ष जेलसजाय हुने व्यवस्था रहेको दलील पेश गर्दै उनले सोही अनुसार छानबीन गरी दोषी चिकित्सकलाई कारबाई गर्नुपर्ने माग गरिन् ।     प्रसूति हुने अन्तिम घडीमा डाक्टरले बोलाएको र अमृता तथा परिवारजनलाई शल्यक्रिया नगरे सालनालमा बच्चा बेरिने, दिसा खाने, बच्चा मर्न सक्ने भन्दै त्रास देखाइ शल्यक्रिया गरी बच्चा निकालेको उनीहरूको भनाइ थियो ।    

नयाँ वर्ष २०२० मनाउन चहलपहल शुरू

प्रस, सेढवा, १५ पुस/     पर्साको ग्रामीण भेग तथा सीमावर्ती क्षेत्रमा नयाँ वर्ष २०२० मनाउन चहलपहल शुरू भएको छ । नयाँ वर्ष मनाउन ठोरी, जीराभवानी, पटेर्वासुगौली, जगरनाथपुर, धोबिनी, सखुवाप्रसौनीलगायतका गाउँपालिकामा चहलपहल शुरू भएको त्यहाँस्थित तयारी समितिहरूले जनाएका छन् ।     जीराभवानी गाउँपालिकामा पर्ने वसन्तपुर वन क्षेत्र तथा सुगीभार मन्दिर क्षेत्र, पटेर्वासुगौली गाउँपालिकाको गादीमाई मन्दिर क्षेत्र, ठोरी–५ बाघमोर्चालगायतका स्थानमा आन्तरिक तथा बाह्य पर्यटकहरूको भीड लाग्ने गर्दछन् ।     त्यस्तै, देशमा एकैपटक बढी पर्यटक भिœयाउने पर्यटकीयस्थल ठोरीका पसल व्यवसायीहरू पर्यटकलाई आवश्यक विभिन्न सरसामान ल्याउन व्यस्त छन् । बुधवार अङ्ग्रेजी नयाँ वर्षका दिन ठोरीको राईधारा, रानीवनको ताल खोला, गोले डाँडा, ढेडुखोलालगायतका स्थानमा बर्सेनि पचास हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीयले बताए ।     ठोरीमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई ठोरी गाउँपालिकाले स्वागत गर्ने गाउँपालिका अध्यक्ष पद्मलाल श्रेष्ठले बताए ।     नयाँ वर्ष मनाउन आउने सम्पूर्ण पर्यटकलाई पूmलमाला तथा खादा ओढाइ स्वागत गर्

कराँते खेलाडीहरूलाई परवानीपुरमा सम्मान

Image
प्रस, परवानीपुर, १५ पुस/     नेपाल सेकाई क्योकुसिन कराँते सङ्घ बाराले मङ्गलवार परवानीपुर गाउँपालिका वडा नं ४ स्थित कभर्ड हलमा भारतबाट खेल जितेर आएका  खेलाडीहरूलाई सम्मान गरेको छ । कराँते खेलाडी नवीन मण्डल, किरण पटेल, प्रमोद राउतलाई पूmलमाला, अबिर तथा गम्छाले सम्मान गरिएको थियो ।     भारतको पश्चिम बङ्गाल राज्यको पाराडङ्गा शहरमा डिसेम्बर २० देखि २२ सम्म सम्पन्न अन्तर्राष्ट्रिय पे्रmन्डशिप कप २०१९ मा १८ वर्षमुनि उमेर समूहमा वीरगंज लक्ष्मनवाका नवीन मण्डलले भारतका खेलाडीलाई पराजित गरी प्रथम भएका थिए । त्यसैगरी १५ वर्षमुनि उमेर समूहमा वीरगंज–२१ पटेलनगरकी किरण पटेलले बङ्गलादेशका र १८ वर्षमाथि ५५ किलो तौल समूहमा प्रमोद राउतले अफगानी खेलाडीलाई पराजित गरी प्रथम स्थान हासिल गरेका थिए ।     नेपाल सेकाई क्योकुसिन कराँते सङ्घ बाराका प्रशिक्षक तथा सङ्घका केन्द्रीय सचिवसमेत रहेका भिखारी साहको सभापतित्वमा भएको सम्मान कार्यक्रममा प्रदेश सांसद ज्वालाकुमारी साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा नेकपा प्रदेश समिति सदस्य प्रभु यादव, नेकपाका जिल्ला नेता रामक्षत्री राउत कुर्मी, पर्सा प्रशिक्षक

क्युकोसिन कराँतेमा प्रदेश नं. २ लाई ९ वटा पदक

Image
प्रस, वीरगंज, १५ पुस/     चौथो राष्ट्रिय क्युकोसिन च्याम्पियनशिप पोखराले आयोजना गरेको नेपाल–भारत दोस्रो कराँते प्रतियोगितामा प्रदेश नं. २ ले ९ वटा पदक जितेको छ ।     जितेका पदकमध्ये तीनवटा प्रथम, तीनवटा द्वितीय र तीनवटा तृतीय पदक रहेको क्यूकोसिन कराँते सङ्घ नेपालका राष्ट्रिय उपाध्यक्ष राजकुमार महतोले जानकारी गराए ।     पुस १२ गतेदेखि पोखराको कबर्ड हलमा सम्पन्न प्रतियोगितामा प्रदेश २ को प्रतिनिधित्व गरेर सहभागी नेपाल सिन क्यूकोसिन कराँते सङ्घ पर्सा टोलीका खेलाडी तीनजनाले प्रथम स्थान हासिल गरेका हुन् । महिलातर्पm खुला तौल समूहमा स्नेहा महतो, ४० किलो तौल समूहमा विनिता मण्डल र ४५ किलो तौल समूहमा पुरुषतर्पm विशाल कुशवारले स्वर्ण पदक हासिल गरेका थिए ।     त्यसैगरी, रजत पदक हासिल गर्नेहरूमा ४५ किलो तौल समूहकी मुस्कान महतो, ५० किलो तौल समूहमा जुली कुमार र ४० किलो तौल समूहमा सिद्धान्तकुमार कुशवाहा छन् ।     कास्य पदक हासिल गर्नेहरूमा महिलातर्पm ४५ किलो तौल समूहमा अस्मिता धरेल, ६० किलो तौल समूहमा पुरुषतर्पm आकाश पटेल र खुला तौल समूहमा नसिम आलम रहेको महतोले बताए ।     पर्साको टोलीमा महतो मुख्य

