$type=ticker$count=12$cols=4$cate=0

संस्कृतिको रूपमा विस्तार हुँदै गढीमाई मेला

SHARE:


सञ्जय मित्र
    संस्कृतिको अर्थ उत्तम वा सुध्रेको स्थिति हो । कुनै भावना वा विचारबाट संस्कृत हुनु र यसले कार्यरूप लिनु संस्कृति हो । सभ्यताले मनुष्यको भौतिक क्षेत्रको प्रगति सूचित गर्दछ भने संस्कृतिले भौतिकताभन्दा बढी मानसिक क्षेत्रको प्रगतिलाई सङ्केत गर्दछ । सभ्यता र संस्कृति पूरै एकापसमा पृथक नभए पनि पूर्णरूपमा एउटै पनि होइन । वास्तवमा संस्कृति कुनै समाजमा गहिराइसम्म व्याप्त समग्र स्थिति हो । समाजको सोच्ने, विचार गर्ने, अभिव्यक्त गर्ने, कार्य गर्ने, खाने, पिउने, बोल्ने, नृत्य गर्ने, गाउने, चित्र बनाउने, घर बनाउने, मूर्ति बनाउने, साहित्य सिर्जना गर्ने आदिको सम्पूर्णतालाई संस्कृति भन्न सकिन्छ । संस्कृति भन्नु नै व्यापक जीवनशैली वा जीवनपद्धति होभन्दा अत्युक्ति नहोला कि ? यसैले दीर्घकालदेखि चलिआएको वा अपनाइएको पद्धतिहरूको समष्टिलाई संस्कृति भनिएको पाइन्छ ।
    कुनै निश्चित ठाउँको आप्mनो अस्तित्व उसको संस्कृतिले नै दर्शाउँछ । दीर्घकालको जीवनपद्धति मानिएकोले यसले आपूmमा इतिहास पनि ओगटेको हुन्छ । तर इतिहास मात्र चाहिं संस्कृति होइन वा हुन सक्दैन । सामान्य दृष्टिमा इतिहास भनेको विगतका घटनाहरूको पुनर्अध्ययन हो । यहाँ घटनाको अर्थगत सम्बन्ध कुनै राजनीतिक घटना नभएर समाजमा देखा पर्ने प्रभावपूर्ण हरेक सानातिना परिवर्तन हो । यसले संस्कृतिको विगतलाई पनि समेट्छ ।
    सन्दर्भ गढीमाई मेलाको हो । गढीमाई मेला भन्नेबित्तिकै नेपालको बारा जिल्लाको वर्तमान महागढीमाई नगरपालिकाको बरियारपुरमा रहेको गढीमाई मन्दिरमा हरेक पाँच वर्षमा लाग्ने मेलालाई बुझिएको पाइन्छ । एकै ठाउँको बुभ्mने संस्कृति बनिसकेको छ तर यस बुझाइमा अब स्थानीयरूपमा बिस्तारै परिवर्तन भइरहेको छ । बुझाइमा भएको एउटा हस्तक्षेपले एकचोटि राजनीतिक तरङ्ग ल्याएको थियो । वर्तमान जीतपुरसिमरा उपमहानगरपालिका बन्नुभन्दा पहिले जीतपुरमा रहेको गढीमाई मन्दिरको नामबाट त्यस स्थानीय तहकै नामकरण गढीमाई गरिएको थियो । अनि बरियारपुरको नेतृत्वमा नामसँग अस्तित्व वा संस्कृति जोडेर एउटा तरङ्ग सिर्जना गरिएको थियो । पछि पुनर्संरचनामा बरियारपुरसमेतको स्थानीय तहलाई महागढीमाई नामकरण गरियो, जसले सर्वस्वीकार्यता प्राप्त ग¥यो । यससँगै रौतहटमा पनि एउटा स्थानीय तहको नाम गढीमाई राख्ने काम भयो । बरियारपुरको गढीमाईको मन्दिर र पूजा सबैतिरको दृष्टिमा ठूलो मानिन्छ ।