नेशनल इन्फोटेकद्वारा साताव्यापी खेलकूद आयोजना

Image
प्रस, वीरगंज, १५ पुस/     नेशनल इन्फोटेक कलेजले साताव्यापी खेलकूदको आयोजना गरेको छ।     नेशनल इन्फोटेकका प्राचार्य मनीष सिंह खेलकूद कार्यक्रमको उद्घाटन गर्दै पढाइको साथसाथै खेलकूद पनि विद्यार्थीहरूका लागि आवश्यक रहेको बताए । उनले खेलकूदबाट विद्यार्थीहरूमा आत्मविश्वास बढ्ने, सामूहिक भावना बढ्ने, मानसिक र शारीरिकरूपले स्वस्थ रहँदा पढाइमा समेत राम्रो प्रभाव पर्ने बताए ।     पुस १५ देखि २० गतेसम्म चल्ने यस प्रतियोगितामा एथलेटिक्स, चेस, टेबल टेनिस, पुरुष र महिला ब्याडमिन्टन, पूmटबल र क्रिकेट प्रतियोगितालगायतका खेलहरू सामेल छन् भने पहिलोपटक वीरगंजमा महिला क्रिकेटको विकासका लागि महिला क्रिकेट पनि खेलकूदमा सामेल गरिएको इन्फोटेकले जनाएको छ ।     सो खेलकूद कार्यक्रम अन्तर्गत मङ्गलवार सम्पन्न टेबलटेनिस प्रतियोगितामा कक्षा ११ र १२ का ३६ जना विद्यार्थीको सहभागिता थियो, जसमध्ये कक्षा १२ का स्वर्णिम वर्णवाल विजयी भए । उनले कक्षा ११ का श्रेष श्रेष्ठ पराजित गरेका थिए ।     भोलि पुस १६ गते इन्फोटेकको प्राङ्गणमा केटा र केटीको ब्याडमिन्टन प्रतियोगिता हुनेछ भने केटाहरूको क्रिकेट प्रतियोगिता आदर्शनगरको क्

बज्जिकाको इतिहासलेखन गोष्ठी सर्लाहीमा सम्पन्न

Image
प्रस, गरुडा, १५ पुस/     बज्जिका भाषाको इतिहासलेखनसम्बन्धी पहिलो औपचारिक गोष्ठी सर्लाहीको रामनगरमा सम्पन्न भएको छ । भाषा आयोगको बज्जिका भाषाको इतिहासलेखनसम्बन्धी अभिमुखीकरणपछि सर्लाहीको रामनगर गाउँपालिकाले पहिलोचोटि इतिहासलेखनबारेमा औपचारिक गोष्ठी मङ्गलवार गरेको छ ।     रामनगर गाउँपालिकाको कार्यालय खैर्बा बहुअर्वामा गाउँपालिका प्रमुख कृष्णप्रसाद वर्माको अध्यक्षतामा भएको बज्जिका भाषाको इतिहासलेखनसम्बन्धी पहिलो गोष्ठीमा भाषा आयोगले उपलब्ध गराएको रूपरेखा अनुसार विभिन्न पक्षमा विस्तृत छलफल र निर्णय गरिएको छ । गोष्ठीमा इतिहासलेखनसम्बन्धी कार्ययोजना निर्माण गर्नुका साथै विभिन्न समिति र उपसमिति गठन गरिएको छ ।     इतिहासलेखनको लागि डा कमलेश्वरकुमार सिन्हाको संयोजकत्वमा तीन सदस्यीय कार्यक्रम कार्यान्वयन समिति गठन गरिएको छ । समितिमा भाषाशास्त्री सञ्जय मित्र र अनुसन्धानविद् डा. डिल्लीराम रिमाल रहेका छन् । यसैगरी इतिहासलेखनका लागि सामग्री सङ्कलन, किंवदन्ती सङ्कलन, ऐतिहासिक दस्तावेजहरूको खोजी, धार्मिक तथा सांस्कृतिक र लौकिक व्यवहारहरूको खोजी गर्न र मूल समितिलाई आवश्यकीय सहयोग गर्न सञ्जय सुदामाको

अमेरिकाद्वारा नेपालमा हङ्गामा, ओली सरकार सङ्कटमा

Image
सुदर्शनराज पाण्डे     ओली सरकारले ढाकछोप र गोप्य राख्न खोजेको बडो रहस्यमय थियो, एमसिसी । विकास र सहयोगसम्बन्धी अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी समितिमा नेताहरूले प्रश्न उठाएपछि रहस्यको पर्दा खुलेको छ । एमसिसीका बारेमा सरकार र पार्टीको समान धारणा देखिएन । जसले गर्दा ओली सरकार सङ्कटमा परेको छ । आगामी संसद्बाट एमसिसी परियोजना सम्झौता अनुमोदन हुनेमा विश्वस्त छौं भनेर नेपालस्थित अमेरिकी दूतावासका राजदूत ¥यान्डी डब्लु बेरीले भनेपछि कूटनीतिक हङ्गामा मचिएको छ । अमेरिकाद्वारा नेपालमा विकास र सहयोगका नाममा आप्mनो प्रभाव र प्रभुत्व बढाउन खोजेको छर्लङ्ग छ । छिमेकी राष्ट्र चीनको प्रभाव नेपालमा बढेको भनेर अमेरिका सशङ्कित छ । चीन घेर्ने साम्राज्यवादी रणनीति इन्डो–प्यासिफिक सुरक्ष्Fा रणनीति हो । एमसिसी (अमेरिका) र विआरआई (चीन)को आर्थिक सहयोगमा नेपाल चेपिने अवस्था आएको छ । एमसिसीसम्बन्धी परियोजना नेपाल सरकारकै पहल र अनुरोधमा आएको खुलासा अमेरिकी राजदूतले गरेका छन् । संसद्बाट अनुमोदन गराउन ओली सरकारले सभामुख कृष्णबहादुर महरालाई दबाब दिएको

नयाँ वर्षको शुभकामना

    नेपालको राष्ट्रिय नयाँ वर्ष र अङ्ग्रेजी अर्थात् अन्तर्राष्ट्रिय नयाँ वर्ष शुरू भएको छ । सन् २०१९ लाई बिदा गरी २०२० लाई आजबाट स्वागत गरिंदैछ । त्यसैगरी, हाम्रो मुलुकमा गुरुङ जातिको महान् पर्व ‘तमु ल्होसार’को स्वागत हिजोबाट शुरू भएको छ । गुरुङ जातिको पात्रो अनुसार मृग वर्षलाई बिदा गरेर मुसा वर्ष शुरू भएको हो । विभिन्न प्राणी तथा जीवहरूको अस्तित्वलाई सम्मान गरी पुज्दै आएको गुरुङलगायतका आदिवासी जनजातिहरूले उड्ने पक्षी, घस्रिने जीव, जङ्गली तथा घरपालुवा जनावरहरूको नाममा १२ वर्ष गणना गरिन्छ । १२ वर्षपछि पुनः पुरानो नाम दोहोरिने गर्छ । ती नामहरूको पनि फल अर्थात् विशेषता फरकफरक मानिन्छ । मृग वर्षलाई अलि अस्थिर, शान्त र सोझो वर्षको रूपमा मानिन्छ, यो त्यति सम्पन्न वर्ष होइन । मुसा वर्ष सम्पन्न तथा अनिकाल नपर्ने वर्षको रूपमा बित्ने जनविश्वास छ । यस वर्षलाई चलाख, चतुर, जाँगरिलो कर्मयोगी वर्षको रूपमा मानिन्छ । नेपालमा मात्रै होइन, चिनियाँहरूमा पनि यही विश्वास र परम्परा रहिआएको छ ।     बितेको वर्ष सन् २०१९ वा मृग वर्ष हाम्रो मुलुकको लागि समग्रमा मध्यम खालको रह्यो । केही महŒवपूर्ण उपलब्धिहरू भएका

२०७६ पुस १५ गते मङ्गलवारको प्रतीक दैनिक

Image

संस्थानद्वारा धान खरीदमा व्यापारीको हालीमुहाली, किसानहरू बेहाल

Image
प्रस, वीरगंज, १४ पुस/     नेपाल सरकारले खाद्य संस्थानमार्पmत् किसानहरूसँग धान खरीद गर्ने प्रक्रियामा व्यापक अनियमितता भएको जानकारी प्राप्त भएको छ ।     खाद्य संस्थानले नितान्त बारा, पर्साका कृषकहरूको धान खरीद गर्नुपर्ने नियम छ । तर किसानहरूलाई पाखा लगाइ संस्थानले व्यापारीसँग धान खरीद गरिरहेको पाइएको छ ।     नेता शिव पटेलका अनुसार कर्मचारी र व्यापारीहरूको मिलेमतोमा गाउँबाट धान खरीद गर्ने गरिएको छ । संस्थानमा  किसानहरू धान बेच्न गएपछि कर्मचारीहरूले विभिन्न झमेला खडा गर्ने गरेको नेता पटेलले बताए।     किसानबाट व्यापारीहरूले प्रतिक्विन्टल रु २ हजारदेखि २२ सयसम्ममा खरीद गरेको धान खाद्य संस्थानले रु २६ सयमा व्यापारीहरूसँग खरीद गरेको स्रोतको दाबी छ ।     व्यापारीसँग प्रतिक्विन्टल कर्मचारीले रु २ सय कमिशन लिने गरेको कृषकहरूले आरोप लगाएका छन् ।     व्यापारीहरूले कमिशन दिने गरेको कारण उनीहरूबाट नियमविपरीत धान खरीद गर्ने गरिएको किसानहरूले आरोप लगाएका छन् ।     कमिशन नदिंदा दुई दिनसम्म धान लोड ट्याक्टर रोकेर राख्दा सोको भाडा महँगो पर्ने गरेको किसानहरूको आरोप छ ।     यस विषयमा संस्थानका प्रमुख नरन

चिसोको कारण पर्सागढीमा पाँचजनाको मृत्यु, अतिविपन्नलाई राहत पुगेन

Image
बलिराम शुक्ला, बिरुवागुठी, १४ पुस/     दुई हप्ता लामो शीतलहरको कारण पर्सागढी नगरपालिकामा हालसम्म पाँचजना वृद्धको मृत्युु भइसकेको छ।     अत्यधिक चिसोको कारण पुस ८ गते पर्सागढी–४ सबैयाटाँडी निवासी ६७ वर्षीय बुधन हजरा दुसाध र सबैया निवासी ७८ वर्षीया कोकनीदेवी थरुनीको मृत्युु भएको थियो ।      शीतलहर चलेपछि पुस ११ गते सोही वडा परशुरामपुर गाउँ निवासी ७३ वर्षीय बुधु देवान र भडाहाटोल निवासी भगौरीदेवी मुसहरिनको पनि कठ्याङ्ग्रिएर मृत्यु भएको उनीहरूका परिवारजनले जनाएका छन् । पुस १३ गते वडा नं ४ कै बर्वाटाँडी निवासी ७५ वर्षीय विक्रम सहनी मलाहाको पनि मृत्यु  भएको थियो । मृत्यु हुनेहरूमध्ये देवान र मलाहा चिसो लागेपछि उपचारको क्रममा नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।     मृतक पाँचैजना एउटै वडाको रहेको र अतिविपन्न परिवारको भएको कारण ओढ्ने, ओछ्याउने र लगाउने कपडाको अभावमा लगातारको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको पर्सागढी नगरपालिका विपत् व्यवस्थापन समितिका संयोजक तथा वडा नं. ४ का अध्यक्ष समसुद्दीन शाह देवानले बताए । पीडित परिवारले राहत नपाएको गुनासो     चिसोको कारण मृत्यु भएका प

जनता नै ईश्वर –नेता नेपाल

Image
प्रस, गरुडा, १४ पुस/     नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनता नै जनार्दन र ईश्वर भएको बताएका छन् । कुनै पनि राजनीतिक दल र नेताका लागि जनता नै सबैभन्दा ठूलो रहेको र जनतालाई खुशी बनाउनु कर्तव्य रहेको पनि बताएका छन् । जनता नै खुशी भएपछि नेता स्वतः खुशी हुने भएकोले जनताको खुशीको लागि नेकपाले काम गरिरहेको पनि वरिष्ठ नेता नेपालले बताए ।     रौतहटको गढीमाई नगरपालिकाको समनपुरमा आयोजित विपन्न, दलित तथा असहाय महिलाहरूलाई कम्बल वितरण कार्यक्रममा नेता नेपालले नेकपा आपैंmमा गरीबहरूको पार्टी भएकोले यस प्रकारका नागरिकको सेवा गर्नु कर्तव्य रहेको पनि बताए । गृह जिल्लामा स्थानीय बज्जिका भाषामा मन्तव्य राख्दै नेता नेपालले जनताले पनि समयमा कम्युनिस्ट पार्टीलाई सहयोग गर्नुपर्ने बताएका छन् ।     कार्यक्रममा नेता नेपालले सयौं परिवारलाई न्यानो कम्बल प्रदान गरेका छन् । नेकपा गढीमाई नपाका अध्यक्ष रामपुकार राय यादवले चार सय थान कम्बल वितरण गरिएको जानकारी गराए । कम्बल पाएपछि विपन्न समुदायका महिलाहरूले खुशी व्यक्त गरेका थिए । नेता नेपालले कम्बल बाँड्दै गर्दा घ

घूससहित मनपाका कर्मचारी पक्राउ

Image
प्रस, वीरगंज, १४ पुस/     महानगरपालिकाको लेखा शाखामा कार्यरत कर्मचारी रु १५ हजार घूससहित पक्राउ परेका छन् ।     अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कम्प्युटर अपरेटरमा दरबन्दी भएको तर कार्डमा लेखापाल लेखिएको राकेशकुमार जैसवाललाई घूससहित रङ्गेहात पक्राउ गरेको हो । जैसवालले वीरगंज महानगरपालिका–३० मा ढलान सडक निर्माण कार्यको भुक्तानी दिनको लागि रु १५ हजार घूस माग गरेको र सो रकम सेवाग्राहीले दिन जाँदा अख्तियारको टोलीले पक्राउ गरेको थियो।     लेखा अधिकृत रूपनारायण राउतको कार्यकक्ष्Fभित्र रहेको सोफासेटभित्र लुकाइराखेको रु १५ हजार वडाध्यक्ष नगिना साह कानूले गनेर अख्तियार तथा सञ्चारकर्मीको अगाडि सार्वजनिक गरेका थिए । बारा, सिम्रौनगढ–४ घर भएका जैसवाल २०७० सालमा कम्प्युटर अपरेटरमा करार सेवामा नियुक्त भएका हुन् ।     अख्तियारको नियन्त्रणमा परेका जैसवालले आपूm निर्दोष रहेको र फसाउन खोजेको सञ्चारकर्मीहरूलाई जानकारी गराएका थिए ।     पिकनिक जाने बेलामा आपूmले कृष्ण भन्ने व्यक्तिलाई रकम सापटी दिएकोमा सो रकम आपूmले पटकपटक माग गरेपछि कृष्णले नै अख्तियार टोली बोलाइ पक्राउ गर्न लगाएको जैसवालले बताए

प्रजिअ बस्नेतसँग सञ्चारकर्मीहरूको भेटघाट

Image
प्रस, वीरगंज, १४ पुस/     एक महीनाअघि सरूवा भई वीरगंज आएका पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमवार पर्साका सञ्चारकर्मीहरूसँग भेटघाट कार्यक्रम गरेका छन् ।     सञ्चारकर्मीहरूले पर्साका सुरक्षा निकायले जनतालाई दुःख दिइरहेको जानकारी गराएका थिए । बजारबाट बिलबिजकसहित सामान खरीद गरी ल्याउँदा तस्करी गरेको भन्दै प्रहरीले सामान पक्राउ गरी भन्सार बुझाउनेक्रम बढेको जानकारी गराएका थिए । जिल्लाभरि तस्करी बढेकोले राजस्व सङ्कलनमा व्यापक असर परिरहेको बताएका थिए । सरकारी कार्यालयमा सेवाग्राहीहरूको काम रकमविना नहुने गरेको सञ्चारकर्मीहरूले जानकारी गराएका थिए ।     प्रजिअ बस्नेतले सुरक्षा व्यवस्था मिलाउने आप्mनो जिम्मेवारी रहेको र सरकारी कार्यालयमा हुने भ्रष्टाचार नियन्त्रण र सेवाग्राहीको काम छिटोछरितो गराउन पहल गर्ने आश्वासन दिए । उनले जिप्रकामार्पmत् छिटोभन्दा छिटो सेवा दिनेक्रममा कम्तीमा ५ मिनेटभित्र नागरिकता दिने व्यवस्था मिलाइरहेको बताए । नागरिकता प्रतिलिपि शाखामा भीड हुने गरेकोले सोको व्यवस्था मिलाउन थप कर्मचारीको व्यवस्थापन गर्ने उनले बताए । जिप्रकाभित्र फ्री वाइफाई सेवा शुरू भएको

पुराना पत्रकार विनको निधन

Image
प्रस, वीरगंज, १४ पुस/     वीरगंजका पुराना पत्रकारमध्येका विजयप्रकाश विनको ६९ वर्षको उमेरमा निधन भएको छ ।     वीरगंजबाट भोजपुरी भाषामा पहिलो साप्ताहिक ‘आजु के समाद’ दर्ता गरेर केही वर्ष सञ्चालन गरेका पत्रकार विन हाल भोजपुरी टाइम्स दैनिकका सल्लाहकार थिए।     हिजो आइतवार बिहान उनको निधन भएको र हिजै अन्तिम संस्कार गरिएको भोजपुरी टाइम्सका अजय चौरसियाले बताए । स्वर्गीय विन केही समयदेखि मधुमेहबाट पीडित थिए ।

महिलालाई उद्यमशील बनाउन स्थानीय सरकार र निजी क्षेत्रसँग छलफल

Image
प्रस, वीरगंज, १४ पुस/     महिलालाई उद्यमशील बनाउने उद्देश्यले इलम हेल्भेटासले सोमवार स्थानीय सरकार र निजी क्षेत्रसँग आबद्ध व्यक्तिहरूसँग छलफल गरेको छ।     वीरगंज उद्योग वाणिज्य सङ्घको आयोजना तथा हेल्भेटास–स्वीस इन्कर्पोरेशन नेपालको सहकार्यमा भएको कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले महिला शक्तिलाई श्रमसँग नजोडे देशको विकास नहुने बताए । अधिकांश महिलाको घरभित्रको कामकाज सिद्धिएपछि दिनभरिको श्रमशक्ति खेर गइरहेकोले सो श्रमशक्तिलाई सदुपयोग गर्न आवश्यक रहेको नगरप्रमुख सरावगीले बताए ।     उनले महिलालाई आत्मनिर्भर नबनाएसम्म कुनै पनि स्थानीय सरकार अगाडि बढ्न नसक्ने बताए । उनले संविधानले धेरै अधिकार दिए पनि सो अधिकारको लागि अहिले पनि महिलाहरूले लड्नुपर्ने आवश्यकता रहेको जिकिर गरे । अधिकांश स्थानीय तहमा प्रमुख र उपप्रमुखबीच तनाव सिर्जना हुँदो सिङ्गो महिला समाज नै अपहेलित भइरहेको टिप्पणी गर्दै अधिकारको लागि महिलाहरूले लड्न आवश्यक रहेको बताए ।     नगरप्रमुख सरावगीले फोहरमैला व्यवस्थापन अति आवश्यक रहेको र महिलाहरू सशक्त भए फोहर व्यवस्थापनमा अहम् भू

मुलुकको आगामी चुनौती र दलीय सहकार्यको अवस्था

Image
अधिवक्ता वीरेन्द्रप्रसाद यादव     लामो समयको सङ्घर्षपछि जारी भएको सङ्घीय गणतन्त्रात्मक नेपालको संविधान जारी हुने बेलाअघि तथा तत्कालपछि चुनौती थियो । त्योभन्दा कम अहिले पनि छैन । संविधानलाई अनेकांै विमतिका बावजूद पनि केही शक्तिले स्वीकार गरे पनि त्यो समर्थन सशर्त छ । सशर्त यस कारण कि समर्थन गर्ने पक्षले संशोधनको अपेक्षा साथ समर्थन गरेको छ भने समर्थन गराउने पक्षले पनि संशोधन गर्ने प्रतिबद्धता गरी समर्थन गराएको छ । तर उक्त संशोधन हुने कुनै छनक छैन । गत वर्षसम्म त सरकारले संशोधनको प्रस्तावसम्म संसद्मा लगेर आश्वस्त पारेको थियो । संशोधनको लागि चाहिने समर्थन नजुट्दा फिर्ता लियो तर त्यसपछिको सरकारले त संशोधनको चर्चा पनि गरेको छैन । जबकि संविधानमा रहेका केही व्यवस्थाहरूको विरोधाभासले संशोधन अपरिहार्य छ नै ।     संविधानले पनि गतिशीलताको सिद्धान्त बोकेको छ । जुन सकारात्मक हो । प्रधानमन्त्रीसँगको छलफलविना नै एकजना मन्त्रीले संशोधन प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लग्दा अप्रत्याशितरूपले पदबाट राजीनामा मात्र दिनुपरेको छैन, सिङ्गो पार्टी नै सरकारबाट फिर्ता भएको छ । सरकारलाई दिएको आप्mनो समर्थन फिर्ता

नेपाल–भारतबीचको सम्बन्ध

    नेपाल र भारतबीचको सम्बन्धमा छलफल तथा अन्तत्र्रिmया कार्यक्रम हालै सम्पन्न भयो । नियमितरूपमा भइरहनुपर्ने यस किसिमको कार्यक्रम वीरगंज क्षेत्रमा निकै दिनको अन्तरालपछि भएको हो । हतपती नहुने वा नपाइने दुर्लभ चीजहरू महŒवपूर्ण र चासोयुक्त नै हुन्छन् । दुई देशबीचको सम्बन्धलाई केलाउने र परिभाषित गर्ने प्रयासहरू भए । स्वाभाविकै हो, सम्बन्धको बीचमा दरार आउन थालेपछि मूल्याङ्कन वा सिंहावलोकन गर्दा दुई पक्षीय सम्बन्धको बारेमा स्पष्ट हुन जरूरी छ । दुई देशबीचको सम्बन्धलाई व्याख्या, विश्लेषण गर्ने नयाँ–नयाँ तरीका तथा नयाँ विश्लेषकहरू पनि बेलाबखत झुल्कने र अस्ताउने गरेका छन् । कतिपयको त पेशा नै यही छ । मञ्चमा चर्को भाषण गर्ने अनि व्यवहारमा लागू गर्नुपर्दा टाउको लुकाएर भाग्नेहरू धेरै छन् । दुई देशबीचको नीति निर्माण तह एवं प्रशासनिक र जनसम्बन्धका एकाइहरूमा यस्तै प्रवृत्तिले घेराबन्दी गरिरहेको हुन्छ । वास्तविक तथ्यलाई उनीहरूले छेकबार गरेर सम्बन्धित ठाउँसम्म पुग्न दिंदैनन् । वास्तविकताभन्दा पनि आपूmले के बोलिदिंदा उपल्लो तह खुशी होला र आप्mनो स्वार्थ पूरा होला भन्ने ताकमा उनीहरू हुन्छन् । स्थानीयस्तरदेख

२०७६ पुस १४ गते सोमवारको प्रतीक दैनिक

Image

मिस्टर र मिस रौनियारको उपाधि आशीष र प्रियालाई

Image
प्रस, वीरगंज, १३ पुस/     मिस्टर र मिस रौनियार प्रतियोगिता, २०१९ आइतवार सफलतापूर्वक सम्पन्न भएको छ ।     प्रतियोगितामा पुरुषतर्पm आशीष रौनियार र महिलातर्पm प्रिया रौनियारले क्रमशः मिस्टर र मिस रौनियारको उपाधि हासिल गरेका छन् ।     एमी इन्टरटेन्मेन्टको ब्यानरमा सम्पन्न  प्रतियोगिता राजन रौनियार र एनी रौनियारको आयोजना तथा मोडेल पुरुषोत्तम मल्लिकले निर्देशनमा भएको हो ।     प्रतियोगिताको फाइनल राउन्डमा २० जना प्रतियोगीको सहभागिता थियो ।     रौनियार समुदायमा आधारित यस प्रतियोगितामा वीरगंजबाट सहभागी प्रिया रौनियार र एलिना रौनियारले सर्वोतम हिंडाइ र सर्वोतम मुस्कानको उपाधि हासिल गरिन् ।     त्यसैगरी, पुरुषतर्पm वीरगंजबाट  सहभागी राहुल रौनियारले सर्वोत्तम फोटोजेनिक र मिस्टर ह्यान्डसमको उपाधि जितेका छन् ।

विद्यालयमा जाडो बिदा थप

Image
प्रस, सेढवा, १३ पुस/     जाडोका कारण एक साताको बिदापछि सोमवारदेखि शुरू हुन लागेको जीराभवानी गाउँपालिका अन्तर्गतका  सामुदायिक विद्यालयहरूमा जाडो बिदा पुनः थप भएको छ ।     जाडो झन् बढेको र यो अवस्थामा बालबालिकालाई विद्यालयमा उपस्थित गराउन गा¥हो हुने भएकोले सोमवारदेखि लागू हुने गरी पुनः चार दिन बिदा थप भएको गापा शिक्षा शाखाले जनाएको छ । करीब दुई सातादेखि चलेको कठ्याङ्ग्रिदो जाडोका कारण पुनः विद्यालय बन्द गरिएको जीराभवानी गाउँपालिकाका अध्यक्ष रामप्रीत महतोले बताए ।     बालबालिका, वृद्धवृद्धालगायत गापाका बासिन्दालाई जाडोबाट बच्न सावधानी अपनाउन आग्रह गर्दै अध्यक्ष महतोले जाडोबाट थोरै भएपनि राहत दिन गापाका ५ वटै वडामा दाउरा वितरण गरिएको बताए । ६ टेलर दाउरा गापाका विभिन्न चोक तथा सार्वजनिक स्थलहरूमा आगो बाल्न वितरण गरिएको उनले बताए ।     ठोरी गाउँपालिकामा पनि जाडोका कारण टिफिनपछि नै छुट्टी गर्ने गरेको शिक्षक महासङ्घ ठोरीका अध्यक्ष अमृत श्रेष्ठले बताएका छन् । सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी मध्यम तथा विपन्न परिवारका हुने र उनीहरूसँग विद्यालय आउँदा लगाउन तातो कपडा तथा जुत्ता पनि

वन कर्मचारीलाई अवरोध गरे फायर खोल्न निर्देशन –डिएफओ पौडेल

Image
प्रस, निजगढ, १३ पुस/     जथाभावी खोलाको प्राकृतिक स्रोतसाधन दोहन गरिरहेको अवस्थामा एक्साभेटर नियन्त्रणमा लिई डिभिजन वन कार्यालय मकवानपुर हेटौंडाले आइतवार अनुसन्धान अघि बढाएको छ ।     जिल्लाको बकैया गाउँपालिका–७ कालीवन सामुदायिक वन क्षेत्रभित्र जथाभावी खोला उत्खनन गर्दै नदीजन्य वस्तुको चरम दोहन गरिरहेको अवस्थामा एउटा एक्साभेटर नियन्त्रणमा लिएको वन कार्यालय मकवानपुरले जानकारी दिएको छ ।     एक सातादेखि खहरे खोलामा अवैध ढङ्गबाट उत्खनन गरिरहेको जानकारी पाउना साथ छतिवन डिभिजन वन कार्यालयका वन कर्मचारी र डिभिजन वन कार्यालय हेटौंडाबाट सशस्त्र वनरक्षकको टोली पठाइ उत्खननमा प्रयोग भइरहेको अवस्थामा एक्साभेटर नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख एवं डिएफओ ईमनाथ पौडेलले बताए ।     कानूनविपरीत नदीजन्य वस्तु उत्खननमा प्रयोग गरिएको एक्साभेटर वन कर्मचारीले नियन्त्रणमा लिई ल्याउनेक्रममा निजगढ वागदेवस्थित काठमाडौं–तराई (मधेस) दु्रतमार्ग विकास निर्माण कार्यदल बेस क्याम निजगढ वागदेव प्रमुख एवं मेजर पूर्णचन्द्र ढकालको निर्देशनमा साधारण पोशाकमा गएका नेपाली सेनाका ७/८ जनाले अवरोध गरेको वन क

महानगर प्रमुखले कम्बल बाँडे

Image
प्रस, वीरगंज, १३ पुस/     वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले घरदैलोमा पुगेर कम्बल वितरण गरेका छन् ।     प्रमुख सरावगी आइतवार बिहान वीरगंज महानगरपालिका वडा नं २४ रामगढवामा पुगेर वृद्ध महिला तथा पुरुष र बालबालिकाहरूलाई ७० थान कम्बल वितरण गरेका थिए ।     आर्थिक अवस्था कमजोर परिवारका सदस्यहरूलाई नगरप्रमुख सरावगीले घरमैं पुगेर कम्बल बाँट्ने अभियानलाई एक हप्तादेखि जारी राखेको महानगरले जनाएको छ ।

नेपाल–भारतका पत्रकारहरूको वीरगंजमा अन्तक्र्रिया, सीमाञ्चलको पत्रकारिता चुनौतीपूर्ण

Image
प्रस, वीरगंज, १३ पुस/     भारतीय महावाणिज्य दूतावास वीरगंजको आयोजनामा आइतवार नेपाल भारत क्रस बोर्डरमा क्रियाशील पत्रकारहरूको एक दिने अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भयो ।     वीरगंजमा आयोजित कार्यक्रममा दुई देशबीचको सम्बन्ध सुदृढ पार्न सीमाञ्चल क्षेत्रका पत्रकारहरूको भूमिकाबारे छलफल केन्द्रित थियो । पछिल्लो समय नेपालमा चीनको प्रभाव बढ्दै गएको भन्दै नेपाली तथा भारतीय सञ्चारकर्मीहरूसँग भारतीय महावाणिज्य दूतावासका अधिकारीहरूले छलफल गर्न र स्थानीयस्तरमा विद्यमान समस्या तथा दुई देशबीचको घटनाक्रमबारे बुभ्mनुका साथै आगामी दिनमा दुई देशबीचको सम्बन्ध सुदृढ पार्न अपनाउनुपर्ने तरीकाहरूबारे विचारविमर्श गर्ने कार्यक्रमको उद्देश्य थियो ।     कार्यक्रममा भारत बिहारको रक्सौल, मधुवनी, मुजप्mफरपुर, पटनालगायत ठाउँका करीब एक दर्जन भारतीय पत्रकारहरूको सहभागिता थियो भने नेपालतर्पm पर्सा, बारा, रौतहट र सर्लाहीका पत्रकारहरूको सहभागिता थियो ।     नेपाल–भारत मैत्रीपूर्ण सम्बन्धमा चिसोपन ल्याउनुमा छिमेकी देश चीनको चलखेल बढ्दै गएकोप्रति भारतीय महावाणिज्य दूतावास वीरगंजका प्रतिनिधि तथा भारतीय सञ्चारकर्मीहरूले आआ

श्रीसिया नदी प्रदूषणमुक्त गर्न माग

Image
प्रस, वीरगंज, १३ पुस/     श्रीसिया नदी एवं वीरगंज प्रदूषणमुक्त अभियानका अभियन्ताहरूले आइतवार प्रमुख जिल्ला अधिकारीमार्पmत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।     कलकारखानाका रसायनयुक्त पानी सीधैं नदीमा बगाउँदा नदी प्रदूषित भएको भन्दै नदी प्रदूषणमुक्त बनाउन तत्काल पहल गर्न माग गर्दै अभियन्ताहरूले ज्ञापनपत्र बुझाएका हुन्  ।     नदीमा विषाक्त  रसायन तथा फोहर विसर्जन गर्नेहरूमा सिमेन्ट उद्योग, फलामे, डन्डी, जस्तापाता, दाना, घ्यु, छाला, बैट्री, मासु तथा हाड छाला, हड्डी उद्योगलगायत रहेका अभियानका सहभागीहरूले बताएका छन् ।     श्रीसिया नदी फोहोर हुँदा नदीका जलचर प्राणी नष्ट हुनुका साथै वीरगंज महानगरको जनजीवनमा प्रत्यक्ष नकारात्मक असर परेको छ । पूजापाठ, धर्म, जन्म, मरणलगायत सामाजिक तथा धार्मिक संस्कारको लागि पनि समस्या भएको ज्ञापनपत्रमा उल्लेख छ  ।     आपूmले विसर्जन गरेको फोहरको व्यवस्थापन सम्बन्धित उद्योग आपैंmले गर्नुपर्नेमा त्यसो नगरी नदीमा बगाउनु गैरकानूनी कार्य भएकोले त्यस्ता उद्योगहरूमाथि कानून अनुसार कारबाई हुनुपर्ने अभियानकर्मीहरूको माग छ ।      यस सम्बन्धमा महानगर सचेत भई निग

समयमैं काम सक्न प्रजिअ बस्नेतको निर्देशन

प्रस, वीरगंज, १३ पुस/     पर्सा जिल्लामा सञ्चालित रुग्ण विकास योजनाहरूको कार्यप्रगति विषयमा जिल्ला प्रशासन कार्यालय, पर्सामा आइतवार छलफल भएको छ ।     प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको निर्देशनमा बसेको बैठकमा पर्सा जिल्लामा सञ्चालित विकास निर्माण योजनाका विषयमा छलफल भएको हो ।     छलफलको क्रममा २०६७ सालदेखि ठेक्का लिई अहिलेसम्म विकास निर्माणको कार्य सम्पन्न नगर्नुमा के कस्ता समस्या छन् भन्ने विषयमा निर्माण व्यवसायीहरूले आआप्mनो धारणा राखेका थिए ।      धारणा राख्नेक्रममा निर्माण कार्य भए अनुसार भुक्तानी नपाएको, सरकारले निर्माण हुने क्षेत्रको ‘साइट क्लियरेन्स’ नदिएको, निर्माण सामग्रीको समस्या, विद्युत्, टेलिफोन, खानेपानी, जग्गा मुआवजा, जग्गा अधिग्रहणलगायतका समस्या समाधान नहुँदा निर्माण व्यवसायीहरूले समयमा योजनाहरू सम्पन्न गर्न नसकेको निर्माण व्यवसायी सङ्घ पर्साका अध्यक्ष्F रमाकान्त चौरसियाले जानकारी गराएका थिए ।     बैठकमा अध्यक्ष चौरसियाले सरकारले निर्माण कम्पनीको अर्बौं रुपैयाँ बाँकी राखी हालसम्म भुक्तानी नदिंदा निर्माण व्यवसायीहरू मर्कामा परेको र सो समस्या समाधान नहुँदा काम अगाडि