    माथिको प्रसङ्गले गढीमाई मन्दिर तथा मेला लाग्ने स्थान अन्यत्र पनि छ भन्ने पुष्टि गर्दछ । बारामैं महागढीमाई नपाको बरियारपुर र मधुरीगढी, जीतपुरसिमरा, कलैया उपमहानपाको सिहासनी र पचानपुर, कोल्हवी नपाको बेल्वा, बारागढी गापाको दौर्वाविशुनपुर्वा लगायतको स्थानमा कतै मन्दिर बनाइ र कतै यत्तिकै स्थान बनाएर मेला लगाइ पूजा गर्ने गरिन्छ । यसैगरी, रौतहटको गढीमाई नपाको सुन्दरपुर, हर्दिया र बलुवामदनपुर गरी तीन ठाउँमा, कटहरिया नपाको दुधियाभार, गुजरा नपाको कनकपुर, वृन्दावन नपाको गढीटोल, गरुडा नपाको गेडहीगुठी र गम्हरिया, माधवनारायण नपाको माधोपुरका साथै सर्लाही जिल्लाको बलरा नपाको मिर्जापुर, रामनगर गापाको छोटौल र खैर्वा, कविलासी नपाको जमुनियालगायतका स्थानमा कतै मन्दिर स्थापना गरी र कतै स्थान बनाइ पूजा गर्ने र मेला लगाउने हुँदै आएको छ ।
    बारा, रौतहट तथा सर्लाहीको विभिन्न स्थानमा स्थापित गढीमाई मन्दिरमा पूजा गर्न पुग्ने श्रद्धालुहरूले गर्दा मेलाको विस्तार हुँदै गइरहेको छ । मेलाको विस्तार हुँदै गएर बरियारपुरको गढीमाई मेला अन्तर्राष्ट्रियस्तरको बन्न पुगेको छ । ज्यादै व्यापक क्षेत्र ओगट्ने, लाखौं मानिस मेला भर्न आउने, लाखौंको सङ्ख्यामा बलि चढाइने हुनु मेलाको स्थापित विशेषता भइसकेको छ । यिनै कुराले यसलाई विश्वमा चिनाउँदै लगेको छ ।
    अघिल्लो मेलाको वर्ष गढीमाई मेलामा आउने भारतीय श्रद्धालुले आपूmसित बलिको लागि ल्याउने पशुमाथि यस वर्षभैंm रोक लागेको थियो । अहिलेसम्म बारा, रौतहट र सर्लाहीका विभिन्न ठाउँमा गढीमाई मन्दिरको स्थापना भएको र पूजा भइरहेको पाइएको छ र सिमाना जोडिएको भारतको कुनै पनि स्थानमा गढीमाई मन्दिर स्थापनाको जानकारी आएको छैन तर सबैतिरको स्थानीयमा बढ्दो श्रद्धा तथा नजीकमा नै पूजा गर्ने प्रवृत्तिको विकासले निकट भविष्यमा पनि भारतीय सीमावर्ती जिल्लामा गढीमाई मन्दिर स्थापना र पूजाको साथै मेलाको खबर आउन सकिने आधार अनुमान गर्न सकिन्छ ।
    बरियारपुरमा हरेक दिन गढीमाई मन्दिरमा पूजा गर्ने चलन भइसकेको छ । मुख्यगरी शनिवार त भीडभाड नै हुने गरेको छ । अन्य स्थानका मन्दिरमा पनि अन्य दिन पूजा हुने गरेको र शनिवार अलिक बढी मानिसको आवागमन हुने गरेको देखिन्छ । मन्दिरमा पूजासँगै विवाह गर्ने चलनको पनि विकास हुन थालेको छ । मुख्य पूजाको समयमा अनेक पशुबलि दिने गरिएको भएपनि अन्य दिनमा मुख्य बलि भने नरिवल हो । सामान्यतया हरेक दिन नरिवल चढाइन्छ ।
    पाँच वर्षमा विशेष मेला लाग्नु एउटा विशेष संस्कृति बनिसकेको छ । दिनहुँ पूजा गर्ने र नरिवल तथा अन्य मिष्ठान्न चढाउने कामले एक किसिमको जीवनपद्धतिको रूप लिंदैछ । मन्दिरमा विवाह गर्ने चलन बढ्नु तथा अन्य सांस्कृतिक उत्सवमा मन्दिरलाई सम्झिनुले शुभकार्यमा गढीमाई मन्दिर वा पूजाको संस्कृतिको नवमान्यता स्थापित हुँदैछ ।