सेन्ट जोन्सलाई ‘ग्रासरूट’ लिगको उपाधि

Image
प्रस, पथलैया, १३ पुस/     बाराको सिमरा रङ्गशालामा सञ्चालन गरिएको ग्रासरूट पूmटबल लिगको उपाधि सेन्ट जोन्स स्कूलले जितेको छ ।     डुमरवानाको राष्ट्रिय सामुदायिक शिक्षा सदनलाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै सेन्ट जोन्सले उपाधि उचालेको हो । निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेपछि नतीजा टाइब्रेकरबाट निकालिएको थियो।     यसैगरी, तेस्रो स्थानका लागि भएको खेलमा अक्षरा पाठशालाले सिमरा पब्लिक इङ्गलिश स्कूललाई १–० ले पराजित ग¥यो । उपाधि विजेता र उपविजेता टिमलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख डा. कृष्ण पौडेल, जनजागृति युवा क्लबका महासचिव शम्भुसिंह ठकुरीलगायतले पुरस्कार वितरण गरेका थिए । कात्तिक ३० गतेदेखि सुरू भएको लिगमा १३ विद्यालयको सहभागिता थियो ।     दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसहित अखिल नेपाल पूmटबल सङ्घ (एन्फा)ले बारामा ग्रासरूट पूmटबल सञ्चालन गरिरहेको छ । स्कूले बालबालिकालाई लक्षित गरिएको कार्यक्रममा बाराका विभिन्न विद्यालयका पाँच सयभन्दा बढी बालबालिका प्रशिक्षणरत छन् ।     १५ महीनाअघि शुरू भएको ग्रासरूट कार्यक्रममा प्रशिक्षण लिइरहेका बालबालिकालाई अनुभव र दक्षताका लाग

बालबालिकाहरूको विकासमा प्रशंसा र प्रोत्साहनको आवश्यकता

Image
अनन्तकुमार लाल दास     “आमा, म यसपटक पनि विज्ञानमा फेल भएँ । मलाई लाग्छ म यस विषयमा कहिले पनि उत्तीर्ण हुन सक्दिनँ । जति अभ्यास गरे तापनि केही फाइदा भएन,” आप्mनो झोलालाई पलङ्गमा फाल्दै दश वर्षीया मेरी छोरीले लगभग रुँदै आमासँग भनिन् । “अझ अभ्यास गर । आजदेखि नै म तिमीलाई ट्यूसन लगाइदिन्छु । तिमी विज्ञानमा सबैभन्दा राम्री हुनेछौ,” आमाले भनिन् । “बेकारमा पैसा किन फाल्छौ । म यस विषयमा पास नै हुन सक्दिनँ,” छोरीलाई यसरी दुःखी भएको हेरेर आमालाई आश्चर्य भयो । उनले भनिन् “खबरदार, यस्तो कुरा न सोच । कोशिश र परिश्रम गरेपछि केही असम्भव छैन । मलाई आशा छ कि तिमीले विज्ञानमा अवश्य नै राम्रो गर्छौ ।” र, यसो भयो पनि । आमाको प्रोत्साहन र प्रेरणाले मेरी छोरीले विज्ञानमा राम्रो अङ्क ल्याउन थालिन्।     हामी सबैलाई थाहा छ, बालबालिकाहरूको विकासको लागि प्रशंसा र प्रोत्साहन कति आवश्यक छ । किनभने बालबालिकाहरू जसरी–जसरी ठूला हुँदै जान्छन्, नयाँ–नयाँ कुराहरू पनि सिख्दै जान्छन् र अरूले उनीहरूको प्रशंसा गरून् भन्ने चाहना पनि सँगसँगै विकसित हुँदै जान्छ । आलोचनाले प्रगति र सकारात्मक विकासको बाटोमा अवरोध पु¥याउँछ

स्थायी बन्ध्याकरणमा पुरुष

    सन्तान पुगेका महिला/पुरुषका लागि विगतमा झैं यस वर्ष पनि स्थायी परिवार नियोजन शिविर शुरू भएको छ । स्वास्थ्य कार्यालयले सञ्चालन गरिरहेको स्थायी बन्ध्याकरण शिविरमा महिलाहरूकै बाहुल्यता छ । विगतदेखि नै पुरुषको सङ्ख्या अति न्यून छ । कालिकामाई गाउँपालिकामा सम्पन्न शिविरमा २७ जना महिलाले स्थायी बन्ध्याकरण गराए, तर पुरुष एकजना पनि नआएको स्वास्थ्य कार्यालयले जनाएको छ । पर्सामा मात्रै होइन, काठमाडौं उपत्यका र केही पहाडी शहरबाहेक अन्यत्रको अवस्था पनि उस्तै छ । मुलुकको वार्षिक तथ्याङ्क अनुसार स्थायी बन्ध्याकरण गराउने महिला र पुरुषमा ७५ प्रतिशत महिला र २५ प्रतिशत मात्रै पुरुष छन् । परिवार नियोजन गर्नुपर्ने उमेर समूहका महिलाहरूमध्ये १४.७ प्रतिशतले स्थायी परिवार नियोजन गरेका छन् भने सोही उमेर समूहमा ५.५ प्रतिशत पुरुषले स्थायी परिवार नियोजन गरेका छन् ।     महिलाले गर्ने स्थायी बन्ध्याकरण मिनील्यापभन्दा पुरुषले गर्ने स्थायी बन्ध्याकरण भ्यासेक्टोमी निकै सरल, सहज र सुविधायुक्त छ । चिकित्सकहरूका अनुसार पुरुषको तुलनामा महिलामा गरिने मिनील्याप अलि जटिल हुन्छ । त्यसैले यसमा पुरुषको भन्दा समय पनि दोब्बर न

२०७६ पुस १३ गते आइतवारको प्रतीक दैनिक

Image

उपेन्द्र यादवको राजीनामापछि प्रदेश २ सरकार ढल्ने चर्चा

Image
प्रस, परवानीपुर, १२ पुस/     प्रदेश २ सरकार ढल्ने चर्चा अहिले जोडतोडले शुरू भएको छ । सङ्घीय सरकारबाट मधेसवादी घटक समाजवादी पार्टी बाहिरिएसँगै यस्तो चर्चा शुरू भएको हो ।     पछिल्लो समय सङ्घीय सरकारको सत्तापक्ष नेकपासँग राजपाले राष्ट्रियसभाको चुनावको लागि प्रदेश २ बाट ४ सिटको लागि २/२ सिटको २ बुँदे सहमति गरेपछि राजपा सङ्घीय सरकारमा जाने चर्चा चलेको थियो । समाजवादी पार्टी सरकारबाट हटेपछि झन् चर्चा चुलिएको छ ।     प्रदेश २ को सरकार पनि ढाल्नमा केन्द्र सरकारले भूमिका खेल्न सक्ने भएकोले पनि यस्तो चर्चा चल्नु स्वाभाविक होे । यसै चर्चाले अहिले प्रदेश २ मा शीतलहरको बेला राजनीतिक माहोल तातेको छ ।     दोस्रो मन्त्रिपरिषद् गठनमा समाजवादी पार्टीका राष्ट्रिय अध्यक्षसमेत रहेका उपेन्द्र यादवलाई कानून मन्त्रालयको जिम्मेवारी दिइनु, कानुनमन्त्रीको संविधान संशोधनको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गर्नुलगायतका घटनाले पनि समाजवादी पार्टीप्रति नेकपा चिढिएको प्रस्ट छ । सोहीअनुरूप नेकपाको सरकारलाई नसघाउने दिशामा समाजवादी पार्टी अघि बढ्दै मन्त्री पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन पनि फ

१३ महिलासहित १३७ जनाद्वारा रक्तदान

Image
प्रस, वीरगंज, १२ पुस/     वीरगंज र कलैयामा सम्पन्न रक्तदान कार्यक्रममा १३ जना महिलासहित १३७ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेले बताए ।     वीरगंजको घण्टाघरमा रेडियो बिन्दासले वार्षिकोत्सवमा आयोजना गरेको रक्तदान कार्यक्रममा ९ महिलासहित ८० जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगंजकी मोबाइल इन्चार्ज डिल्लीमाया घिमिरेले बताइन् ।     रेडियो बिन्दासका सञ्चालक आरसी यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा शारदा गुप्ता, रञ्जीत महतो, दिलीप साह, दिनेश यादव, विकास ओझालगायतले रक्तदान गरेका थिए ।     यसैगरी, कलैयास्थित भरत चोकमा केशरी कल्याण समाज बाराले आयोजना गरेको रक्तदान कार्यक्रममा ४ महिलासहित ५७ जनाले रक्तदान गरेको केन्द्रका प्रमुख पाण्डले बताए ।     कलमेश कुर्मी, रञ्जन श्रेष्ठ, सुनील पासवान, आलोक साह, सुनील श्रेष्ठ, काजल गुप्ता, सोनालाल केशरी, शशीभूषण केशरी, किशोर पटेललगायतले रक्तदान गरेका थिए ।

पत्रकार लामिछानेलाई मातृशोक

Image
प्रस, वीरगंज, १२ पुस/     नेपाल पत्रकार महासङ्घ प्रदेश नं. २ का उपाध्यक्ष केसी लामिछानेलाई मातृशोक परेको छ ।     पत्रकार लामिछानेकी आमा ६७ वर्षीया मधुदेवी लामिछानेको शुक्रवार राति चितवन, भरतपुरस्थित निवासमा निधन भएको थियो ।     दमको रोगबाट पीडित लामिछानेको शुक्रवार साँझ निधन भएको र शनिवार नारायणी नदी देवघाटमा अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

ड्राइपोर्ट भन्सार लक्ष्य भेटाउने दिशामा, ५ महीनामा ९० प्रतिशत असुली

प्रस, परवानीपुर, १२ पुस/     वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह चालू आवको लक्ष्य भेटाउने दिशामा अघि बढिरहेको छ ।      पछिल्लो ५ महीनाको अवधिमा लक्ष्यको तुलनामा ड्राइपोर्टबाट ९० प्रतिशतको हाराहारीमा राजस्व असुली भएको छ । चालू आवको साउनदेखि मङ्सिरसम्मको राजस्व असुलीको तथ्याङ्कले ९० प्रतिशत असुली भएको देखाउँछ । सो भन्सारले बितेको मङ्सिरमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको थियो । मङ्सिरमा रु ३ अर्ब ३३ करोड ५५ लाख ३८ हजार राजस्व सङ्कलनको लक्ष्य पाएकोमा रु ३ अर्ब ५१ करोड ८३ लाख ५० हजार राजस्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ५ प्रतिशत बढी हो ।     नेपाल टेलिकमका उपकरणहरू यो नाका हुँदै आयात भएपछि त्यसको सकारात्मक असर राजस्व असुलीमा पर्न गएको भन्सार प्रमुख उमेश श्रेष्ठको विश्लेषण छ । मङ्सिरमा नेपाल टेलिकमको सामानसहित फलाम, मदिरा, गेंडागुडी नियमित आयात भएकोले पनि लक्ष्यभन्दा बढी राजस्व असुली भएको उनले बताए ।     राजस्व सङ्कलनको दृष्टिले यो भन्सार मुलुककै उत्कृष्ट ५ भन्सार कार्यालयभित्र पर्छ । चालू आर्थिक वर्षमा साउनदेखि मङ्सिरसम्म ५ महीनामा यो भन्सारले १६ अर्ब ३६ करोड २७ लाख ४३ हजार रुपैयाँ रा

लचिलो कानून ः लगानी आकर्षणको आधार

Image
ओमप्रकाश खनाल     सरकारले लगानी आकर्षणका लागि सरोकारका कानूनी प्रावधानमा व्यापक सुधार गरेको दाबी गरिराख्दा लगानीकर्ताले एकीकृत कानूनको खाँचो औंल्याएका छन् । यसले उद्योग र व्यापार क्षेत्रका कानूनी व्यवस्था सहज नभएको सङ्केत गरेको छ । जबसम्म लगानीकर्ताले सरोकारका कानूनमा असहजता बढी देख्छन्, त्यतिबेलासम्म लक्ष्यमा राखिएको लगानी भित्रिन सम्भव हुँदैन ।     उद्यम र व्यावसायिक क्षेत्रलाई लक्षित गरी ल्याइएका कानून आवश्यकभन्दा बढी भएपनि कार्यान्वयनमा समस्या मात्र देखिएको छैन, ती कानूनी प्रावधानले निजी लगानीलाई निरुत्साहित गरेको निजी क्षेत्रको दाबी छ । कुनै पनि कानून सरोकारका विषयलाई व्यवस्थित र सहजीकरणका लागि ल्याइने भएकाले त्यस्ता कानूनको कार्यान्वयनमा व्यावहारिक कठिनाइ आउँछन् भने सुधारका विकल्प रहँदैन । तर निजी क्षेत्रको गुनासो र सरकारी अडानलाई हेर्दा सुधार र सहजीकरणको सङ्केत भने मिलेको छैन । कानूनको उद्देश्य बहुजनको हितमा केन्द्रित हुनुपर्दछ । सहजीकरणका नाममा जस्तोसुकै अपराध गरे पनि छुट पाउनुपर्छ भन्ने चाहिं होइन ।        सरकारले पछिल्लो समयमा ल्याएका अधिकांश कानूनमा निजी क्षेत्र असन्तुष्ट