    गढीमाई मेलासित जोडिने एउटा राजनीतिक व्यङ्ग्य छ । यस व्यङ्ग्यले यति रूढता प्राप्त गरिसकेको छ कि लोकले सजिलै पचाएको छ र राजनीतिकर्मीहरूलाई झटारो हान्न पुगेको छ । त्यो व्यङ्ग्य के हो भने जो राजनीतिकर्मी चुनाव जितेर गाउँ वा आप्mनो क्षेत्र फर्किंदैनन् उनलाई चुनावमा देखेपछि गढीमाई भन्दछन् । अर्थात् पाँच वर्षमा गाउँ फर्किने नेता भनेका गढीमाई हुन् । गढीमाई मेला पाँच वर्षमा लाग्ने गर्दछन् र गढीमाईको दर्शन गर्ने संस्कृति चाहिं पाँच वर्षमा हो । यसले संस्कृतिमा गढीमाईको साङ्केतिक संस्कृतिलाई दर्शाएको छ ।
    पहिले खासै गीत–सङ्गीत प्रचलनमा रहेको नपाइए पनि आजभोलि आधुनिक गीतमा यस स्थान, पूजा र मेलाले विशेष स्थान पाउँदै गएको छ । एलबमको निर्माण हुन थालेको छ । यस मेलाको संस्कृति र यसको सांस्कृतिक प्रभावको प्राज्ञिक क्षेत्रमा चर्चा हुन थालेको छ । पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जालमा अन्य ठूला सांस्कृतिक उत्सवजस्तै यसले स्थान पाउन थालेको छ र विशिष्ट व्यक्तित्वहरूको सहानुभूति पनि मेलाले पाउन थालेको छ । यी कारणहरूले गर्दा यसको सांस्कृतिक जरो निरन्तर बलियो हुँदै गइरहेको स्पष्ट हुन्छ ।
    यसले संस्कृतिको रूपमा कसरी स्थान बनाउँदै लगेको छ भने सबै ठाउँमा एकै दिन र एकै किसिमले पूजा हुन्छ । मेला लाग्छ । पूजाको विधिमा खासै कुनै भिन्नता छैन । पूजाको मान्यतामा पनि कुनै पार्थक्य रहेको पाइन्न ।
    अन्य संस्कृतिले जस्तै गढीमाईको मेला, पूजा, मन्दिर निर्माण तथा भाकल र सपनाका अनेक लोकोक्ति, किंवदन्ती तथा मिथकहरू बिस्तारै प्रचलनमा आइरहेका छन् । फलिफापका अनगिन्ती कथाहरू यत्रतत्र सर्वत्र सुन्न सकिन्छ । यसले साँच्चै गढीमाईले यस क्षेत्रको सामाजिक संस्कृतिको रूपमा आप्mनो स्थान सुरक्षित गर्न पुगेको स्पष्ट हुन्छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : संस्कृतिको रूपमा विस्तार हुँदै गढीमाई मेला
संस्कृतिको रूपमा विस्तार हुँदै गढीमाई मेला
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh8C6twtAae6mU-y9MuWwiusp7GCgP-PzQ8XLO2tVtXNYpok0PHwMZNZ8QFF4z9KJn9qTI4z_3B6KtaufWn42pTBjCZd-PahjsKBx8Nm0JQn1bYbUmbAuhIWmZq-QBNEZKFAWrDMzZOjkbY/s1600/sanjay+mitra.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh8C6twtAae6mU-y9MuWwiusp7GCgP-PzQ8XLO2tVtXNYpok0PHwMZNZ8QFF4z9KJn9qTI4z_3B6KtaufWn42pTBjCZd-PahjsKBx8Nm0JQn1bYbUmbAuhIWmZq-QBNEZKFAWrDMzZOjkbY/s72-c/sanjay+mitra.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/11/blog-post_804.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/11/blog-post_804.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy